पृथ्वी नारायण शाहको एकिकरणमा माँझकिरातका विभिन्न थुमहरुमा अक्रामण ग¥यो । यसमा पौवा खेसाङलाई पनि पृथ्वी नारायण शाहको फौजले अक्रामण ग¥यो र उनीहरुको र्वचश्व कायम गरे पछि त्यहाँका भुमिपुत्र किरातीहरुको भाषा, लिपी, धर्म, परम्परा, संस्कारहरु विस्तारै विस्थापित हुदै गए र यी किरातीहरुलाई जवरजस्ती उनीहरुको धर्म, संस्कृति, पराम्पराहरुलाई त्याग्ना लगाइयो । त्यसको फलस्रुप हो । किरातीहरुको घर घरमा पाइने रगतको पान्जा वा खुट्टाको छाप हो । यदि कसैको घरमा पान्जा वा खुट्टाको छाप आफ्नो घरको भित्तामा थिएन भने उसलाई सर्वस्वाहरण गरिन्थ्यो । यसरी जवरजस्ती हिन्दुकरण गर्न थाले पछि पृथ्वी नारायण शाहको ज्यदाती सहन नसकेर कयौ पौवा खेसाङ थुमका भुमिपुत्रहरु अन्य ठांउहरुमा पलायन भए र उनीहरुको मिश्रित बसोवासले गर्दा यो भाषा विस्तारै विस्तारै लोप हुदै गईरहेको थियो ।
आफ्नो लिखित संस्कार कला, र संस्कृतिहरुका कागजजातहरु नमोनिशान नहुने गरी जलाई दिए पछि किरातीहरु मर्नु भन्दा बहुलाउनु राम्रो भनी आफ्नो भाषा ,लिपी, संस्कार, परम्परा र संस्कृतिहरु छोड्दै गएका थिए । एकिकरण पछि उनीहरुको भाषा, संस्कार र संस्कृतिहरु लिखितमा बन्देज लगाए– जस्तै किरात राईहरुको चाड साकेला जस्ता आफ्ना परम्पराका चाडहरु बन्देज लगाएका कारणले आजसम्म पनि किरात राई दुङमाली भाषीको लिखित भाषा र पौवा खेसाङ थुमका गा.वि.स.हरुमा सकेला चाड जस्ता पर्वहरुमा धुमधाम नमाउनुको कारण समेत बुढा पकाहरुको भनाई छ ।
किराती भुमिपुत्रहरुलाई दशै अनिवर्य मान्न लगाइयो । दशै मनाए वा मनाएनन् भन्ने संकेतको लागि प्रत्यक किरातहरुको घरघरको भित्तामा बोका, राँगा, सुंगुरको रगतको पन्जा वा खुटटाको छाप अनिवर्य लगाउनु पर्ने नियम जस्ता पृथ्वी नारायण शाहले गराए । यही ज्यादतीका कारण आफ्ना भाषा, संस्कारलाई त्यागेर विभिन्न क्षेत्रतिर पौवालीहरु पलायन भएका हुन् । हालसम्म सानोदुम्मा र ठुलोदुम्मा बाहेक अरु गा.वि.स.हरुमा यो भाषा अत्यधिक बोलिन्दैन र पौवाली भाषा लोप हुदै गईरहेको बेला अहिले केही वस्तीहरुमा मात्र पौवाली भाषा बोलीन्छ । यिनै पौवाली भाषा अत्यधिक रुपमा सानोदुम्मा,ठूलोदुम्माले बोल्ने गरेको छ र यही दुई गा.वि.स.ले बचाई रहेको भाषा नै कलान्तरमा दुङमाली भाषा भनिन थालियो ।
प्रस्तुती:चन्द्र बान्तवा राई दुङमाली













