जात जाती प्रथालाई जंग बहादुर प्रधानमन्त्री भएर राणा काल शुरु भए पछि झन मुलुकी एन् नै जातिय भेद भावलाई कानुनी मान्यता दिने जात जाती प्रथालाई संस्थागत गर्ने काम भयो । त्यस एनमा नेपाली समाजलाई तागाधागरि,खस मातवाली, पानी चल्ने शुद्र र पानी नचल्ने शुद्र गरी पाँच जातिय समुहमा विभाजित गरियो । पानी नचल्ने शुद्रमा पनि शुद्रलाई छोए छिटो हाल्नु पर्ने र हाल्नुपर्ने गरी दुई भागमा विभाजित गरियो । छोएमा पनि छिटो हाल्नु पर्ने अन्तर्गत मुसलामान्, तेलि, कसाई, कुसुले, धोबि, म्लेच्छ, चुँडरालाई राखियो । भने छोएमा छिटो हाल्नु पर्ने अन्तर्गत सार्की , कामी, सुनार्, चुनारा, दमाई, गाइने, बादि, च्यामे,पोडेलाई राखियो । यसरी जंग बहादुर्ले निर्माण गरेको मुलुकी एनले नेपाली समाजलाई अनेक जाती उपजाति,सहजाती आदिमा बाँडेर विभिन्न टुक्रामा बिभजित गर्यो, यसको साथै त्यस् मुलुकी एनमा कुनै पनि ब्यक्तिले आफुभन्दा तल्लो जातको केटीसँग बिहा गरेमा त्यही जातमा झर्ने र पानी नचल्ने जातको केटीसँग बिहा गरेमा सर्बस्वहरण गरी त्यही जातमा पतन गर्ने ब्यबस्था गरे ।
यसरी जंग बहादुले जातिया छुवाछुत प्रथालाई मजबुत बनाए पनि त्यो कानुन राणाहरु आफुमा भने लागु हुँदैनथ्यो । किन भने त्यतिबेला कानुन निर्माण गर्ने र कानुन खारेज गर्ने अधिकार राणा प्रधानमन्त्रीकै हातमा थियो ।त्यसैले गर्दा राणाहरु आफुलाई मन पर्ने वा आफुले बिहा गर्न चाहेको कुनै पनि तल्लो जातका केटीहरुलाई माथिल्लो जातमा उकास्न सक्थे । यो काम मुलुकी एन बनाउने जंग बहादुर आँफैले गरे । उनि तराईको झापामा घुम्न गएको बेला त्यहाँ उनले एउटी मेचे जातकी राम्री केटीलाई देखे र उनिप्रती मोहित भए । उनको बुवालाई तुरुन्तै चौधरी पदवी दिएर उनलाई बिहा गरे र मुलुकी एनमा सुधार गरे ।
जंग बहादुरको मृत्युपछि पनि उनका भाइहरुले यस्ता थुप्रै काम गरे । चन्द्र शमशेर्ले आफ्नै ज्वाइ जय पृथिबी बहादुर सिंह लाई जातिच्युत गरेका थिए ।त्यस्तै गरेर धार्मिक कर्मा काण्ड तथा जातिया भेदभाबको विरोध गरेवापत टंक प्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा मुडेर सुंगुरको पाठा बोकाई शहर घुमएर जातिच्युत गरियो ।
यसरी जातपात तथा छुवाछुत भनेको शासकहरु र पुरेत्याई गरेर खाने ब्राम्हणहरुको मिलोमतोमा उत्पन्न गरिएको एउटा षड्यन्त्रको रुप हो । त्यसैले हामी माथिल्लो जात भनेर घमण्ड गर्नु पर्ने र हामी तल्लो जात भनेर हीन भावनाबाट ग्रसित भएर बस्नु पर्ने कुनै तुक छैन सबै जाती बराबर हुन र सबैले समान रुपमा बाँच्न पाउनु मानब अधिकार हो ।
Sunday, August 17, 2008
राणकालमा जात जाती प्रथा.......
Wednesday, August 6, 2008
नेपालमा जात जातीको उत्पति कसरी भयो ?
नेपालमा प्रचीनकाल अथवा किराँतहरुको शासन कालसम्म पनि जातिय छुवाछुत प्रथाको शुरुवात भएको थिएन । किराँतकाल भन्नाले ई. पु. ५०८ देखि ११०० सम्मको अबधिलाई मानिन्छ । किराँतकालमा मुख्य पेशाको रुपमा खेती र पशुपालन रहेको र साथै केही उधोग धन्दा तथा ब्यापारको पनि बिकास भएको देखिन्छ । नेपालमा उत्पदित ऊनको राडी, पाखी पाट्लिपुत्रको बजारमा समेत विक्री भएको कुरा भारतका प्राचिन राजनीतिज्ञ तथा अर्थशास्त्री कौटिल्यले आफ्नो अर्थशास्त्रमा उल्लेख गरेवाट पनि यो कुरा प्रष्ट हुन्छ । तर त्यतिबेला समाजमा जातपातको आधारमा कामको बाँड्फाड भैसकेको थिएन । जुत्ता तथा लुगा सिउने आरन चलाऊने आदी सबै काम किराँतीहरु आँफैले नै गर्थे । यो प्रथा पृथ्बी नारायण ले काठमाडौं उपत्यका विजय गरिसकेपछि पनि किराँतहरुको क्षेत्रमा कायम नै थियो । पछि पृथ्बी नारायणले उनिहरुलाई लुगा तथा जुत्ता सिउने,भाडा बनाउने आदिकाम छाड्न लगाएका थिए ।
नेपालको पहाडी क्षेत्रमा किराँतहरुले राज्य गरिरहदा तराई भेगमा लिच्छबी, मल्ल, शाक्य,कोली आदिको राज्य थियो । पछि मुसलमानहरुको आक्रमणबाट ती हिन्दू राजाहरु त्यहाँ टिक्न नसकेर नेपालको पहाडी क्षेत्रमा भागेर आए । त्यसरी भागेर आएका लिच्छबिहरुले नेपालका किराँतहरुलाई हराइ आफ्नो सत्ता इ. स. ११० तिर कायम गरे । त्यतिबेला नेपालको वर्ण ब्यवस्था पनि भारतको जस्तै पेशामा आधरित कायम गरे । जातिको आधारमा खानपान रहन सहन आदिमा भिन्नता गरिएको थियो । त्यतिबेला समाजलाई चार वर्ण अठार जातमा विभाजित गरिएको थियो ।
जात अनुसार सबैले आ-आफ्नो पेशा गर्ने पर्दथ्यो । कसैले आफ्नो पेशा छोडेर अर्को पेशामा लाग्न पाइदैनथ्यो। कसैले प्रचलित जातिय मर्यादा पालन नगरेमा उ दण्डको भागी हुन्थ्यो । कुनै पनि जातिले आफ्नो बाहेक अर्को जातिमा बिहे गर्न पाउदैन्थ्यो । जातिय मर्यादा पालन नगरेका ब्यक्तिलाई जात बाट पाटन गराइन्थ्यो । शुद्र जातिले सुन र चाँदिको गहना लगाउन पाउदैन्थ्यो । यसरी लिच्छबिहरु भरत बाट आएकाले भारतकै मनुस्मृतिका आधरित वर्ण ब्यवस्था उनिहरुले लागु गरे । र त्यतिबेला देखि नेपालमा जात जाती वा दलित जाती को उदय भायो।
सन ११९७ मा अरिमल्ल नेपालको राजा भए पछि नेपालमा मल्ल काल शुरु भयो । मल्लकालमा जाति प्रथाले अझ चरम रुप लिएको थियो । सन १२८० मल्ल राजा जयस्थिती मल्लले छिन्न-भिन्न भैसकेको नेपालको वर्ण ब्यवस्थालाई फेरी पुनगर्ठन गरेर वर्ण ब्यवस्थालाई मजबुत पारे । उनले नेपाल उपत्यकाका नेवारहरुलाई ४ वर्ण र ६४ जातमा विभजित गरे । नेवारहरु मध्य पनि आचार्य, वैध, श्रेष्ठ र दैवज्ञलाई माथिल्लो जातमा राखियो । पोडे, चारमकार्, आदी जातिलाई पानी नचल्ने जातमा राखियो । यी सबै जातिले आ-आफ्नो जात अनुसारको काम्गर्नु पर्ने नियम बनाइयो । पोडेहरुले टोपी, जुत्ता , र सुनका गहना लगाउन नपाउने गरियो । कसाइले बाहुला भएको दौरा लगाउन नपाउने गरियो । साथै पोडे, कसाइ तथा कुलुहरुले झिंगटिले छाएको घर बनाउन नपाउने गरियो । यसरी समाजमा जातिय विभाजन संगसंगै बर्गिय विभाजन पनि गरियो । प्रत्यक बर्ग र जातिको भोजन्, बसोबास , जन्म मृत्यु विवाह मा गरिने संस्कारको ब्यवस्था बनाइयो । तल्ला जातिले माथिल्ला जातिलाई सम्मान गर्नु पर्ने भयो ।
यसको साथै कसैले आफ्नो पेशा छाडेर अर्कै पेशा अपनायो भने उसलाई अपराधीसरहको दण्डको भागी हुनु पर्ने गरियो । त्यस्ताइ गरेर माथिल्लो बर्णको स्त्री सँग बिहा गर्न छुट दिइयो भने माथिल्लो बर्णको स्त्रीले त्यस्तो गर्न नपाईने गरियो । यदि कुनै स्त्रीले आफुभन्दा तल्लो बर्णको पुरुषसँग बिहा गर्यो र त्यसबाट बच्चा जन्म्यो भने त्यो बच्चा चाण्डल हुने र कुनै स्त्री सती जानको लागि चितामा लोग्ने सँग सुतेको बेला त्यहाँ बस्न नसकी खसी भने उनि पनि पोडे जातमा झर्न नियम बनाइयो ।
यस किसिमले जयस्थिती मल्लको समयमा नेपालमा जातिय छुवाछुत प्रथाले चरम रुप लिएको थियो । यसै प्रथालाई नक्कल गरेर गोर्खाका राजा रामशाह, सन १६०६-३३ ले पनि त्यहाँको समाजलाई चार बर्ण छातीस जातमा बिभाजन गरे । उनकै सन्तान पृथ्बी नारायण शाहले नेपाल उपत्यका विजय गरे पछि उनले पनि नेपाली समाजलाई हिन्दू बर्ण ब्यबस्थामा नै ढाल्ने कम गरे र छुवा छुत , जात जाती प्रथा लाई झन आफ्नो मन परेको मान्छे लाई माथिल्लो जातमा उकाल्ने र मन नपरेको मान्छेलाई तल्लो जातमा खासल्ने काम गरे । यसको साथै उनले जातिय छुवाछुत प्रथा नवएको किराँत समुदयमा समेत जाभार्जस्ती जातिया छुवाछुत प्रथा भित्रायउने कोशीस गरेका थिए । तर यो छुवाछुत प्रथा किराँती समुदायमा आशफल भएको देखिन्छ । यसरी पृथ्बी नारायण शाहले जातिय प्रथा लाई अझ मजबुत पारे ।
Wednesday, July 16, 2008
भुमिपुत्र किराँतीहरु कसरी छरिएर बसे ???
सुरुमा किराँतिहरु देवबंशी भनिन्थे । उनिहरुको एक भाषा थियो । किराँती भाषालाई देवभाषा पनि भनिन्थ्यो । बस्ता-रहदाँ किरातबंश निकै फैलियो कि उनीहरुको भाषा अलि अलि फरक फरक हुन पुग्यो । र उनीहरुका नेताले जनगणना गर्नु पर्दछ भनेर सबैलाई भने तर कसरी गर्ने भन्दा ? । सबैलाई एक-एकवटा ढुङ्गा ल्याउन आदेश दिए ।
प्रत्यक मानिसले एक एकवाट ढुङ्गा ल्याएर आफ्ना नेताका अगाडि राखिदिए । ढुङ्गा थुप्रिन्दा -थुप्रिन्दा त्यहाँ एउटा पहाडजस्तो बन्यो । पछि उनिहरुका नेताले जनगणना गरेको स्मृतिमा त्यो थुप्रीएको ढुङ्गाले त्यहाँ एउटा बिशाल धरहरा जस्तै आग्लो बनाउने प्रस्ताब राखे । उनीहरु पनि यसकुरामा समर्थन गरे तथा तत्कालै धरहराको जग बसाए । बिस्तारै-बिस्तारै धरहरा बन्दै गयो, अग्लो अग्लो हुँदैगयो । हुँदा हुँदै धरहराको टुप्पो यत्ति माथि पुग्यो कि त्यसका फेदमा बस्नेहरुले टुप्पो देख्न छोडे तै पनि धरहरा अग्लिन्दै गैरहेको थियो । थुप्रीएका ढुङ्गा कति त त्यसै थिए । काम गर्नेहरु काम गरी नै रहेकै थिए । ढुङ्गा ओसार्दै थिए । हिलो पानी दिने हिलो पानी दिदै थिए । गाह्रो लगाउने गाह्रो लाउदै थिए , कामको खुब मेलो चलेकै बेला के भयो, के भयो , भाषा सम्बन्धी गड्बडी चल्यो । एउटाले बोलेको अर्कोले बुझेन । यसले गर्दा उनिहरुमा रिसारिस पर्यो । झगडा चल्यो । आखिर रिसमा परेर फेदमा बस्ने हरुले धरहरा नै ढालिदिए । फलस्वरुप धेरैजसो धरहरा भात्किएको ढुङ्गा मुढाले थिचिएर मरे । बाँच्नेहरुमध्य पनि फेरि १६ भाषाका १६ जना नेता निस्किए । तिनीहरु पनि एक आपसमा लड्न लागे । ती नेताहरुको मारामारका अन्त्यमा ४ जना नेतामात्र बाँचे । फेरि तिनीहरु पनि लड्न लाग्द पापाहाङ नाउँ गरेका एकजना नेता आफ्नो दललाई छुट्ट्याई पूर्व दिशातिर बस्न जाने भनेर त्यो ठाउँ नै छोडेर गए । छ महिनामा उनिहरु सिमाङ्गढ्मा आइपुगे ।
यस दलमा पनि १२ भाषाका मानिसहरु थिए, यिनिहरु पनि एकै ठाउँमा बस्न सकेनन । तिनिहरुमध्य मगरवंशी,चनवंशी र गुरुङ्वंशीहरु उत्तर्-पश्चिम गै पाल्पा, डोटी र प्युठान साथै हालको गण्डकी अञ्चलमा बस्न गए । नागा, सिया, लाप्चा र काचिनबंश पूर्व आसाम । सिक्किम र बर्मा बस्न गए । हामी हिंडेका बाटामा केराको झ्याङ र बोहोरीको रुख काटी राख्छौ । पहिल्याउदै आउनु भनी अरु भाइहरुलाई अह्राई लाप्चाबंश्, काचिन र नागाबंशका मानिसहरु अघी हिंडे । त्यसपछि लिम्बुवंश्, खम्बुवंश, मेचेबंश । कोचेबंश, थारु, दनुवार र धिमालबंशहरुले केराको झ्याङ र बोहोरीका रुख काटेको चिहाउदै हेर्दै पूर्व दिशातिर लागे तर केराको टुसो पलाएर लामो भैसकेको र बोहोरीको रुख पनि काटिएर कालो दागमात्र शेष रहेको देखेर अब दाजुभाईलाई भेट्न गह्रो पर्दछ भन्ठानी दनुवार्, धिमालबंशहरु नेपालको तराईमा नै रहे । लिम्बु, खम्बुवंशहरु पनि अब अघि जाने दाजु भाइलाई भेट्न सकिदैन भनेर नेपालको पहाड्मा नै बसे ।
मेचेबंश ,कोचेबंशीहरु पूर्वतिर बढेर गए र आसामामा आफ्नो राज्य स्थापित गरे । यसै ठाउँबाट बंश फैलिएर उत्तर दिशा जानेहरु डुक्पाबंशी नाउँ राखी भुटान देशमा गएर बसे । गारो पहाड्बाट फैलिएर जानेहरु हाइजोग्बंश नाउँ गरी मैमनसिंह प्रदेशमा बस्न गए । फेरी आसामका ९ गाउँबाट फैलिएर जानेहरु कछारीएबंश नाउँ राखेर सिलहट्, त्रीपुरा, मणिपुर्, कुमिल्ला र दक्षिण समुन्द्रका छेउको नोवखोली प्रदेश्, चटगाँउ प्रदेश तथा आराकान प्रदेशसम्म बस्दै आईरहेको पाउदछौ ।
Monday, June 16, 2008
मगरजाति बारे ..........

प्रस्तुती: टेक बिर बलम्पाकी मगर्,
ईलाम जीतपुर-९ Email: jeetpure_kanchha@yahoo.com
भुमिपुत्र आदिबासीमा पर्ने मगरजाति बारे कुरा गर्न मन लाग्यो । नेपालको परिपेक्षमा हेर्दा हाम्रो मगर जातिहरु ( लङ्घाली) जना सङ्ख्याको अधारमा हेर्ने हो भने शायद अरुको दाजोमा मगर जाति नै अग्रस्थानमा देखिन्छ । हामी मगर जाति किन अगाडि बढन सकिएन? के तपाईं पनि बिश्लेषन गर्ने हो कि? हामी मगरहरु आशिक्षित पनि छैनौ? हाल आएर मगर जातिहरु पनि केही औलामा गन्न सकिन्ने , सरकारी वा गैर सरकारी कार्यालयमा कार्यरत छन । हाम्रो मगर जातिमा गुरुङ्को तुलानमा निकै तल देखिन्छ । किन कि गुरुङ जातिहरु एक अर्का मा सहनुभुती अनि आर्थिक् सहयोग लागयत बिभिन्न सहयोगहरु एक अर्कामा अदान प्रदान हुन्छ तर हाम्रो मगर जातिमा त्यो हुँदैन,
.
हाम्रो मगर जातिका भाषा लिपि,कला,सस्कृति हरुको खोजमुलक गर्न एक अर्कोमा किन मुखा मुख हेर हेर हुन्छ? जस्तै आफ्नै भेष भुषा र कला सस्कृति झाल्काउने जस्ता टेलिचलचित्र लगयत आफ्नो भाषा धर्म परम्पार लाई संरक्षण गर्न निक्कै पछि छन । हामी मगरहरु जाँड रक्सी र भाङ् जस्ता पेय पदर्थ सेवान गर्न हामी निक्कै अगाडि छौ । र जोजोमान को सेवामा सधैं हामी तयार हुन्छौ । आफ्नो घर खेत्, पाखा पखेरु लाई बझै राखी राखी । अनि हामी मामाको छोरीलाई साली भनि मामाको छोरीलाई विवाह गर्न तयार हुन्छौ । र मामाको छोरीलाई विवाह गर्दा रित(पारम्पार्)अनुसार लेनदेन गर्न जानेको छौ । खसगरी हामी मगर जातिहरु पछि पर्नुका कारण यो पनि एक हुन सक्छ ।
.
हामी मगरहरुको साईनो सम्बन्ध कस्तो कस्तो हुनु पर्ने हो? त्यो पनि आज सम्मा हामीमा पूर्ण ज्ञान नभएको देखिन्छ । हामी मगर जाती हरु पुर्खको रितिरिवाज मा नै रहेको देखिन्छ ।त्यस्कारणले मगरहरु बिकास क्षेत्रमा आघी बढ्न सकिरहेको छैनौ, लेखक सहरा बार्षिक पत्रीकाका सदस्य हुनु हुन्छ ।
अर्को अंशमा मगरजातिको रितिरिवाज पच्किन्ने छु ..
Wednesday, June 4, 2008
भुमिपुत्र किराँतीहरु किनपछि परे ?

मानबको मुख्य बिकास नै शिक्षा हो । जो शिक्षा बाट टाढा रहन्छ त्यो मान्छे (समुह) बिकास देखि धेरै पछाडि परी सकेको हुन्छ। बिकासको भूमिका लाई महत्वपुर्ण शिक्षाले खेलिरहेको हुन्छ। बिकास को मेरुदण्ड नै शिक्षा हो। यस्तै भुमिपुत्र किराँतीहरु लाई शिक्षा बाट बन्चित गरिए। किराँती राई लिम्बुहरु अत्ति सोझा सिधा, ईमान्दार हुन्छन्, साथै असाध्य दयालु पनि हुन्छन्, यही दयालुपनलाई फाईदा उठाएर पृथ्बी नारायण शाहले किराँती भु भाग लाई जाल झेल गरी कब्जा गरेको हामी ले ईतिहास् मा पढिरहेको छौ। भुमिपुत्र किराँतीहरु लाई प्रसाशनिक,शैक्षिक क्षेत्रमा प्रबेश गर्न निषेध गरिए।
जब पृथ्बी नारायण ले किराँती भुमिलाई कब्जा गरे पछि किराँतीहरु लाई सर्बस्व हरण गरियो। अनि शुरु भयो किराँतीहरुको दिन दु:ख दायीका दिनहरु। जाँड, रक्सी, भाङ धतुरा जस्ता पेय पदार्थहरु सेवन गर्नमा उत्साहीत गरिए। किराँती भाषा लिपिका पुस्तक् तथा पाठ्यक्रमहरु जलाई दिए। शिक्षा, पाठशाला जस्ता कुराहरुमा प्रतिबन्ध लगाए । जो पढ्न लेख्न जान्दछ, त्यस्लाई खोजी खोजी हात वा जिब्रो नै कटिदिन्थे। किराँतीहरुलाई जबर्जस्ती हिन्दू धर्म मान्न लगाईयो। हिन्दुहरुको दसैंमा अनिबार्य प्रत्यक घर घरमा मार हान्ने (राँगो,सुङुर ) जस्ता पशु द्वारा मार हान्ने अनिबार्य लागु गरियो। मार हाने पछि रगतले आफ्नो भित्तामा हातको पन्जाले निशान राख्नु पर्थ्यो। शायद अहिले सम्म पनि त्यो चलन छँदै छ , यो पंक्तिकारले पनि कुनै गाँउ वा किराँती बस्तीहरुमा देखेको छ। दसैं सके पछि प्रत्यक किराँती गाँउहरुमा पन्जा, लगाएको छ कि छैन, मानौ दसैं मनायो कि मनाएन? जस्ता कुराहरुमा किराँतीहरु लाई निगरानी गरिन्थ्यो। घरघरमा पन्जाको निशान निरिक्षण् गर्न पठाइन्थ्यो। जस्को घरमा हात (पन्जा) को निशान छैन , उसलाई किराँती समर्थक भनेर सर्बस्व हरण गरिन्थ्यो। यही कारण किराँतीहरु झन झन पछि पर्दै गए।
भुमिपुत्र किराँतीहरुलाई नेपालका प्रशासन् र निती निर्माणमा नभएर बेलायती सेनामा बेचिए। किराँती जवानहरु नेपाल् सरकारले बेचे सरह थिए। बृटिस सेनामा भर्ना भएका जवानहरुको तलब, सेवा शुल्क पनि नेपाल सरकारले लिने गर्दथ्यो। किराँती जवानहरुले नि:शुल्क जस्तै सेवा गर्नु पर्थ्यो। पहिलो बिस्व युद्द र दोस्रो बिस्वयुद्दमा कति किराँती जवानहरु अंगभंग भए कतिले ज्यान गुमाए। कति किराँती जवानहरु घरै फर्केनन। यसरी किराँतीहरुलाई पछि परिए। किराँत राई लिम्बुहरुलाई सन १८४८ पछि मात्र श्री ३ जंग बा. ले भैरब नाथ नामक सैनिक पल्टनमा राई लिम्बुको जातको खडा गरे पछि मात्र किराँतीहरुले पहिलो पल्ट नगरिकता पाएका थिए। २००७ साल अगाडि सम्मपनि निति निर्माण तथा शैक्षिक क्षेत्रमा प्रवेश गर्न पाएका थिएनन। फलस्वरुप आज किराँतीहरु कुनै पनि सरकारी वा निजी सरकारी कार्यलयमा उच्चा ओहोदामा छैनन।
किराँतीहरु हाल आएर भारतीय सेना र बेलायती सेनामा आकर्षण छन्, यी दुई देश ले राम्रै रोजगार दिएको छ किराँतीहरुको सवालमा। उनिहरु यही पेशा बाट केहि आफ्नो जीवनस्तर अगाडी बढाएको छ। यी भारतीय सेना र बृटिस सेनाबाट आर्थिक उपलब्ध नभएको भए? शायद यी भुमिपुत्र किराँतीहरु पनि अहिलेको राउटे र कुसुन्डा जस्तै लोप हुने अवस्थामा हुन्थ्यो होला ?
प्रस्तुती: राई चन्द्र किराँती
Saturday, May 24, 2008
(ईतिहास ) भुमि पुत्र आदिबासीहरुको बसोबास........

तपाईंले नेपालको ईतिहास पल्टाउनु भायो भने अबस्य किराँतकालीन ईतिहास पाउनु हुने छ ।जहाँ किराँतहरुले के कति शासन गरेको, को राजा भए, कस कसले राज्य गरे, भन्ने प्रमाण ईतिहासमा पनि पाउनु हुनेछ ।आज ईतिहासको केही अंश उल्लेख गर्ने जमर्को गरिएको छ । करीब दुई हजार बर्ष अगाडि किराँती राजाहरुको शासन थियो ।त्यही किराँती राजाहरुले नामाकरण गरेका ठाउँहरु पनि प्रशस्त हामीले पाउछौ । उदाहरणका लागि लमजुङ भन्नाले गुरुङ भाषाबाट बनेको हो ।लमजुङ भन्नाले गुरुङ भाषामा एक अर्को सिमाना जोडीएको ठाउँलाई गुरुङ भाषामा लम्जुङ भन्ने गरिन्छ । यस्तै थुप्रै ठाउँहरु मगर्, राई (खम्बु) लिम्बु, गुरुङ्, शेर्पा ।थारु, धिमाल थाकालीहरुद्बारा नाम राखिएका छन ।
किराँतीहरु भुमिपुत्र हुन र प्रचीनकालदेखि बसोबास् गरिआएका छन ।यस्मा कसैको दुई मत छैन ।त्यसैले उनिहरु फैलिएर बस्ने थलो, एक समयमा उत्तरमा तिब्बत्, पश्चिममा हिन्दूकुश्, हिम श्रीङ्खला र दक्षिणमा बंगालको खांडिदेखि मध्यमाञ्चल पर्बत श्रीङ्खला हुँदै अरबीयन सागरसम्म र पूर्वमा दक्षिणी चीन समुन्द्र तहदेखि भियतनाम्,बर्मा,माणिपुर्, आसाम्,नेपाल्,पन्जाब आदी हुँदै अफगनिस्तानसम्म फैलिएको थियो भने, केही काल अघिदेखि पश्चिमामा कुमाउदेखि पूर्वमा सिक्किम दार्जीलिङ ,उत्तर हिमाल पहाड र दक्षिण नेपालको सम्पूर्ण भु-भाग मा किराँतीहरुको बसोबास् रहेको छ ।
अन्य ठाउँ मणिपुर्, बर्मा,आसाम्, सिक्किम दार्जीलिङ र भुटान जस्ता ठाउँमा पनि किराँतीहरु बसोबास् गरेका छन । कालान्तरमा नेपालका सारा पहाडी क्षेत्रलाई किराँती देश भनिन्थ्यो ।त्यस्पछि पृथ्बी नारायणको समय सम्म (१७७५)मा किराँत देश तामकोशी देखि पूर्वमा टिस्टा थियो ।हिजो आज किराँत भुमी भन्नाले काठमाडौको पुर्बी सिमाना मकवानपुर देखि लिखु-सुनकोशी नदी सम्म्, माँझ किराँत लिखु नदी, पूर्वमा अरुण नदिसम्म, पल्लो किराँत पश्चिममा अरुण नदि र पूर्व मा मेची नदिसम्म बुझाउदछ । ती मध्य किराँतीहरुको बासोबास् नेपालको, खोटाङ, ओखलढुङ्गा, धनकुटा, भोजपुर, तेह्र्थुम, संखुवासभा, ईलाम्, पाँचथर्, ताप्लेजुङ्, झापा, मोरङ्, सुन्सरी, उदयपुर साथै गण्डकी अञ्चल, धवलागिरि, बागमती, नारायणी अञ्चल लगायत सम्पुर्ण भु-भागमा आदिबासीहरु बसोबास् गरेका छन ।
हाल नेपाल बाहिर दार्जीलिङ,सिक्किम ।बंगालको पहाडी क्षेत्र आसाम्, मेघालय, माणिपुर भुटानमा पनि पाइन्छ । यी आदिबासी किराँतीहरु जहाँ बसोबास गरेका छन ।त्यही नै आफ्नो भाषा , लिपि, संस्कार्, संस्कृति जगेर्ना गरिरहेको पाइन्छ ।यिनिहरुको भाषा लिपिद्बारा नै किराँतीहरु भनेर चिन्न त्यती कठिन पर्दैन । साथै यी अदिबासीहरुले आ-आफ्नो भाषा,लिपी , कला संस्कृति,संस्कार्,पराम्पार हरु सुरक्षित राखेका छन । आदिबासीहरुको धर्म किराँती हो । यिनिहरुको भाषा अलग अलग भए पनि एउटै मात्र किराँती हो ।जस्तै मुम, थेना, मन्थुरी भने पनि एउटै नाम आउछ किराँती , किराँतीहरुले सुम्निमा र पारुहाङ लाई जाँड्-रक्सी र सुङ्गुरले पुज्ने गर्दछ । साथै भुमि लाई पनि पुज्ने गर्दछन ।त्यसैले यी आदिबासी किराँतीहरु भुमी पुत्र हुन भन्ने प्रमाणित हुन्छ ।
किराँतीहरुले प्रचीनकाल देखि आदिमकालसम्म ३२ हाङ्ले (राजा) राज्य गरेका थिए । किराँतका प्रमुख राजा यलम्बर देखि अन्तिम राजा गस्ती सम्मा थिए । ती ३२ हाङ्का (राजा) नाम यसप्रकार छन ।यलम्, पलम्, मलम्, चमिम्, हास्कम्, बलन्य, तुस्क्, प्रसफुम्, पर्न्, चम्ब्, श्रीकंक, रच्नन्द, फुकोम्, शिशु, जुलम्, लुकम्, थोरम्, थुङ्को, वर्म, गुन्जम्, पुषक्, सत्ययमो, मगमय, घसकम्, ग्रण्, खिम्बु, क्रीरिच्यन्, खदराज, खित्रु, हुदुरमा, दस्ती र अन्तिम राजा गस्ती सम्म थिए । यी ३२ औ राजाका सन्तानहरुनै हालका राई, लिम्बु, गुरुङ्, मगर्, तमाङ्, शेर्पा, सुनुवार्, दनुवार्, थारु ,धिमाल आदी चोइटिएर विभिन्न नामाकारणबाट विभिन्न क्षेत्रमा पलायन भए फलस्वरुप आज सम्म पनि थुप्रै प्रमाणहरु छ्यपछायाप्ती भेटिनछन्,। जस्तै पश्चिम्मा गुरुङ्, थकाली र मगरको बसोबास् मध्यमाञ्चलमा तमाङ्हरुको बसोबास् , उत्तर हिमालमा शेर्पाहरुको, दक्षिण तराईमा थारु, धिमाल्, सुनुवारको, पूर्वमा लिम्बु ,राईको समुदायले बसोबास् गरेको पाँउछौ, यो २१ औ शताब्दीको अवशेष होइन । यो आदिबासीहरुको मुल प्रमाण हो ।
लोकतन्त्र वहाली पछि आदिबासीहरुले केही सास् सम्म फेर्न पाएका छन्, हेरौ लोकतन्त्रले आदिबासीहरुको लागि कत्तीको फलदयाक हुने हो त्यो हेर्न नै बाँकी छ, लोकतन्त्र ले आदिबासीहरुलाई कत्तिको सम्बोधन गर्छ ?त्यो पनि हामीले चिह्यएर हेरिरहेको छौ ।
प्रस्तुती: राई चन्द्र किराँती
Sunday, March 9, 2008
दुम्मा को खम्बुक गाँउ.........
खम्बुक नाम कसरी हुन गयो ?

आज म भोजपुर् जिल्ला को ठुलो दुम्मा वार्ड नं ६ म पर्ने खम्बुक गाँउको कुरा गर्न मन लाग्यो। र एउटा, नेपाली को कहाँवत पनि साथ साथ मा समर्पन गर्न चाहन्छु । "जान्ने लाई शिरखण्ड , नजान्ने लाई खुर्पा को बिड" भने झै । खम्बुक नाम सुन्ने मित्र हरु लाई , यो शिरखण्ड बन्न सक्ला तर खम्बुक नाम नसुन्ने मित्र हरु लाई यो खुर्पा को बिड सवित हुन सक्छ । भन्ने मेरो यो एकलाउती सोचाई मात्र हो । खम्बुक नाम कसरी रहन गयो त? भन्ने प्रश्न मा? हामी ले केही हाम्रा आग्रज हरु सँग छलफल गर्ने सानो मौका पएको थिए ।त्यहि आग्रज् हरु को भनाइ अनुसार खम्बुक एउटा पहिला जंगल जस्तै अथवा कुनै मानिस को बसोबास नभएको ठाउँ रहेछ ।यो ठाउँ मा मान्छे मरे पछि गड्ने गरिन्दो रहेछ, मनौ खम्बुक एउटा चिहान घरि रहेछ । र यो जना सङ्ख्य को चाप संगै पछि आएर त्यहाँ मानिस् हरुको बसो बास् भएको रहेछ , भन्ने हामी ले स्विकार्ना करै लाग्यो ।किन कि आज सम्म त्यहाँ प्रचिन काल मा मान्छे सँग गडिएका सर समान अथवा, फलाम का हतियार्, र केही माहिला ले प्रयोग गर्ने गर्गहना जस्त फेला परेको देखियो । , त्यस्कारण हामी ले पनि त्यो ठाउँ अवस्य पनि चिहान घरि नै भन्ने स्विकार्न बाध्य बनायो। र दुम्माली राई भाषा मा , मान्छे मरे पछि गाड्ने, ठाउँ लाई "खाभुक" भनिन्छ। नेपाली मा यस् लाई चिहान(चिहान घरि)भन्ने चलन छ ।तर यो ठाँउ अनुसार् फरक् फरक् बोली ले फरक नाम भन्दछन। यही चिहान लाई राई दुम्माली भाषा मा खाभुक भन्दछन। यो कालान्तर सम्म खाभुक नै भनिन्थ्यो । खाभुक लाई अपभ्रंश हुदै हुदै आज आएर खम्बुक भन्न थलियो भन्ने हाम्रो आग्रज हरु को भनाइ पाइयो।
प्रस्तुती: राई चन्द्र किराती










