कथा: राई चन्द्र किराती
आज आइते निक्कै उदासिन्त देखिन्छ । किन कि छिमेकी रातो घरे माइलोको बिदेश बाट हुलाकी पत्र आएको रहेछ । आज सम्म आइतेलाई कहिले पनि त्यस्तो आभस् भएको थिएन । आज एका एक उस्को अनुहारमा परिवर्तन अएको सबैले महसुस् गर्यो , बैशाख महिनाको सुरुवत थियो, अहिले गाँउ घरमा मकै छर्ने क्रम सुरु भएकोले, आइतेको बुवाले रातो घरे माइलाको घरमा हलो जुवाको समान माग्न भनेर आइते रातो घरे माइलाको घरमा पुगेको थियो ।.
बाहिरा सिकुवा (दैलोमा )मा रातो घरे माइला दाईको बुबा (रिठठे बा) भर्लाको पातमा बिडी बेरेर सल्काउन लागेका थिए, र उस्का कान्छा छोरा खाटमा केही किताब कापीका साथ एकघोरो हुलाकी पत्र रिठ्ठे (बुवालाई) लाई सुनाइ रहेका थिए । त्यो पत्रमा सबै अराम नै रहेको ,काम राम्रो छ, पैसा पनि अलि अलि हुन्छ, मेरो चिन्ता नलिनु, र कान्छी बहिनी र कान्छा भाई लाई सक्दो पढाउने र खर्च को लागि बिदेशमा जुँधेर भए पनि उपलब्धा गराउने छु, अदि इत्यदि पत्रमा उल्लेख गरेको थियो रातो घरे माइलाले । पत्र कान्छा ले पढि सके पछि, रिठ्ठेले आइते तिर प्रश्न गर्यो । आइते आज कता बिहान बिहानै ? आइते: बुवाले हलो र जुवा को समान छ कि मगेर ले, भनेको थियो र ठुला बा भनेर उत्तर दिए । रिठ्ठे: अँ अँ छ तर अलिक होरियारका साथ चलाऊनु मेरो पनि त्यो अरु बोटे पाखोमा मकै छर्नु छ त्यहाँ सबैले छरी सके भन्थे..............रिठ्ठे अरु बेला अलिक बैगुनी स्वाभबको थियो। तर आज उ त्यो स्वाभब बाट अलग थियो । किन कि उस्को माइलो छोरो परदेश मा श-कुशल भएको खवर ले हुन सक्छ, भन्ने अडकल गर्यो आइते ले ।
.
तर उता, आइते आफ्नै मनोबदमा बिक्षिप्त भएको छ, म पनि यो रातो घरे माइलो जस्तो बिदेश जान पाए त? म पनि यस्तै पत्र अनि ति मेरा ३ भाई बहिनी लाई यसरी नै पत्र लेख्थे होला.....................। तर आइते त्यो घरको बाउ पछिको बिडा ठाम्ने मान्छे थियो, (जेठा छोरा आइते) मानौ बाबुको अनुपस्थितीमा बाबुको काम कर्तब्यको जिम्मवारी थियो, किन कि यही जिम्मेवारीको कारणले नै उस्ले उच्चा शिक्षा हासिल गर्ने धोको पनि पूर्ण बिराम लगाउनु परेको पनि उसको मनस्थितीमा छँदै थियो। त्यसैले उसले बिदेश जानु पनि यही एउटा अपुरो चाहनाको दर्जामा राखेको छ । सँगै एउटा डेक्स र बेन्चमा बसेका साथीहरु कुनै ईन्डियाको लाहुरेमा लागे , कुनै बेलायती लाहुरे, कुनै बिदेश तिर लगे, कोही पत्रकार बने , कुनै मास्टर बने, कुनै सरकारी वा गैर सरकारीमा हाकिम बने ....... ।
.
कहिले कहि आइते हिले बजार (धनकुटा जिल्लाको ब्यापारी केन्द्र) मा नुन र केही बर्ष भरि चाहिन्ने समानहरु लिन आउँदा आइतेका साहपठीहरु बाटोमा जम्काभेट पनि हुने गर्थ्यो । तर आइते आफ्नो अनुहार लुकाउन कोशीस् गर्छ, सँगै हिंडेका सँगै उच्चा शिक्षा हासिल गर्ने बाचा गरेका साथीहरुले चिन्न सक्दैन भन्ने भ्रम मात्र हुन्थ्यो । तर साथी हरुले चिन्ना साथ नमस्कारका हातहरु फैलाउथे तर आइते कता कता अत्माग्लनी हुन्छ, साथीहरु सुटबुटमा हिंडेको देखेर उस्ले यही मनोबद गर्छ, यो मेरो जेठा छोरा हुनुको पिडा......... ।
.
आइते एउटा जिम्मेवारी ब्यक्ती भएकोले गाँउमा बिश्वासिलो त छँदै छ । त्यसको बाबजुद पनि उसलाई अबिश्वासको समाना गर्नु परिरहेको छ । आइतेले आफ्नो स्कुले जीवनमा भोगेका तिता मिठा कुराहरु सम्झान छ । आहा त्यो मौसम् भाद्रको अन्तिम् र असोंजको सुरुवत् थियो , माइला सँग सँगै टयुशन पढेको त्यो हाम्रो माध्यमिक बिधालयको छेउमा डेरा गरेर बसेको । अनि एक दिन हाम्रो नुन र तेलको आभब भयो , त्यो दिन हामीले त्यहाँ डेरा बसेको घर कै चुच्चे करेला (बाङ्गे करेला) चोरेर हामीले पानीमा उमालेर खाएको , अनि अलिक स्वदिलो नभएकोले माइलाले त्यही छेउमा सुन्तलाको बोटमा फलेको कलिलो सुन्तला टिपेर हाम्रो तरकारीमा हालेको झन कस्तो आस्वदिलो भएको हगी । हाम्रो जिउने तरीकाहरु एकै प्रकारका थिए हगी माइला, तर आज तिमी कुन रंगीन शहरमा रमाई रहेको छौ, म त उहि आफ्नो गाँउ घरको भन्ज्याङ अनि चौतारीमा घास् दाउरा, अनि मेला पात गर्दै आफ्नो जीवन गुजारी रहेको छु, अनि त्यो हामी बस्ने डेस्कको आगडि बस्ने उमा देवि, जुन कुमारी फुल कुमारी पनि धरानमा मामाको घरमा बस्दै खै कुन क्याम्पस बाट डिग्री गर्न लागेको छ आरे, कुनैले त, पि. एच. डि. पनि गरिसके भन्थे, अब नामको अगाडि डा. पो हुन्छ रे...... ।
.
खै आफ्नो त कर्मा नै फुटेको हो कि के हो, लामो स्वास् फेर्छ, यतिकैमा रिठ्ठे बा ले आइते लाई आह्राउछ, जा पल्लो ग्वाली ( घर जस्तै सानो बस्तु राख्ने ) मा भुई तिर राख्या होला हेर , आइते जुरुक्का उठयो अनि ग्वाली घर तिर रिठ्ठे बा को आज्ञ अनुसार हेर्छ, र ए रहेछ ठुला बा भनेर कुरा फर्काउछ, ल मैले लगे है ठुला बा भनेर रातोघरे माइलाको घरबाट बिदा लिन्छ आइते ।
बाटोमा हिडदा हिड्दै आइतेको मन घोतालिन्छ , ओहो यो गाँउमा त ? मै मात्र जस्तो लागि रहेको छ, पल्लो गाँउकी निर्मली पनि बिराटनगर तिर काम गर्दै उनीले पनि निक्कै पढि सकेको छ।त्यो रामे पनि लाहुरे बानी हाल्यो, सिते पनि मास्टर भैहाल्यो, माइला पनि बिदेश गै हाले,आफु चाहि भने................ मन अमिलो पर्यो आइते ले ।
.
आइते सोझो अनि इमान्दार नै थियो, त्यसकारण निर्मली आइतेसँगँ नजिकिएको थियो । कयौ पल्ट नोट बूक सटासट गर्ने क्रममा आ- आफ्नो मनका कुराहरु पनि नोट बूकका साथमा अदान प्रदान गरेका थिए । उनिहरुको माया पनि निक्कै झाँगिसकेको थियो, जब उच्चा शिक्षाको लागि आइतेका साथीहरु कुनै धरान कुनै काठमाण्डौ हनिए, यसैको हुरीमा उसको मायालु निर्मली पनि बिराटनगर तिर हनिएको थियो । उच्चा शिक्षाको लागि शहरमा नै बसेर केही काम् गरेर उच्चा शिक्षा गर्ने सल्लाह पनि दुबै जानले गरेका थिए, तर आइते आफ्नो ३ भाई बहिनी र जेठ छोरो हुनुको जिम्मेवारी कै कारण आफ्नो माध्यामिक शिक्षा पछिको उच्चा शिक्षा थाँती राखेको थियो ।
.
उता निर्मलीले बारम्बार पत्र लेखी रह्न्थी, आइतेले पनि पत्रको जवाफ लेख्थे, उहि माया पिरतीका कुरा अनि हाल खवर अदि इत्यदि निरन्तर चलिरहेको थियो , एक दिन तल्लो घरको सानो भाईले स्कुल बाट पत्र ल्याएको रहेछ, लामो र अरु बेलाको तुलनामा पत्रको आकार पनि अलिक फरक थियो, पत्र रेजिस्टरी रहेछ । त्यो पत्र आफ्नै मायालु निर्मलीको थियो, त्यो दिन आइते मेला पात बाट अलिक अबेर आयो, शायद आफ्नै जिम्मेवारी, बोझका चाँजोपाँजो मिलाउदै होला, त्यसकारण आज आइते अलिक अबेर घरमा पुगेको थियो । दैलोको खाटमा थचक्का बस्यो । यतिकैमा आइतेको आमाले आइते मेला बाट फर्केको थाहा पायो, ए आइते ए आइते? भनेर बोलायो, आइते जवाफ फर्काउदै: हजुर किन आमा ? त्यो बाहिरको खोपा (घरको गाह्रो मा पोल बनाएको समान राख्ने ठाउँ )मा तल्लो घरको कान्छाले स्कुल बाट चिठ्ठी ल्याइ दिएको छ, कान्छाले यो चिठ्ठी आइते दाईको भन्थे ,हेरत त्यहाँ । पाइस् ? आइतेको आमाले भनिन। अँ अँ आमा पाँए पाँए ।
.
आइतेले पत्र खोलेर हेर्ने प्रयास गर्यो तर साँझा पारी सकेकोले अलि कति शब्दहरु धामिलो देख्यो। उस्ले भित्र नै बत्ती (टुकी,कुपी) को छेउमा पढ्ने प्रयास गर्यो । आमा केही खाना बनाउदै थिइन। आमाले झट्टा देखिन र सोधी हालिन कसले पठाएको चिठ्ठी रहेछ? आइतेले भन्यो हैन यो , त्यो पाल्लो गाँउको लाहुरे साथीले पठाएको रहेछ, भनेर कुरा लुकायो। पत्र अरु बेलाको भन्दा फरक थियो, फरक शब्द फरक सम्बोधनहरु पत्रमा लेखिएको थियो,
.
"आइते" छोटो जीवन को लामो लामो सम्झनाहरु तिमीलाई अनि तिम्रो परिवारका सम्पूर्ण सदस्यहरुलाई मेरो साईनो अनुसारको नमस्कार.......। हुन त आइते मैले जीवनमा कहिले पनि यस्तो घाटना घाटछ भनेर जीवनमा सोचेकि पनि थिइन तर आज अचानक तिम्रो र मेरो जीवनमा घाटना पुग्यो । भन्थे मानिसहरु मान्छे समयको दासी हो , त्यो सधैं समयको ईशारा मा चाल्नु पर्छ भन्थे यो धुर्ब सत्य रहेछ आइते । मैले तिमी लाई चाहदा चाहदै पनि म तिमी बाट टाढा हुन पुगे, यो तिम्रो गल्ती ,कमि काम्जोरी हैन यो समय को कम्जोरी हो,र म तिमीलाई कहिले पनि हात्याराको उपनाम दिन्न बरु हाम्रो प्रेम मैले हात्या गरे ,म प्रेमको हात्यरा हुँ। मलाई जन्म जन्म सम्माको माफि देउ आइते ,माफि देउ आइते" ,
"उहि तिम्रो हुन नसकेको निर्मली
बिराटनगर, धरान रोड "
.
सँगैका साथी भाईहरु संसारको यात्रा गरी रहेका छन.......... । मलाई माया गर्ने निर्मलीले पनि............। म मात्र यहाँ यो सबै जेठा छोरो हुनु को ...........। यतिकैमा आइतेको बुबाले हैन निक्कै बेर पो लाग्यो त आइते ? कि जाँडको डावाका उठाईस ? आइतेले जवाफ फर्कयो, हैन हैन, त्यहाँ माइलो दाईको चिट्ठी आएको रहेछ, उहि चिट्ठी पढेको सुनिराखेको थिए ।
समाप्त
0 तपाईंको जिज्ञाश यहाँ: