Wednesday, June 4, 2008

भुमिपुत्र किराँतीहरु किनपछि परे ?


मानबको मुख्य बिकास नै शिक्षा हो । जो शिक्षा बाट टाढा रहन्छ त्यो मान्छे (समुह) बिकास देखि धेरै पछाडि परी सकेको हुन्छ। बिकासको भूमिका लाई महत्वपुर्ण शिक्षाले खेलिरहेको हुन्छ। बिकास को मेरुदण्ड नै शिक्षा हो। यस्तै भुमिपुत्र किराँतीहरु लाई शिक्षा बाट बन्चित गरिए। किराँती राई लिम्बुहरु अत्ति सोझा सिधा, ईमान्दार हुन्छन्, साथै असाध्य दयालु पनि हुन्छन्, यही दयालुपनलाई फाईदा उठाएर पृथ्बी नारायण शाहले किराँती भु भाग लाई जाल झेल गरी कब्जा गरेको हामी ले ईतिहास् मा पढिरहेको छौ। भुमिपुत्र किराँतीहरु लाई प्रसाशनिक,शैक्षिक क्षेत्रमा प्रबेश गर्न निषेध गरिए।

जब पृथ्बी नारायण ले किराँती भुमिलाई कब्जा गरे पछि किराँतीहरु लाई सर्बस्व हरण गरियो। अनि शुरु भयो किराँतीहरुको दिन दु:ख दायीका दिनहरु। जाँड, रक्सी, भाङ धतुरा जस्ता पेय पदार्थहरु सेवन गर्नमा उत्साहीत गरिए। किराँती भाषा लिपिका पुस्तक् तथा पाठ्यक्रमहरु जलाई दिए। शिक्षा, पाठशाला जस्ता कुराहरुमा प्रतिबन्ध लगाए । जो पढ्न लेख्न जान्दछ, त्यस्लाई खोजी खोजी हात वा जिब्रो नै कटिदिन्थे। किराँतीहरुलाई जबर्जस्ती हिन्दू धर्म मान्न लगाईयो। हिन्दुहरुको दसैंमा अनिबार्य प्रत्यक घर घरमा मार हान्ने (राँगो,सुङुर ) जस्ता पशु द्वारा मार हान्ने अनिबार्य लागु गरियो। मार हाने पछि रगतले आफ्नो भित्तामा हातको पन्जाले निशान राख्नु पर्थ्यो। शायद अहिले सम्म पनि त्यो चलन छँदै छ , यो पंक्तिकारले पनि कुनै गाँउ वा किराँती बस्तीहरुमा देखेको छ। दसैं सके पछि प्रत्यक किराँती गाँउहरुमा पन्जा, लगाएको छ कि छैन, मानौ दसैं मनायो कि मनाएन? जस्ता कुराहरुमा किराँतीहरु लाई निगरानी गरिन्थ्यो। घरघरमा पन्जाको निशान निरिक्षण् गर्न पठाइन्थ्यो। जस्को घरमा हात (पन्जा) को निशान छैन , उसलाई किराँती समर्थक भनेर सर्बस्व हरण गरिन्थ्यो। यही कारण किराँतीहरु झन झन पछि पर्दै गए।

भुमिपुत्र किराँतीहरुलाई नेपालका प्रशासन् र निती निर्माणमा नभएर बेलायती सेनामा बेचिए। किराँती जवानहरु नेपाल् सरकारले बेचे सरह थिए। बृटिस सेनामा भर्ना भएका जवानहरुको तलब, सेवा शुल्क पनि नेपाल सरकारले लिने गर्दथ्यो। किराँती जवानहरुले नि:शुल्क जस्तै सेवा गर्नु पर्थ्यो। पहिलो बिस्व युद्द र दोस्रो बिस्वयुद्दमा कति किराँती जवानहरु अंगभंग भए कतिले ज्यान गुमाए। कति किराँती जवानहरु घरै फर्केनन। यसरी किराँतीहरुलाई पछि परिए। किराँत राई लिम्बुहरुलाई सन १८४८ पछि मात्र श्री ३ जंग बा. ले भैरब नाथ नामक सैनिक पल्टनमा राई लिम्बुको जातको खडा गरे पछि मात्र किराँतीहरुले पहिलो पल्ट नगरिकता पाएका थिए। २००७ साल अगाडि सम्मपनि निति निर्माण तथा शैक्षिक क्षेत्रमा प्रवेश गर्न पाएका थिएनन। फलस्वरुप आज किराँतीहरु कुनै पनि सरकारी वा निजी सरकारी कार्यलयमा उच्चा ओहोदामा छैनन।

किराँतीहरु हाल आएर भारतीय सेना र बेलायती सेनामा आकर्षण छन्, यी दुई देश ले राम्रै रोजगार दिएको छ किराँतीहरुको सवालमा। उनिहरु यही पेशा बाट केहि आफ्नो जीवनस्तर अगाडी बढाएको छ। यी भारतीय सेना र बृटिस सेनाबाट आर्थिक उपलब्ध नभएको भए? शायद यी भुमिपुत्र किराँतीहरु पनि अहिलेको राउटे र कुसुन्डा जस्तै लोप हुने अवस्थामा हुन्थ्यो होला ?

प्रस्तुती: राई चन्द्र किराँती

1 comment:

  1. nice post. Pls keep it up and hope to see/read more informative blog articles about the Janajati/kirat of Nepal.

    ReplyDelete