Thursday, May 26, 2016

किरात राई दुङमाली भाषा संस्कृति संरक्षण मञ्च, जिल्ला कार्य समिति मोरङको गठन

मानव सभ्यताको महानतम उपलब्धी भाषा हो । कुनै पनि जातिको पहिचान र चिनारी उसको आफ्नो भाषा, संस्कृति, संस्कार, रितिरिवाज तथा भेषभुषा सँग सम्बन्ध हुन्छ । भाषाले मावन जातिको सभ्यता विकास र अस्तित्वको पहिचान गर्न सकिन्छ । भाषा कुनै व्यक्तिको क्षणिक उत्तेजना महत्वकांक्षा र चाहनाबाट बन्न सक्ने वस्तु होइन । भाषा भनेको मावन समाज विकासक्रममा आदिम युगदेखिको अथाह अभ्यास र प्रयासपछिको प्राप्त हुने परिणाम हो । जसका सहयताले हामी एकअर्कामा संचार भई भाषा एक विनिमय साधन बन्दछ ।  तसर्थ भाषा मानव जातिको अभिन्न अंग हो । भाषा विना मानव जीवन कल्पना समेत गर्न सकिन्न । त्यसकारण जिल्ला भोजपुर पौवा खेसाङ थुमका हाल गा.वि.स.हरु आम्तेक, श्याम्सीला, तिवारीभन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्मा र ठुलोदुम्माका गा.वि.स.हरुमा बसोवास गर्ने किरात राईहरु मोरङ जिल्लामा बसोवास गरी रहनु भएका दुङमाली भाषीहरुको एकताको निम्ति किरात राई दुङमाली भाषा संस्कृति संरक्षण मञ्च  समिति मोरङ गठन भएको हो । विश्वभर विभिन्न भाषा तथा संस्कृतिहरु लोप हुने अवस्थामा रहेको बेला हाम्रो आफ्नै जातिय पहिचान, पुर्खाहरुले छाडि दिएको आफ्नो भाषा, संस्कारलाई पनि जगेर्ना सकेनौ भने पक्कै हाम्रा आगामी पुस्ताहरुले धिकार्ने निस्चित छ ।
सेउ

Click Here Read more

Friday, March 16, 2012

दुङमाली भाषा कसरी रहन गयो ।

विशेष गरेर यो दुङमाली भाषा माँझकिरात भित्र पर्ने पौवा खेसाङ थुम (गणराज्य) भित्र बोलिने भाषा हो । भोजपुर जिल्ला अन्तर्गत अखुवा खोला पूर्व, पिखुवा खोला उत्तर, अरुण खोला पश्चिम र यङवा खोला दक्षिण पश्चिम किल्ला भित्र रहेको पौवा खेसाङ थुमका हाल गा.वि.स.हरु आम्तेक, श्याशिला, तिवारी भन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्मा र ठुलोदुम्माका गा.वि.स.हरुमा बोलिन्ने भाषालाई पृथ्वी नारायण शाहको एकिकरण भन्दा आगाडि पौवाली भाषा भनिन्थ्यो ।

पृथ्वी नारायण शाहको एकिकरणमा माँझकिरातका विभिन्न थुमहरुमा अक्रामण ग¥यो । यसमा  पौवा खेसाङलाई पनि पृथ्वी नारायण शाहको फौजले अक्रामण ग¥यो र उनीहरुको र्वचश्व कायम गरे पछि त्यहाँका भुमिपुत्र किरातीहरुको भाषा, लिपी, धर्म, परम्परा, संस्कारहरु विस्तारै विस्थापित हुदै गए र यी किरातीहरुलाई जवरजस्ती उनीहरुको धर्म, संस्कृति, पराम्पराहरुलाई त्याग्ना लगाइयो । त्यसको फलस्रुप हो । किरातीहरुको घर घरमा पाइने रगतको पान्जा वा खुट्टाको छाप हो । यदि कसैको घरमा पान्जा वा खुट्टाको छाप आफ्नो घरको भित्तामा थिएन भने उसलाई सर्वस्वाहरण गरिन्थ्यो । यसरी जवरजस्ती हिन्दुकरण गर्न थाले पछि पृथ्वी नारायण शाहको ज्यदाती सहन नसकेर कयौ पौवा खेसाङ थुमका भुमिपुत्रहरु अन्य ठांउहरुमा पलायन भए  र उनीहरुको मिश्रित बसोवासले गर्दा यो भाषा विस्तारै विस्तारै लोप हुदै गईरहेको थियो ।
आफ्नो लिखित संस्कार कला, र संस्कृतिहरुका कागजजातहरु नमोनिशान  नहुने गरी जलाई दिए पछि किरातीहरु मर्नु भन्दा बहुलाउनु राम्रो भनी आफ्नो भाषा ,लिपी, संस्कार, परम्परा र संस्कृतिहरु छोड्दै गएका थिए । एकिकरण पछि उनीहरुको भाषा, संस्कार र संस्कृतिहरु लिखितमा बन्देज लगाए– जस्तै किरात राईहरुको चाड साकेला जस्ता आफ्ना परम्पराका चाडहरु बन्देज लगाएका कारणले आजसम्म पनि किरात राई दुङमाली भाषीको लिखित भाषा र पौवा खेसाङ थुमका गा.वि.स.हरुमा सकेला चाड जस्ता पर्वहरुमा धुमधाम नमाउनुको कारण समेत बुढा पकाहरुको भनाई छ ।

किराती भुमिपुत्रहरुलाई दशै अनिवर्य मान्न लगाइयो । दशै मनाए वा मनाएनन् भन्ने संकेतको लागि प्रत्यक किरातहरुको घरघरको भित्तामा बोका, राँगा, सुंगुरको रगतको पन्जा वा खुटटाको छाप अनिवर्य लगाउनु पर्ने नियम जस्ता पृथ्वी नारायण शाहले गराए । यही ज्यादतीका कारण आफ्ना भाषा, संस्कारलाई त्यागेर विभिन्न क्षेत्रतिर पौवालीहरु पलायन भएका हुन् । हालसम्म सानोदुम्मा र ठुलोदुम्मा बाहेक अरु गा.वि.स.हरुमा यो भाषा अत्यधिक बोलिन्दैन र पौवाली भाषा लोप हुदै गईरहेको बेला अहिले केही वस्तीहरुमा मात्र पौवाली भाषा बोलीन्छ । यिनै पौवाली भाषा अत्यधिक रुपमा सानोदुम्मा,ठूलोदुम्माले बोल्ने गरेको छ र यही दुई गा.वि.स.ले बचाई रहेको भाषा नै कलान्तरमा दुङमाली भाषा भनिन थालियो ।

प्रस्तुती:चन्द्र बान्तवा राई दुङमाली 

Click Here Read more

Tuesday, August 9, 2011

उत्कृष्ट स्रष्टा प्रतिभा र संस्था सम्मानित


पुरस्कृत र सम्मानित स्रष्टा प्रतिभाहरु दायाँबाट क्रमशः शान्तिराम राई, नवराज वर्तमान, निराजन बतास तथा दुङमाली भाषिक संस्थाका अध्यक्ष केशर राई र चाम्लिङ खाम्बातिमका अध्यक्ष बागधन राई
Photo By:  निराजन बतास, Kathmandu
काठमाडौँ÷ किरात राई यायोक्खाले यस वर्षको उत्कृष्ट किरात राई स्रष्टा प्रतिभा र संस्थालाई गत राजधानीमा आइतबार पुरस्कृत र सम्मानित गरेको छ । नवराज राई वर्तमानलाई हेछाकुप्पा लोककथा संग्रहका लागि किराया मदनश्वरी कृति पुरस्कार संगीतकार शान्तिराम राईलाई संगीत विधामा योगदान वापत किराया संगीत पुरस्कार र निराजन  बतास लाई अघिल्लो वर्ष प्रकाशित किराती मिथकहरुको खोज अनुसन्धान र संकलनमा आधारित खोक्चिलिपा ओल्लो माझ र पल्लो किराँतका किराँती मिथकहरुको सँगालोलाई किराया छत्र-विष्णु कृति सम्मान प्रदान गरिएको हो। संस्कृतिमन्त्री खगेन्द्र प्रसाइँले प्रतिभाहरुलाई ताम्रपत्र सहित जनही नगद रु १० हजार नगद हस्तान्तरण गरे ।भाषिक संस्थाको योगदान वापत प्रदान गरिने १२ हजार पुरस्कार राशीको किराया कृष्णकुमारी राई स्मृति पुरस्कार भने यस वर्ष दुङमाली भाषा तथा संस्कृति उत्थान माचलाई दुङमाली शब्दकोष प्रकाशन वापत प्रदान गरियो । यसै गरी १५ हजार पुरस्कार राशीको किराया धनकेशर-अतम्बरी राई स्मृति साचार पुरस्कार यो वर्ष किरात राई चाम्लिङ खाम्बातिमलाई प्रदान गरिएको छ । पुरस्कृत सबैलाई किराया कार्यवाहक अध्यक्ष यशोदा राईले फेटा गुथाएकी थिइन् । यायोक्खाको २४ औँ स्थापना दिवसमा आयोजित सम्मान हस्तान्तरण कार्यक्रममा यसै वर्ष विभिन्न तहमा सर्वोत्कृष्ट अंक हासिल गर्ने दुई दर्जन विद्यार्थीलाई विभिन्न छात्रवृति पनि प्रदान गरिएको थियो ।

Click Here Read more

Wednesday, November 10, 2010

रत्न कुमार बान्तवाको छोटो परिचय

मर्नैपर्छ हामी सबैले हामी पनि मर्छौ
हामी मर्दा जनताको शीर उठाई मर्छौ ।
…………………………………
………………………………
बाँच्दा हामी संघर्षको ज्वाला चर्काउछौं
मर्दा हामी बैरीहरुको मुटु थर्काउँछौ
दुष्टहरुको हीतका खातिर बाँच्नु मर्नु हो
जनताका हीतका खातिर मर्नु बाँच्नु हो ।
मर्नै पर्छ………………
हामी मर्दा……………॥

मंजुलका यी संयोजित शब्दहरुलाई शम्भु राईको संगीतले संगीतबद्य गर्दै पहाडतराई सबैतिर गाईएको यस गीतले जनताको हित र मुक्तिका लागि लड्दा-लड्दै बलिदान हुने ती महान अमर शहीदहरुको आकृति आज पनि सबै शोषित-पिडित जनताहरुका मानस पटलमा आईरहेको छ । त्यस्तै शहीदहरु मध्ये यहाँ लेखनी मा उतार्न खोजिएका शहीद हुनुहुन्छ क। रत्न कुमार बान्तवा ।
हुनत हाम्रो देशमा शहीदहरुको जन्म जयन्तिका अवसरमा पार्टीहोस् वा सरकारसबैले झारो टार्ने गरेको पाइन्छ । एकछिन जम्मा हुने १ मिनेट मौन धारण गर्नेतस्विर होस् वा सालिकमुि कसेर फूल चढाउने । यिनै औपचारिकतामा एक वर्षै कार्यक्रम समाप्त हुन्छ । यस अवधिमा त्यस्ता शहीदका बारेमा लेख प्रकाशित गर्नेठाँउ-ठाँउमा सालिक स्थापित गर्नेबिचल्ली परेका उसका परिवार लाई राज्यले सम्मानित गरी जीवनोपयोगी जीबिका को ग्यारेन्टी गरीदिने पाठयपुस्तकहरु तैयार गर्नु पर्ने हुन्छ तर त्यस्ता काममा सरकार वा पार्टी मौन छन् । उनीहरुलाई यस बारे सोच्ने सम्म फुस्रद छैन ।

क। रत्न कुमार बान्तवाको जन्म २००८ चैत्र २७ गते इलाम सदरमुकाम बाट २५ किलोमिटर उत्तर-पश्चिम चमैता गा।वि।स।-७ को चित्रे भन्ने गाँउ को एउटा गरीव किसान परिवारमा भएको थियो । ६ दिदी बैनी र ६ दाजु-भाईका धनी क। रत्न ले सँधै अभावै-अभावमा जिन्दगी गुजार्नु पर् यो । उहाँका बुबा गर्जमान राई बि्रटिश आर्मीका हवल्दार हुनुहुन्थ्यो तर उहाँको नराम्रो लत थियोतासजुवा खेल्ने र जाँड रक्सी खाने । यीनै नराम्रा बानीले गर्दा अलि-अलि कमाएको पैसा सबै सकिन्थ्यो । यसरी बान्तवा परिवारमा सधै अभावपीडा र समस्या छाई रहन्थ्यो । बाबु त्यस्तो भए पनि आमा अदर्श नारी हुनुहुन्थ्यो । बनीबूतो गरेरै भए पनि आफ्ना सन्तानहरुको लालन पालन मा आफ्नो सारा समय लगाउनु हुन्थ्यो र आमा सारै पौरखी भएकोले डोकाडालानाम्लो दाम्लोघुमचित्रामान्द्रा बुनी आमालाई सहयोग गर्नु हुन्थ्यो । जस्तो सुकै दुःख कष्ट र बिपक्तिमा नआत्तिने दृढ स्वभावका धनी हुनुहुन्थ्यो उहाँ । आफ्ना मित्र र शुभेच्छुकहरु प्रति कहिल्यै नरिसाउनेहाँसेर बोल्नेमेहनतकश श्रमजीवीलाई असाध्यै माया गर्नेआफू पनि कठोर मेहनत गर्ने स्वभाव थिए उहाँमा । जुनसुकै ठाँउमा बसेको भए पनि जनताले दिएको खानपान र आश्रयस्थल प्रति कहिल्यै गुनासो रहेन । एउटा असल कम्युनिष्ट हुन हरेक कुराको ज्ञानसीप हुनु पर्छ भन्ने उहाँको मान्यता अनुसार बाजा बजाउनु मुरलीको मिठोधुन निकाली मुग्ध पार्न सिपालु हुनु हुन्थ्यो उहाँ । त्यसरीनै भूमिगत अवस्थामा पनि समय निकालेर गहिरो अध्ययनमा जुटनु हुन्थ्यो ।

क।रत्नको अध्ययन पनि त्यतिकै जटीलकठीन अभावै अभावबाट गुज्रेको थियो । बाल्यअवस्थामा भाईबैनीहरुलाई पिठयँूमा बोकेर ढुङ्गे खरीले काठको पाटीमा लेखी अध्ययन गर्नु हुन्थ्यो । कक्षा चार सम्म रक्से प्रा।वि।मा अध्ययन गरी २०२१ साल देखि मात्र इलाम नारायणथान स्थित मामली बज्यू अन्तरी राईनी कहाँ बसेर पब्लिक मा।वि। मा कक्षा पाँच देखि अध्ययन शुरुगर्नु भयो । एउटा विद्यार्थीको लागि गतिलो सुविधा सम्पन्न कोठामा बसेर पढ्न कस्लाई मन लाग्दैन होला तर क। रत्न लाई त्यस्तो कहिल्यै जुरेन । भोक भोकै बस्नु पर्ने बाद्यतागरीवी र तनावले गर्दा अस्तव्यस्थ घरेलु अवस्था हुदाँ पनि उहाँमा कहिल्यै निरास देखिन्नथ्यो । असाध्यै मिलनसारमृदुभाषीमेहनती भएर नै होला उहाँ लाई सबैले मनपराउथे । २०२३ साल देखि कक्षा आठ फिदिम मा।वि। मा पढ्न थाल्नुभयो । २०२५ साल मा सोही मा।वि। बाट एस।एल।सी। पास गर्नु भै अगाडिको अध्ययन लाई अघि बढाउने उहाँको इच्छा थियो तर आर्थिक अभावले गर्दा त्यो पुरा भएन । भाइ बैनी हरु प्रतिको जिम्मेबारी संझेर उहाँ साखेजुङ्ग प्रा।वि।मा अध्यापन गर्न तिर लाग्नु भयो । त्यसबाट पनि परिवारको आर्थिक समस्या हल नभएकोले झापाको हल्दीबारी सैनिकझोडा बसाई सर्नु भयो । त्यहाँ को बसाई-सराई बाट पनि आर्थिक समस्या मा कुनै परिवर्तन आएन । त्यसपछि उहाँ धरानमा रहेकी सानीआमा कृष्णा को घरमा आउनु भयो र महेन्द्र बहुमुखी क्याम्पस बाट आई। ए। को अध्ययन पुरा गर्नु भयो तर परीक्षा इलाम बाट दिनु भयो । यसरी आई।ए। पास गर्नु भयो । धरानमा रहँदा सानीआमा लाई हर क्षेत्रमा सहयोग गर्नु पथ्र्यौ र दाउरा घाँस देखि लिएर सुँगुर लाई खोले दिनु भाँडा माँझनुलुगा धुनु धान मीलमा कुटाउनु यी सबै उहाँका दैनिकी थिए । त्यतिगर्दा पनि अपजस र अपमान बाट उहाँले कहिल्यै मुक्ति पाउनु भएन । भनिन्छ आफन्त कहाँ बस्दा उहाँ सँग गरिएका दुव्र्यबहारअप्रयाप्त खाने सुत्ने कुराले जीवनबाट निरास भएर पीडा बोध गर्दै बाँच्नु भन्दा मर्नु उत्तम ठानी एक पल्ट विष सेवन गर्ने सम्मको घटनाले उहाँ जस्तो दुःखमा कहिल्यै बिचलित नहुने व्यक्तिको भावनामा पनि भूकम्प ल्याई दिएको थियो । त्यहाँ बस्दा साना बुबा एस।पी। तुलाराम देवानका जेठी पट्टिका छोरा बमदेवान सँगको सम्पर्क र सहकार्यबाट उहाँमा प्रगतिशिल बिचार र भावना देखापर् यो । किनभने बमदेवान त्यसबेलाका चर्चित प्रगतिशिल व्यक्तित्व हुनु हुन्थ्यो । उहाँकै सम्पर्कले गर्दा क। रत्नले पनि क। माओ का थुप्रै पुस्तकहरु र अन्य माक्स्रवादी साहित्य को अध्ययन गर्नु भयो ।आई।ए् पास गरी सके पछि बी।एड। पढ्न काठमाण्डौं तिर लाग्नु भयो तर उहाँ सँग पैसा थिएन । त्यहाँ पुगे पनि एडमिसनको ठूलो समस्या सहयो तर उहाँका काका गणेश राईको मद्धतले उहाँले आफ्नो पढाई चालु राख्नु भयो । पछि आफ्नै कठीन मेहनत र समस्याहरु सँग जुद्दै बी।एड। पुरा गर्नु भयो । त्यसपछि २०३२ सालमा आफ्नो ठाँउ इलाम फर्कनु भयो ।

गरीबीअभाव आर्थिक समस्या त पूर्वजन्म देखि नै पाएको जस्तो देखिन्थ्यो । क। रत्न घर फर्कदा आफ्ना सबै दिदी बहिनीभाइहरु आर्थिक अभाव र समास्याले तीतर-बितार भएका पाउनु भयो । बलियो आँट र साहस का धनी क। रत्नले महॆन्द्र रत्न ब। क्याम्पसमा अध्यापन गर्ने मौका पाउनु भयो । दैनिक ज्यालादारी मै भए पनि आर्थिक समस्या केही हल हुन्छ कि भन्ने ठान्नु भएको थियो । यसैबीच उहाँ कम्युनिष्ट गतिविधिमा लाग्नु भयो किनभने बमदेवानको संगतले र कम्युनिष्ट पार्टी माक्स्रएंगेल्सलेनिनमाओकिमइलसुङ का त्यसबेला प्रकाशित पुस्तकहरुको अध्ययनले उहाँलाई धारिलो योद्धा बनाई सकेको थियो ।

२०३२ साल भदौ महिनामा उहाँ लगायत क। गणेश राईक।भक्त देवानक।झलनाथ खनाल कै उपस्थितिमा अ।ने।s।पा। क्रान्तिकारीको इलाम जिल्ला कमिटि गठन भयो । पार्टी गठन पश्चात उहाँले क्याम्पसको अध्यापन छोडी पूर्ण कालिन भै काममा जुट्नु भयो । उहाँको सकि्रयतामा पार्टी बाट मूखपत्र लगायत थुप्रै पुस्तकहरु प्रकाशित भए । पछि २०३३ साल फाल्गुण ९ गते ने।s।पा।माले पुनर्गठीत भयो र उहाँ त्यसको सर्वसम्मत सचिव निर्वाचित हुनु भयो । २०३४ ÷२०३५ तिर आईपुग्दा क। झलनाथ खनाल काकरभिट्टामा पक्राउ परेपछि पार्टी को सम्पूर्ण काम उहाँ माथि आयो । एउटा कुशल संगठक भएर नै होला उहाँ को नेतृत्वमा क। मोहन कुमार क। बम बान्तवाक।डिल्लि प्रसाद राईक। पदम राई को टोली ले क।माओद्धारा प्रतिपादित ूसर्वहाराको अधिनायकत्व द्धारा सत्ता कब्जा गरी शोषक सामन्तहरुबाट जनतालाई मुक्त पार्नु पर्छू भन्ने सोच सहित भियतनामी कथाबाट शिक्षा लिई ूसुरुङ युद्धू का लागि संचालनार्थ दश जना जति आँट्ने सुरुङ खन्नु भयो । तत्कालिन प्रतिकि्रयाबादी सामन्ति पाचे सरकारले यी सबै गतिविधि सुराकी मार्फत पत्तो पाई तीब्र धरपकड शुरुगर् यो । पुलिस आतंक चरमसीमामा पुग्यो । यसै अवसरमा पुलिसले पार्टीका महत्वपूर्ण कागजात कब्जामा लियो सुरुङ पुर्न लगायो । २०३५ साल माघ २६÷२७ गते इलाम जिल्ला पार्टी कमिटिको पहिलो सम्मेलन भयो । सचिव क। रत्न सहित क। लोक ब। लिम्बुक। कुमार तिवारीक।जीवन मगर।s।ध्वज बिक्रम राई सदस्य छानिनु भयो । पछि विभिन्न कारणले कतिले पार्टी काम त्यागेर अन्यत्रै लागे तर क। रत्न सामन्त बिरुद्ध जनचेतना उठाउने काममा निरन्तर लागि रहनु भयो ।

अभाव र समस्या सँग कहिल्यै हार नमान्ने क। रत्न २०३५ साल चैत्र २२ गते काठमाण्डौं बाट आउनु भएको क। सुशीला लाई लिन इभाङ पुग्नु भयो । त्यह्ाँ बाट अगाडि बढ्दै उहाँहरु आँपडाँडा पुग्नु भयो । यसै बीच उहाँहरु पुगेको खबर गद्धार स्थानिय दलाल सुराकी द्धारा पुलिस समक्ष पुगी सकेछ । सुरक्षित स्थान भनेर जीवन खवास को घरमा रातबिताई बिहानै ताप्लेजुङ पुग्ने बिचारले अघि बढ्दा उहाँहरु पुलिसको घेरामा पर्नु भयो । जब पुलिसको जत्थासँग जम्काभेट भयो सुराकीले क। रत्नलाई औल्यायो । उहाँले बीरताका साथ पुलिसकोघेरा तोड्न खोज्नु भयो तर त्यो गर्न लाग्दा पुलिसका थुप्रै गोली छातीमा लागी उहाँ धरतीमा ढल्नु भयो । मुी उठाएर ूकम्युनिष्ट आन्दोलन सफल होसू भन्दै २०३५ साल चैत्र २७ गते बिहान ४।३० बजे आफ्ना सम्पूर्ण काम पार्टी र समकक्षी कमरेडहरु लाई जिम्मा लाएर उहाँ यो धरतीबाट सदा का लागि बिदा हुनु भयो ।

भनिन्छ युगले जन्माएका व्यक्तिहरु मर्छन् तर युग जन्माउन सक्नेहरु सँग मृत्यु पनि हार्छ । थोरै मान्छेले मात्र युग जन्माउन सक्छन् र युगौ युग स्मृतिमा रहन्छन् । साच्चै हो क रत्न जस्ता सपुतले मात्र मृत्यु लाई परास्त गर्न सक्छन् । सबै रत्न हुन चाहि सक्दैनन् ।

प्रतिकि्रयावादी जल्लादहरुलाई एउटा रत्न कुमार मारेर सबै कम्युनिष्ट सिध्यायौं भन्ने लागेको थियो होला तर पूर्वी नेपालका पहाडमधेश मा कम्युनिष्ट गतिविधि कहिल्यै सुस्ताएन बरु रक्तबीज बनेर देखापरे । जसले गर्दा जनता-जनता बीच को न्यानोपनघनिष्टताले कम्युनिष्ट आन्दोलन एकपछि अर्को गरी सफल हुँदै गयो ।

अमर शहीद ती हुन् जो जनताको मुक्तिका लागि बलीबेदीमा चढ्न हिच्किचाउँदैनन्गोली खान डराउँदैनन् । उनीहरुको मरण्म सगरमाथा जस्तो गहा्रौ हुन्छ त्यसरी नै प्रतिकि्रयावादी जनता का दुश्मन को मरण प्वाख भन्दा हलौं हुन्छ । यसबेला क।रत्न को शव पुरेको ठाँउमा इलाम न।पा।ले दुईलाख पचासहजार को लागत मा समाधि स्थल बनाई दिएको छ । त्यसको उद्घाटन २०५७ चैत्र २७ गते क। झलनाथ खनाल ले गर्नु भयो । त्यसरी नै उहाँको संम्झानमा इलाम टुँढीखेलमा क। रत्न को सालिक निर्माण गरिएको छ । यी सबै अमर शहीदहरु प्रति गरिने श्रद्धाहरु हुन् ।

Click Here Read more

Sunday, April 4, 2010

Photo



Click Here Read more

Tuesday, November 10, 2009

motor cycle rally




Type rest of the post here

Click Here Read more