खम्बुक नाम कसरी हुन गयो ?
आज म भोजपुर् जिल्ला को ठुलो दुम्मा वार्ड नं ६ म पर्ने खम्बुक गाँउको कुरा गर्न मन लाग्यो। र एउटा, नेपाली को कहाँवत पनि साथ साथ मा समर्पन गर्न चाहन्छु । "जान्ने लाई शिरखण्ड , नजान्ने लाई खुर्पा को बिड" भने झै । खम्बुक नाम सुन्ने मित्र हरु लाई , यो शिरखण्ड बन्न सक्ला तर खम्बुक नाम नसुन्ने मित्र हरु लाई यो खुर्पा को बिड सवित हुन सक्छ । भन्ने मेरो यो एकलाउती सोचाई मात्र हो । खम्बुक नाम कसरी रहन गयो त? भन्ने प्रश्न मा? हामी ले केही हाम्रा आग्रज हरु सँग छलफल गर्ने सानो मौका पएको थिए ।त्यहि आग्रज् हरु को भनाइ अनुसार खम्बुक एउटा पहिला जंगल जस्तै अथवा कुनै मानिस को बसोबास नभएको ठाउँ रहेछ ।यो ठाउँ मा मान्छे मरे पछि गड्ने गरिन्दो रहेछ, मनौ खम्बुक एउटा चिहान घरि रहेछ । र यो जना सङ्ख्य को चाप संगै पछि आएर त्यहाँ मानिस् हरुको बसो बास् भएको रहेछ , भन्ने हामी ले स्विकार्ना करै लाग्यो ।किन कि आज सम्म त्यहाँ प्रचिन काल मा मान्छे सँग गडिएका सर समान अथवा, फलाम का हतियार्, र केही माहिला ले प्रयोग गर्ने गर्गहना जस्त फेला परेको देखियो । , त्यस्कारण हामी ले पनि त्यो ठाउँ अवस्य पनि चिहान घरि नै भन्ने स्विकार्न बाध्य बनायो। र दुम्माली राई भाषा मा , मान्छे मरे पछि गाड्ने, ठाउँ लाई "खाभुक" भनिन्छ। नेपाली मा यस् लाई चिहान(चिहान घरि)भन्ने चलन छ ।तर यो ठाँउ अनुसार् फरक् फरक् बोली ले फरक नाम भन्दछन। यही चिहान लाई राई दुम्माली भाषा मा खाभुक भन्दछन। यो कालान्तर सम्म खाभुक नै भनिन्थ्यो । खाभुक लाई अपभ्रंश हुदै हुदै आज आएर खम्बुक भन्न थलियो भन्ने हाम्रो आग्रज हरु को भनाइ पाइयो।
प्रस्तुती: राई चन्द्र किराती
Sunday, March 9, 2008
दुम्मा को खम्बुक गाँउ.........
प्रकाशक
Admin Dummali
Subscribe to:
Post Comments (Atom)
चन्द्र जीको यस लेखको लागि धेरै धन्यवाद । मलाई लाग्छ यस्ता एतिहासिक, तथ्य समेटिएका तथा खोजमूलक लेखहरुले अन्य लेखको दाँजोमा धेरै जानकारी र ज्ञान दिन्छ । आशा गर्छु, आगामी दिनहरुमा पनि यस्ता अन्य लेखहरु पढ्द पाइनेछ ।
ReplyDelete