Thursday, May 26, 2016

किरात राई दुङमाली भाषा संस्कृति संरक्षण मञ्च, जिल्ला कार्य समिति मोरङको गठन

मानव सभ्यताको महानतम उपलब्धी भाषा हो । कुनै पनि जातिको पहिचान र चिनारी उसको आफ्नो भाषा, संस्कृति, संस्कार, रितिरिवाज तथा भेषभुषा सँग सम्बन्ध हुन्छ । भाषाले मावन जातिको सभ्यता विकास र अस्तित्वको पहिचान गर्न सकिन्छ । भाषा कुनै व्यक्तिको क्षणिक उत्तेजना महत्वकांक्षा र चाहनाबाट बन्न सक्ने वस्तु होइन । भाषा भनेको मावन समाज विकासक्रममा आदिम युगदेखिको अथाह अभ्यास र प्रयासपछिको प्राप्त हुने परिणाम हो । जसका सहयताले हामी एकअर्कामा संचार भई भाषा एक विनिमय साधन बन्दछ ।  तसर्थ भाषा मानव जातिको अभिन्न अंग हो । भाषा विना मानव जीवन कल्पना समेत गर्न सकिन्न । त्यसकारण जिल्ला भोजपुर पौवा खेसाङ थुमका हाल गा.वि.स.हरु आम्तेक, श्याम्सीला, तिवारीभन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्मा र ठुलोदुम्माका गा.वि.स.हरुमा बसोवास गर्ने किरात राईहरु मोरङ जिल्लामा बसोवास गरी रहनु भएका दुङमाली भाषीहरुको एकताको निम्ति किरात राई दुङमाली भाषा संस्कृति संरक्षण मञ्च  समिति मोरङ गठन भएको हो । विश्वभर विभिन्न भाषा तथा संस्कृतिहरु लोप हुने अवस्थामा रहेको बेला हाम्रो आफ्नै जातिय पहिचान, पुर्खाहरुले छाडि दिएको आफ्नो भाषा, संस्कारलाई पनि जगेर्ना सकेनौ भने पक्कै हाम्रा आगामी पुस्ताहरुले धिकार्ने निस्चित छ ।
सेउ

1 comment:

  1. Dearest Esteems,

    We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

    Contact Dr. James Eric Firm via
    Email: fastloanoffer34@gmail.com
    urgentloanoffer22.blogspot.com/
    Whatsapp +918929509036
    Best Regards,
    Dr. James Eric.
    Executive Investment
    Consultant./Mediator/Facilitator

    ReplyDelete