Saturday, March 1, 2008

म जाल्दै जान्छु ...................


" म जाल्दै जान्छु चितामा .....
तिमी दाउरा थप्दै जाउ .....
खरानी भै बायुमा उड्छु ....
तिमी हावा भै भेट्न आउ ...."
यि गीत भाका सगै म सधैं एउटा मेरो प्यारो साथीलाई सम्झिन्छु । उस्को नाम हो रमेश, कसैले कालु पनि भन्ने गर्थे,उ मेरो धेरै भन्दा धेरै मिल्ने साथी थियो । जुन हामी सानोको पुतली खेल देखी लिएर स्कुल पनि सगै पढ्यौ, सानै देखी सगै घुम्यौ सगै खायौ र सगै दु:ख -सुख बाड्ने गर्थ्यौ। समयको परिक्रम सगै हामीले पनि हाम्रो माध्यमिक तहको पढाई सकेर बस्न थाल्यो। यसैमा गाउ घरका लाहुरेहरु आउथे, बिदेशीहरु आउथे धेरै पैसा कमाएको सुन्दा मलाई पनि पैसा कमाउन मन लाग्यो, र मैले मेरो सपना पुरा गर्न म गल्फ मुलुक आएँ, गल्फको यो अन्योल परिबेशमा ४-५ महिना बित्न लागेको थियो, मैले फोन पनि गर्न पाईन । यसै गरी समय टाढिन्दै थियो मैले एकदिन अली फुर्सद निकाली छुट्टीको दिन घरमा र रमेश लाई चिट्ठी लेखें। त्यसको जवाफ को पर्खाइमा रहे, नभन्दै ८ माहिना बित्त्न आँटेको थियो घरबाट चिठ्ठी आईपुग्यो,हत्तपत्त खोलेर हेर्छु । घरमा सबै नै आरामै रहेका रहेछन मैले ६-७ माहिना सम्म पत्र नलेख्दा आत्तिएको जनाएका थिए । त्यो पत्रमा.अनी दोस्रो हरफ प्याराग्राफ तिर लाग्द मलाई छाँगा बाट खसेको अनुभब भयो किनकी मेरो साथी त १५ दिन को सिकिस्त बिमारले १६ दिन को दिनमा अर्थात बैशाख १८ -२०६२ को दिन उ संसार लाई छोडि टाढा टाढा धेरै नै टाढा भएछ, कहिले नफिर्कने यात्री भएर, मलाई थाहा हुन्न अनवरत आँशुका भेल ले लेखाइ लाई मेटाउन थालेछ म धेरै नै बिक्षिप्त भएछु.। किनकी रमेश त्यो साथी थियो जुन म कहिले बिर्सन सक्दिन। आज म एउटा असल साथी बिनाको एक्लो भएको छु, उस्ले मेरो जिन्दगीमा यस्तो साथीको छाप छोडेको छ । जो कहिले मेटेर मेटिन्न। उस्को याद मेरो छातीमा सदा-सदा रही रहनेछ । आज म उस्को आत्मालाई चिर शान्तिको कामना गर्दछु.।
लेखक :
सुरेन्द्र बान्तवा
रानीबास, भोजपुर

***सुरेन्द्र जि फेरी पनि लेख लेख्दै गर्नु होला, Admin dummali blog

0 तपाईंको जिज्ञाश यहाँ:

Comments