Saturday, May 24, 2008

(ईतिहास ) भुमि पुत्र आदिबासीहरुको बसोबास........



तपाईंले नेपालको ईतिहास पल्टाउनु भायो भने अबस्य किराँतकालीन ईतिहास पाउनु हुने छ ।जहाँ किराँतहरुले के कति शासन गरेको, को राजा भए, कस कसले राज्य गरे, भन्ने प्रमाण ईतिहासमा पनि पाउनु हुनेछ ।आज ईतिहासको केही अंश उल्लेख गर्ने जमर्को गरिएको छ । करीब दुई हजार बर्ष अगाडि किराँती राजाहरुको शासन थियो ।त्यही किराँती राजाहरुले नामाकरण गरेका ठाउँहरु पनि प्रशस्त हामीले पाउछौ । उदाहरणका लागि लमजुङ भन्नाले गुरुङ भाषाबाट बनेको हो ।लमजुङ भन्नाले गुरुङ भाषामा एक अर्को सिमाना जोडीएको ठाउँलाई गुरुङ भाषामा लम्जुङ भन्ने गरिन्छ । यस्तै थुप्रै ठाउँहरु मगर्, राई (खम्बु) लिम्बु, गुरुङ्, शेर्पा ।थारु, धिमाल थाकालीहरुद्बारा नाम राखिएका छन ।

किराँतीहरु भुमिपुत्र हुन र प्रचीनकालदेखि बसोबास् गरिआएका छन ।यस्मा कसैको दुई मत छैन ।त्यसैले उनिहरु फैलिएर बस्ने थलो, एक समयमा उत्तरमा तिब्बत्, पश्चिममा हिन्दूकुश्, हिम श्रीङ्खला र दक्षिणमा बंगालको खांडिदेखि मध्यमाञ्चल पर्बत श्रीङ्खला हुँदै अरबीयन सागरसम्म र पूर्वमा दक्षिणी चीन समुन्द्र तहदेखि भियतनाम्,बर्मा,माणिपुर्, आसाम्,नेपाल्,पन्जाब आदी हुँदै अफगनिस्तानसम्म फैलिएको थियो भने, केही काल अघिदेखि पश्चिमामा कुमाउदेखि पूर्वमा सिक्किम दार्जीलिङ ,उत्तर हिमाल पहाड र दक्षिण नेपालको सम्पूर्ण भु-भाग मा किराँतीहरुको बसोबास् रहेको छ ।

अन्य ठाउँ मणिपुर्, बर्मा,आसाम्, सिक्किम दार्जीलिङ र भुटान जस्ता ठाउँमा पनि किराँतीहरु बसोबास् गरेका छन । कालान्तरमा नेपालका सारा पहाडी क्षेत्रलाई किराँती देश भनिन्थ्यो ।त्यस्पछि पृथ्बी नारायणको समय सम्म (१७७५)मा किराँत देश तामकोशी देखि पूर्वमा टिस्टा थियो ।हिजो आज किराँत भुमी भन्नाले काठमाडौको पुर्बी सिमाना मकवानपुर देखि लिखु-सुनकोशी नदी सम्म्, माँझ किराँत लिखु नदी, पूर्वमा अरुण नदिसम्म, पल्लो किराँत पश्चिममा अरुण नदि र पूर्व मा मेची नदिसम्म बुझाउदछ । ती मध्य किराँतीहरुको बासोबास् नेपालको, खोटाङ, ओखलढुङ्गा, धनकुटा, भोजपुर, तेह्र्थुम, संखुवासभा, ईलाम्, पाँचथर्, ताप्लेजुङ्, झापा, मोरङ्, सुन्सरी, उदयपुर साथै गण्डकी अञ्चल, धवलागिरि, बागमती, नारायणी अञ्चल लगायत सम्पुर्ण भु-भागमा आदिबासीहरु बसोबास् गरेका छन ।

हाल नेपाल बाहिर दार्जीलिङ,सिक्किम ।बंगालको पहाडी क्षेत्र आसाम्, मेघालय, माणिपुर भुटानमा पनि पाइन्छ । यी आदिबासी किराँतीहरु जहाँ बसोबास गरेका छन ।त्यही नै आफ्नो भाषा , लिपि, संस्कार्, संस्कृति जगेर्ना गरिरहेको पाइन्छ ।यिनिहरुको भाषा लिपिद्बारा नै किराँतीहरु भनेर चिन्न त्यती कठिन पर्दैन । साथै यी अदिबासीहरुले आ-आफ्नो भाषा,लिपी , कला संस्कृति,संस्कार्,पराम्पार हरु सुरक्षित राखेका छन । आदिबासीहरुको धर्म किराँती हो । यिनिहरुको भाषा अलग अलग भए पनि एउटै मात्र किराँती हो ।जस्तै मुम, थेना, मन्थुरी भने पनि एउटै नाम आउछ किराँती , किराँतीहरुले सुम्निमा र पारुहाङ लाई जाँड्-रक्सी र सुङ्गुरले पुज्ने गर्दछ । साथै भुमि लाई पनि पुज्ने गर्दछन ।त्यसैले यी आदिबासी किराँतीहरु भुमी पुत्र हुन भन्ने प्रमाणित हुन्छ ।

किराँतीहरुले प्रचीनकाल देखि आदिमकालसम्म ३२ हाङ्ले (राजा) राज्य गरेका थिए । किराँतका प्रमुख राजा यलम्बर देखि अन्तिम राजा गस्ती सम्मा थिए । ती ३२ हाङ्का (राजा) नाम यसप्रकार छन ।यलम्, पलम्, मलम्, चमिम्, हास्कम्, बलन्य, तुस्क्, प्रसफुम्, पर्न्, चम्ब्, श्रीकंक, रच्नन्द, फुकोम्, शिशु, जुलम्, लुकम्, थोरम्, थुङ्को, वर्म, गुन्जम्, पुषक्, सत्ययमो, मगमय, घसकम्, ग्रण्, खिम्बु, क्रीरिच्यन्, खदराज, खित्रु, हुदुरमा, दस्ती र अन्तिम राजा गस्ती सम्म थिए । यी ३२ औ राजाका सन्तानहरुनै हालका राई, लिम्बु, गुरुङ्, मगर्, तमाङ्, शेर्पा, सुनुवार्, दनुवार्, थारु ,धिमाल आदी चोइटिएर विभिन्न नामाकारणबाट विभिन्न क्षेत्रमा पलायन भए फलस्वरुप आज सम्म पनि थुप्रै प्रमाणहरु छ्यपछायाप्ती भेटिनछन्,। जस्तै पश्चिम्मा गुरुङ्, थकाली र मगरको बसोबास् मध्यमाञ्चलमा तमाङ्हरुको बसोबास् , उत्तर हिमालमा शेर्पाहरुको, दक्षिण तराईमा थारु, धिमाल्, सुनुवारको, पूर्वमा लिम्बु ,राईको समुदायले बसोबास् गरेको पाँउछौ, यो २१ औ शताब्दीको अवशेष होइन । यो आदिबासीहरुको मुल प्रमाण हो ।

लोकतन्त्र वहाली पछि आदिबासीहरुले केही सास् सम्म फेर्न पाएका छन्, हेरौ लोकतन्त्रले आदिबासीहरुको लागि कत्तीको फलदयाक हुने हो त्यो हेर्न नै बाँकी छ, लोकतन्त्र ले आदिबासीहरुलाई कत्तिको सम्बोधन गर्छ ?त्यो पनि हामीले चिह्यएर हेरिरहेको छौ ।


प्रस्तुती: राई चन्द्र किराँती

0 तपाईंको जिज्ञाश यहाँ:

Comments