अब चुनाव आउन मात्र १४ दिन बाँकी छ।
हाम्रा नेता हरु , हरेक चुनाबमा नेपालको कुना काप्चाहरुमा सम्बोधन गर्नु हुन्छ,बिभिन्न मिडियामा आएर। लाखौं नेपाली र नेपाल लाई स्वर्ग बनाउने भाषण दिनुहुन्छ, आशै आश बिच लपेटिएका देशबासीको माझ हजारौं नयाँ नयाँ नारा ल्याइ दिनुहुन्छ,कति महान हो कति महान । तर यथार्थको धरातलमा उभिएर हेर्दा सपनाको कहानी जस्तो लाग्छ, जनताहरु रानो बिनाको माहुरि झैं अलमल्ल परेर कहाँ जाने के गर्ने केहि थाहा हुन्न,परिणाम यहाँका जनता भोक, रोग र अशिक्षाले पिल्सिरहेका छन। भोक, रोगको त कुरै छाडौं यहाँ कोहि जनताहरु घरबार बिहिन समेत बनाईएका छन बिस्तारबादीहरुले, हाम्रा देशप्रेमी नेताहरु दर्शक बनेर रमिता हेरि रहेछन, नेताहरुलाई बस् कुर्सी प्यारो छ,किनकि कुर्सिको पछि तिनै बिस्तारबादी शक्तिको हात हुनसक्छ नत्र किन चुप चाप छन नेताहरु भारतले नेपालको जमिन ५२,००० हेक्टर ओगट्दा सम्म सिमानाका नेपालीहरुले कैयौं पल्ट लुट पाट हजारौं दुख कष्ट सहि रहेछन। बिस्तारबादीका भरौटेहरु आइ फिल्मी स्टाईलमा चोरि डकैटीं गरिरहेछन के यो सत्यता फिल्मी सेरियल हो? के हाम्रो नेताहरु सिनेमाहेरि रहेछन त? जनताहरुले भोगिरहेको यो ज्यादती यो एउटा सिनेमा हो? नत्र किन चुप छन हाम्रो समस्यालाई समाधान गर्ने नेताहरु? कि लुलिए सबै? कि अन्धा भए? कतै प्यरालाइसिस त भएन? बिभिन्न ठाउँमा नेपालिहरुको छातिमा गोलि ठोकि दिन डहादै आगजनि, नेपलि चेलिहरुको इज्जतसँग खेली रहेछन । बन्दुकको तिखो संगिनको शिकार भै रहेछन नेपालीहरु जहाँ स्वातन्त्र रुपमा जिउने सपना बोकेका नेपालीहरु लाचार छन ज्यादाति सहन, सबै नेतालाई भोट प्यारो, चुनाब जिते पछि नोट प्यारो,यहाँ बिपक्षी पार्टीहरुपनि "तँ मरे जस्तो गर, म रुए जस्तो गर्छु" उखानको चरितार्थ गरिरहेछन। हाम्रा नेता हरु आँखा घुमाउदै र घोक्रो फुलाउदै भाषण दिनुहुन्छ। हामीलाई भोट दिनुहोस् हामी ५ बर्षामा नेपाललाई स्वर्ग बनाउँछौ, यि भाषण कति पल्ट दोहोरिए र जिते पनि ठाउँ ठाउँ बाट तर बिकास गर्ने समयमा जितुवा पार्टीको टाउको दोष थोपरेर पन्छिन्छ । अब कस्लाई बिस्वाश गर्ने जनताले? जनता अहिले फेरी क्रान्तिकारी नेताहरु नयाँ जोश र जाँगरका साथ नेपालमा भाषण दि रहेछनकी ,हामीलाई अत्याधिक मतले जिताउनुहोस् हामी नेपाल लै ५ बर्षा मा स्विट्जरल्यान्ड बनाइदिन्छौ भनेर हेरौं मौका त सबैले पाउनै पर्छ । कतै जादुको छडिनै हातमा परेको पो छकी सत्ताहातमा पर्न साथ नेपालनै स्विट्जर्ल्यान्ड बनाइदिने तर अर्को कुरा यदि स्विट्जर्लन्ड बनाउन सकेनन् भने पनि चिन्ता नगरौं अबस्य प्यलेस्टाइन को गाजा क्षेत्र त बन्नेछ। मेरो भनाई गलत छ म मान्छु सबै नेता एकै हुँदैनन हामीसँग प्रसस्तै उदाहरणपनि छन्, चुनाव भन्दा अगाडिनै जनताको मन जितेर भोट जित्ने सांसद हरुपनि छन्, जस्तै स्याङ्जा जिल्ला क्षेत्र नं-१ बाट जित्नुहुने हाम्रा सांसद हित काजी गुरुङ उहाँको जितमा उहाँको आफ्नो रगत र पसिना बगेको छ। यस्ता साँसद हरु पार्टीभन्दा बिकाशको ख्याल राख्छन ,ल भन्नुहोस तपाई हामीले कस्लाइ भोट दिनु पर्छ? बिकास गर्ने नेतालाइ कि मिठा मिठा भाषण गर्ने नेतालाइ ? ????
प्रस्तुती: बि. जे. बान्तवा राई
Monday, March 24, 2008
भोट कस्लाई दिने ???
प्रकाशक
Nepali TigeR
Subscribe to:
Post Comments (Atom)
0 तपाईंको जिज्ञाश यहाँ: