Wednesday, May 7, 2008

अरु लाई जोक्कर बनाउद आफै जोक्कर बनिन ...


आज भन्दा केही बर्षा अगाडि को कुरा हो । म नेपालको खाल्डोमा रोजी रोटीको लागि भौतारिन्दै थिए।यसै क्रम मा नेपाली सेना को लागि लोक सेवा अयोग द्वारा खुल्ला दर्खास्त को लागि आव्हान बिभिन्न पत्र पत्रीका मा दिएको थियो। म पनि एउटा बेरोजगारी थिए । मैले पनि दर्खास्त दिने निर्णय गरे । मैले थुप्रै नेपाली सेना का ब्यारेक हरु चाहारेको थिए । फलस्वरुप त्यो निबेदन वा दर्खास्त नेपाली सेना को हेड क्वाटर(जंङी अड्डा) मा बुझाउनु पर्ने रहेछ ।

त्यो समय काठमाण्डौ मा भर्खरै मात्र मोवाइल फोन को शुरुवात भैइरहेको थियो । केवल धन धान्य, उच्चा सरकारी ओहोदा र ठुला ठुला ब्यापारी हरु ले मात्र प्रयोग गर्दथे । हाम्रो लागि त्यो मोवाइल फोन भनेको आकाश को तारा छुनु जस्तै थियो । सायद मैले पहिलो पट्क नै देखेको हुँला काठमाण्डौ मा मोवाइल फोन।

यसै क्रममा त्यो निबेदन बुझाई सके पछि म आफ्नो गन्तब्य तर्फ लागे , मेरो गन्तब्य मा पुग्न मेरो लागि सहज भनेको नै काठमाडौं का साझा बस् हरु थिए । मैले साझा बस् मा शिंहदरबार छेउ बाट मेरो गन्तब्य को लागि तयार गरे । केवल मेरो गन्तब्य भनेको सुकेधारा थियो । जब साझा बस आफ्नो गन्तब्य मा गूड्यो नियमित बस स्टप हरुमा रोकिन्दै रोकिन्दै अगाडि बढन थाल्यो । बबरमहल् हुँदै नयाँ बानेश्वर पुग्यो । क्लिन्डर ले आफ्नो नियमित बस् स्टप मा बस रोकायो यात्री हरु फट्टा फुट्टा ओर्लिने र उक्लिन्ने काम भयो, उक्लिन्ने क्रममा एक जना युवती पनि बानेश्वर बाट हाम्रो यात्रा मा सामेल हुन आईपुगिन। उनि लगभग १८ ,१९ कि जस्ती देखिन्थिन । हेर्दा पनि उनि कुनै ठुला ब्यापारी वा धन धान्य का छोरी जस्ती देखिन्थिन ।किन कि उनको हात मा मोवाइल फोन थियो ।हामी लाई कुनै ब्यापारी वा धन धान्य कि छोरी नै हो भन्ने सोच्न वाध्य बनाएको थियो । उनि बसमा उक्लिन्ने क्रम देखि नतमस्तक मोवाइल फोन मा कुरा गरिरहेकी थिईन । एक त हामी लाई ती युवती को मोवाइल फोन को कुराले आकर्षण बनाईरहेको थियो ।

बानेश्वर देखि चबहिल पुग्दा सम्म उनि निरन्तर मोबाइल फोनमा बोलीरहिन । कहिले आक्रोस् ब्यक्ता गर्छिन त कहिले मायालु भावमा कुरा गर्छिन। हामीलाई लाग्थ्यो यि युवती पक्कै पनि धन धान्य ब्यापारी कि छोरी नै हुनु पर्छ । किन कि बानेश्वर देखि चावहिल पुग्न कमसेकम ३० देखि ४० मिनेट लाग्दो हो । कुनै ब्यक्ती ३०, ४० मिनेट मोवाइल फोन मा कुरा गर्नु भनेको कुनै चानचुने कुरा थिएन ।

जब चबहिल बसस्टप मा बस रोक्न मात्र लागेका थिए । ति युवती फोन मा कुरा गरिरहेकी थिईन । अचानक बोली रहेको मोवाइल फोन मा रिङ्ग पो बज्न थाल्यो ! टीनीनी, टीनीनी..........। बोली रहेको मोवाइल फोन मा रिङ्ग को घण्टी बजे पछि युवती जुरुक्का उठिन अनि बस बाट ओर्लिहालिन । संयोगबस ति युवती को गन्तब्य चावहिलसम्म नै थियो वा अन्त सम्म त्यो हामी लाई थाहा हुन सकेन । मैले अड्काल गरे ति युवती ले आफु धन धान्य का छोरी साबित गर्न को लागि पो त्यो मोवाइल फोन मा नाटक गरी रहेको रहेछ । । हामी लाई जोक्कर बनाएर, ...................। ति युवती ले हामी लाई जोक्कर बनाईरहेको रहेछ । तर उनि आफै पो जोक्कर बनिन......... ।


प्रस्तुती: राई चन्द्र किराती

0 तपाईंको जिज्ञाश यहाँ:

Comments