अरबको यो तातो घामसगैं रुमलिदैं म आफ्नो मेरी उनिलाइनै सम्झि र उन्ले दिएका कसमहरुलाइ र हाम्रो भबिस्यलाइ सम्झिदै मेरो दैनिकि हुने कृयाकलापसँग लडिरहेकोहुन्छु। उन्ले दिएका प्रत्येक कसम् अनि उन्का शब्द शब्दसँग आफ्नो दिनभरिको थकानलाइ मेटाइरेहेको हुन्छु। म नेपालजाने दिनहरु गनेर बसिरहन्छु कहिले होलापुरा त्यो २ बर्ष पुग्छ भन्दै तर एकदिन अचानक एउटा पत्र पाउँछु उनि त मलाई छाडि अर्कैसँग अनि म मेरो जिबन सुन्य पाउँछु, मलाई मृत्युको बाटो रोज्न मन लाग्छ तर मैले जिउनु पर्ने हुन्छ किनकि म मेरो ति बुढा आमा-बाबाको एउटा सहारा हुँ। यहि सम्झि आफुलाई सम्हाल्छु तर त्यो कहिल्यै सम्हालिन्न दुखि रहन्छ मुटुमा घाउ बनेर। आज भाग्यबस यो सन्जालमा अनुरोध गरिएको रहेछ आफ्ना कथा ब्यथाहरु हामिलाई पठाउनुहोस भनेर र मैले यहि लाई आफ्नो प्यारो साथी सम्झि मेरो दुइशब्द कोरिरहेछु यहि सन्जाल मार्फत त्यहि बैगुनिलाई यो दुइ शब्द....
साथै दुम्माली संजालका एडमिन ब्रोदरहरुलाइ हृदयदेखि धन्यबाद
धोकाको माला पहिराएर जाने धोकेबाज मायालु .......
छोटो जिबनको लामो सम्झना .......
बिछोडको तातो रापमा जलेर आफ्नै अस्तित्व खोज्दै गरेको यो जिउंदो लाशलाई
कसरि आराम छु भनेर लेखुं। सकि नसकि त्यहिं निष्ठुरी मायालुलाई दुइ चार् शब्द कोर्दैछु स्विकार् गर न कि तिरस्कार। मैले तिमिलाइ मन पराएर ठुलो भुल गरेछु। चट्टानभन्दा पनि कडा रहेछ तिम्रो हृदय। जिन्दगिमा मिलन नहुने पापिनिको पछि दौडेर ठुलो गल्ति गरेछु प्रायस्चित आज गर्दैछु। मैले त्यस्तो कुनै अपराध गरेको थिइन नि तिमिलाइ प्रेम गरेर। तर तिमिले मेरो पबित्र माँयालाइ बनावटी सम्झयौं।
अरु सँग जिन्दगि बिताउनु थियो त म सँग झूटो माया लगायौ किन? मैले सोचेको थिएँ सँसारको सबैभन्दा धेरै खुशी तिमिलाई दिएर तिमिलाइनै सारा जिबन
समर्पित् गर्नसकुँ। जब तिमिसँग मायालाएँ म त्यो मायाको बयानै गर्न सक्तिनथे। म यति खुशि थिएँकि, तर त्यो खुशिलाई तिमिले पल भरमै निमोठिदियौ। आखिर म मा के कमि थियो र मलाई लत्यायौ? तिमि आफ्नो मायाँरुपि जालीअनुहार देखाएर रमाईरहेकि हौली अर्कै संसारमा, तर चिन्ता नगर, अरु कसैले तिमिलाइ सजायँ दिन नसकेपनि भगवानले अबस्य दिन्छन। प्रेम् भन्ने चीज सधैं एउटासँग हुन्छ, धेरै सँग हैन बुझ्यौ? कति छन। पिंडा सबै मलाई दिए हुन्छ। म आँशुको सागरमा डुबेर जिउँने प्रयास गरौला। ------------------------------------------------------------------------------------------------
यो जुनिमा तिम्रो हुन नसकेको पागलप्रेमी
रुपेश श्याङ्देन
नुवाकोट
छाप-९,
छापटोल
mailto:rupesh2007@gmail।com
हाल- साउदिअरेबिया
-------------------------------------------------------------------------------------------------
Friday, March 7, 2008
छट्पटिएका मेरा बिगतहरु
प्रकाशक
Nepali TigeR
Subscribe to:
Post Comments (Atom)
0 तपाईंको जिज्ञाश यहाँ: