Sunday, April 6, 2008

मेरो त्यो क्षणहरु सम्झिदा.........!



कति हाम्रा अमुल्य क्षणहरु सपनIझैं बितेर जान्छन । हामी हाम्रो जन्मसगैं हजरौ त्यो क्षणहरु लिएर आएका हुन्छौ जो हामीलाई हामी उमेरसँग टाढिन्दै वा जब हामी उमेर खाँदै जान्छौ ति हाम्रा बिगतका तितमिठा यादहरु सम्झेर कहिले कही बिगतलाई सम्झिनेगर्छौ। संसारमा थोरै मान्छे होलान आफ्नो बिगतलाइ बिर्सेर बाचिरहेका। गाउँघरको परिबेश साथीभाई मिल्यो घाँसदाउराको काम समयनुसार गर्नुपर्छ । स्कुलको समयमा स्कुल भएपनि हाम्रो गाउँले परिबेशमा घाँसदाउरा नगरि हुन्न,घाँसदाउराको वहाँनासगैं बनमा फुलेका लालिगुराँसको फूल, ऐसेलु, काफल टिपेर खेल्न कति रमाईलो हुन्थ्यो, साना हुँदाको त्यो क्षणत कति रमाईलो फेरी दोहोरिएर आएत हुन्थ्यो जस्तो लाग्छ । स्कुल जाँदा भोक लाग्यो भने कहाँ कता नास्पति चोर्न अनि काँक्रा चोर्न पनि पछि कहाँ परिन्थ्यो, अनि कहिलेकाहीं नास्पति अनि काँक्राको धनीले थाहा पाएर ढुङ्गा र मुढा गरेको क्षणहरु सम्झिदा धेरै नै हाँसो उठछ। म अहिले आफ्नो बालापन र मेरा सम्पूर्ण मेरा बालापनका साथीहरुलाई सम्झिन्छु कति रमाइलो थियो मेरो बिगत अहिले आएर समयको दौदानसगैं हामी कहाँ कता भयौं, दुम्माको त्यो भिरपाखा, बनजंगल्,पाखा पढेंरा ति मेरा सम्पूर्ण साथीहरु जीवनजिउने शैली र यो बदलिदो परिस्थितीसंग पौंठेजोरी खेल्दै कहाँ कता एक अर्काबाट टाढियौं आज केबल यो पापी पेटको दास्तालाई स्वीकार्दै कोइ पूर्व कोइ पश्चिम दुम्माका भिर्, पाखा अनि मनै छुने न्याउलिका भाका आज केबल एउटा मिठो याद बाहेक केही रहेन। कहिलेकाहीं अतितका घाउहरु बल्झिंदा एकान्तमा दुख्ने गर्छु । अनवरत आँशुका थोपासँगै बग्ने गर्छु।
मलाई मेरो पढेरीहरुको याद आउँछ मैले हिंडेका गोरेटाहरुको याद आउछ, जुन हिंजो थियो।
अनि मैले दुखसुख बाडिचुडी सँगै हिंडेका साथीहरुको यादले सताइरहन्छ ।जो आज म भन्दा धेरै टाढा छन्, आ-आफ्नो गन्तब्य सँगै, मलाइ प्यारो लाग्छ मेरै गाउँबस्तिको, म जहाँ जाउँ मेरै गाउँ रमाईलो मेरै दुम्मा रमाईलो।


बि जे बान्तवा राई

0 तपाईंको जिज्ञाश यहाँ:

Comments