Showing posts with label गाँउघर ।. Show all posts
Showing posts with label गाँउघर ।. Show all posts

Saturday, July 12, 2008

( गाँउघर ) मेरो भोजपुर ...

प्रकृतीले सिँगारीएको नयाँ बेहुली झै सुन्दर मनोरम दृष्यले भरीपुर्ण हाम्रो भोजपुर, स्वच्छ निर्मल आकाश श्रीपेच लगाए झै उत्तरमा कन्चनजँघा हिमाल। साथै ठुलठुला हिमश्रखलाहरु,विभिन्न जातको बोटबिरुवाहरुले भरपुर हरियो पहाडहरु ,नागबेली र लालीगुराँसले रँगीएको बन जँगल झरना र तरेली परेका जमीनबाट आफनो गन्तब्य तिर लम्कदै गरेका स्वच्छ नदीनालाहरु ,अनि पुर्बतिर बिशाल तराइका फाँटहरु यी सबै प्रकृतिको मनोरम रुपमा मोहित हुदै मिठो तालमा गित गाइरहेका चराचुरुङ्गीहरु अनी आफनै धुनमा खेलीरहेका जनवारहरु देबीदेबताको बासस्थान र प्रकृतीको अलौकिक बरदान पाएको त्यो भुमीमा जन्मन पाएकोमा आफैलाई गर्ब लाग्छ तिनै उकाली ओराली र बनपाखाहरुमा सुस्केरा हाल्दै बाँसुरीको धुन सँगै जिन्दगीले कोल्टे फेरेको पत्तै भएन ।


हुनत हरेक जिबनको आफनो आफनै भोगाइहरु हुन्छ। हरेक जिन्दगीले धेरै उकाली ओराली घुम्ती र कुइनेटाहरुको सामना गर्नुपर्दोरहेछ। किनभने यो मानबिय सँसार नै झुटो भएकोले होला संघर्षमय जिबनमा केबल एक जिबनले हजारौ बोझमाथी हजारौ बाधा र ब्याबधानसँग लाचार पनि हुनुपर्दोरहेछ। चक्र झै घुमीरहने परीबर्तनसिल समय सँगै हजारौ हिमश्रखला र अनेकौ तुफान सहित सँगम घुम्टोको कुइनेटाहरु र बिविध कठीनाइहरु सँग लुकामारी खेल्दै नया बसन्त ऋतुको आगमन सँग पनी लचिलो हुनुपर्दोरहेछ। बास्तबिक्ता नै भन्नुपर्दा आफैलाई आत्मग्लानी लाग्छ। चाहै अरु जुनसुकै सँसारमा किन नपुगौ। मैले पहिलो पटक आंखा खोलेको ठाउँ र पहिलो पाइला टेकेको जन्मभुमी सम्झदा तर यो पराइ सँसार…॥

परिस्थितीले जिबनको मोडलाई परिबर्तन गरेपनी अन्तर आत्मको प्रतीबिम्ब हामी मानबजातीको मानसपटलमा जिबीत नै रहन्छ। चाहे त्यो गगनचुम्बी महलहोस वा कलात्मक सोचहरुले क्षणिक आनन्दता प्रदान गरेपनि हिजो म जन्मेको हुर्केको र यौवनको खुटकिलाहरु पार गरेको स्थानहरुलाई भुल्न सकेको छैन। हुनत त्यो ठाउँबाट पाईला निकालेको पनि आज आधा दशक भईसकेछ। यस अवधीमा मेरो जन्मभुमी जत्ति प्यारो भएर अरु कुनै ठाउँ मेरो मानसपटलमा आउन सकेन । हो त्यही पुर्वी पहाडी जिल्ला भोजपुर जहाँ यो आधा दशकको अवधीमा बिजुली बत्ती र सडक पुगी सक्यो तर बिडम्वना म अहिले सम्म पुग्न सकेको छैन। मलाइ अझै याद छ। घाँस दाउरा वन,जंगल जाँदा पानी मकै ,भटमासको खाजा खाँदै भारी पुराएर हाम्रो गाउले दिदीहरुले ...

भाका हालेर घन्काएको गीतहरु .....
आँसुको सागर बगाउदै बिधुवा रुँदै हिडेको.....
सिरैमा मेरो सिरैको फुल.....

जस्ता गीतको बोलहरु अझैपनी मेरो मानसपटलमा जिवीतै छ। अबत ति गीत गाउने दिदीहरु पनि २, ३ बच्चाको आमा भईसके होला। त्यति मात्र कहाँ हो र, भनिन्छ ढुँगे छाती भएको कठोर ह्रदयलाई पनी सँगीतको दुनियाले पगाली दिन्छ। त्यसैले होला त्यो गितको शब्दहरुलेमेरो ह्रदय छुन्थ्यो। जुनगितका शब्दहरुमा एक किसीमको श्रमजिबी र सर्वहाराको आवाज गुन्जिएको महसुस हुन्थ्यो। चाहे दुःखको अनुभुती गर्दा होस वा जिन्दगीको लडाईको मैदानमा होस जुन समयमा धेरै साथीहरुसँग घुलमिल गर्नै अवसर पाएको थिए। राजनितीको अनेक रुप हुन्छ भनिन्छ रचीसकेको श्रीष्टी पनि भात्किएर जान्छ। हाँसीरहेको हिमाल पनि रुन सक्छ। जिबनको अनौठो यात्रामा हिडदाहिडदै यात्रा टुटेर कोही कता त कोही कता पुगीएछ।

 आज म लगाएत धेरै साथीहरु यो क्षितिज पारीको बिरानो ठाउमा चेतना र परीश्रमलाई कुनै बिन्दुमा सदुपयोग गर्नै ठाउँ र साधन नहुदा यसरी दिक्क भएर स्वदेशी माटो तथा परीवार माया स्नेह र ममतालाई चटक्क लत्ताएर नचाहादा नचाहादै पनि आफनो भबिस्यको लागि साधन स्रोत र अवसरको खोजी गदै। यो आनन्टकार मरुभुमीमा आईपुगेको छौ, कतीपय ठाउँहरुमा दयनिय क्षणहरु सँग घोलमेल पनि भईयो। धेरै उकाली ओराली पार गर्दा गर्दै कन्चट नै फुटने गरी पोल्ने प्रचण्ड घामको किरणहरु त कहिले मानब स्नायु नै बन्द गरी चिसो हिउका सिरेटोहरु पनि आज यो मानसपटलमा जिबितै छ । 

 
प्रस्तुती: संगम बान्तवा
            आम्तेक -३ भोजपुर

Click Here Read more

Sunday, June 22, 2008

बिविध दुम्मा र दुम्माली ....


नगदेबालीको उर्बरभुमी दुम्मा गाँउ जहाँ प्राबिधिकहरुको पहुच बाट टाढा रहेको गाँउ हो । यहाँका मानिसहरुको मुख्य आयस्रोत नै कृषि तथा पशुपलनमा हो । यहाँका प्राय मानिसहरु कृषि र पशुपलनमा नै अश्रीत छन ।मानौ दुम्मालीहरु नै आजको प्राबिधिकहरु हुन भन्ने भान हुन्छ । यहाँका प्रमुख नगदेबाली मकै,धन्,कोदो,गँहु, अन्य दाल मसेम्,मास, भाटमस, सिमी, बोडी लगयत बिभिन्न थरिथरिका दालहरु प्रशास्त मात्रमा उत्पादन गरिन्छ, पशुपलन: गाई, भैंसी,बाख्रा,सुङ्गुर्,कुखुरा आदी इत्यदि ।उसो त दुम्मालीहरु बैदेशिक रोजगारको लागि बिस्व नचाहारेको त हैन । यहाँ का किराँतीहरु प्राय बेलायती सेना लगयत भारतीय सेनामा प्रमुख रोजगार रहेको छ ।

यहाँ को जानसंख्य कुल २७०६ रहेको छ । जस्मा माहिलाको संख्या १४६९ र पुरुषको संख्या १२३७ रहेको छ। यो गत जनगणनमा को ताथ्यङ्क हो । यहाँका ९५% राई किराँतीहरुको बासोबास् रहेको छ । यहाँ आफ्नै भाषा ,आफ्नै भेष भुषा,रितिरिवाज परम्पार छ भन्दा कसैको दुईमत नहोला । प्राय यहाँ किराँती भाषा नै बोलिन्छ,उनिहरुको भाषा नै दुम्माली भाषा (दुङमाली बान्तवा राई ) भनेर चिनिन्छ ।

यो भाषा ,ठुलोदुम्मा, सानोदुम्मा, बस्तिम्, जरायोटार्, आम्तेक चाराम्बी, पुर्बी भोजपुर र उत्तरी भोजपुर मा छिट फुट ठाउँ ठाउँ मा बोलिन्ने गरेको पाईन्छ । यो भाषा लाई दुङमाली भाषा भनेर् चिनिन्छ । बान्तवा भाषा सँग मिल्दो जुल्दो हुन्छ । बान्तवाले बोलेको भाषा दुङमालीले सजिलै बुज्दछ। र दुङमाली ले बोलेको भाषा बान्तवा ले बुज्दछ । यो भाषा त्यति कठिन छैन । बान्तवा भाषा र दुङमाली भाषा सबै बान्तवा राईहरुले सजिलै बुज्दछन । जस्तै: "म किराँती हो" , भन्नु पर्दा, बान्तवा ले "आङका किरावाछा " । दुङमाली राईहरुले पनि "आङका किरावाछा " नै भन्दछन । र "किराँती को घर हो", भन्नु पर्दा, दुङमाली राईहरुले , "किरावा खिम" भन्दछ । बान्तवा राईहरुले पनि "किरावा खिम" नै भन्दछन ।

प्रस्तुती: राई चन्द्र किराँती

Click Here Read more

Tuesday, May 27, 2008

मेरो दुम्मा गाँउ .....

Dumma04
भोजपुर जिल्लाको दक्षिण भु-भागमा रहेको दुई दुम्मागाँउ जहाँ नागबेली भएर बगेको अरुण नदिको काखमा अबस्थित गाँउ हो । दुम्मा गाँउलाई दक्षिणबाट अरुण नदिले सदैब आफ्नो शिशु झै काखमा लिईरहेको हुन्छे । पश्चिमबाट पिखुवा खोलाले रेखवाला झै निरन्तर दुम्मा गाँउलाई सुरक्षा दिइरहेको भान हुन्छ। कहिलेकाही पिखुवा खोलाले आफ्नो कर्तब्यलाई बिर्सदा भने दुम्माली हरुलाई निक्कै मर्का पर्ने गरेको छ । तै पनि पिखुवा खोला निस्ठुरी चाँही छैन, उस्ले सम्झिहाल्छ, मैले दुम्मालीहरुको सुरक्षा गर्नै अभिभारा लिएको छु भनि । आफ्नो कर्तब्य मा निरन्तर खटिरहन्छ पिखुवा खोला । उत्तरमा मानेडाँडा ले सधैं दुई दुम्मा गाँउहरुलाई चिह्यइ रहेको हुन्छ । सम्भवत यी दाजुभाई कुनै बेला पनि भिषण युद्दको घोषणा गर्न सक्छन भनि मानेडाँडा आफ्नो आभिभावक झै सधै आँखा झिमिक्क नगरी दुई दुम्मा गाँउहरु लाई टुलु टुलु हेरिरहेको हुन्छ । Dumma03
तर यी (दुम्मागाँउ) दाजु भाईहरु कहिले पनि भिषण युद्द को घोषणा गर्दैनन । किन कि यी दाजुभाई मा पट्ट्कै घमण्ड छैन ,समय लाई चुनौती दिन चाहदैनन, सधैं आफ्नो गन्तब्यको लागि मात्र हिड्दछन , भाँडाकुटी खेल्दै सँगै हिडिरहेको हुन्छन। आफ्नै पारम्पारीक भेष भुषामा चाण्डीनाच् (साकेला सिली, साकेवा,साकेन्वा) जस्ता आफ्ना महत्वपुर्ण चाडपर्बमा ढोल र झ्याम्टा सँग तालमा तल मिलाएर् नाँचेका छन्। उभौली र उधौली लाई धुमधामका साथ यी दाजुभाईले मनाउछन् । उभौली लाई स्वागत गर्छन् ,उधौली लाई बिदाई गर्छन् दाजुभाइले। Chandi
Photo By:-Kailash Rai
एउटै भेषभुषामा सजिएर अरुण नदी तरेका छन । सँग सँगै पाख्रीबास, हिले , धनकुटा हुँदै धरान सम्मा झरेका छन्। कहिलेकहि बाटोमा हिड्दा बटुवाहरुले प्रश्न गर्ने गर्दछ, तिमीहरु दाजु भाई हो ? गर्बका साथ उनी हरुको उत्तर हुन्छ " हो हामी दाजुभाइ हौ "। कहिले शिकार खेल्न अरुणको गतीर पुग्छन , कहिले हाङ्ररायो खोला त कहिले पिखुवा खोला पुग्छन । गाँउको हाटबजार दशामी र पञ्चमीहाटमा सँग सँगै साबुन्, तेल र मसला जस्ता आवस्यक समानहरु किनेका छन्। एउटै सिल्भर को थालमा ढिडो र गुन्द्रुक खाएका छन ,आझै यिनिहरुलाई मकैको भात औधी मनपराउछन। अनि बन जंगल जदा वा गोठालो जदा स्वर मा स्वर मिलाई गोठाले गीत जंगल गुन्जिन्ने गरी गएका छन्। । लाग्छ यी दाजुभाई कहिले पनि आफु आफुमा लडाईं झगडा गर्दैन । बुढा पाकाले भन्थे , बाघ हेर्न मन लागे बिरालो हेर्नु, सत्रु हेर्न मन लागे दाजु वा भाई लाई हेर्नु भन्थे , तर यी दुई दाजुभाई ले बुढा पाका लाई चाहि चुनौती दिएका छन ।

यी दाजुभाई सम्भवत भगवान (निनाम्मा) ले पनि छैठौ दिनमा यहि लेखि दिएहोला भन्ने लाग्छ । आशा छ थप अरु सुम्निमा र पारुहङमा ले अशिष दिउन यी दुई दाजुभाई लाई ।

प्रस्तुती: राई चन्द्र किराँती

Click Here Read more

Monday, April 7, 2008

स्थान र परिचय...........


"प्रकृतिले सजिएको ताप्लेजुङ र लिम्बु रितिरिवाज"limbu home
(लिम्बुहरु को घर)
ठुला ठुला हिमशिखरहरु मध्य कन्चन्जंघा बिश्वकै तेश्रो हिमशिखर हो। ८,५८६ मिटर अग्लो हिम श्रींखला ताप्लेजुङ जिल्लामै पर्छ । सुर्यको किरणमा सयपत्रीका थुंगाझैं मिलेर रहेका चुचुराहरु सोचे जस्तै मनमोहक सुन्दर र प्राकृतिक सौन्दर्यहरु यही देख्न पाईन्छ ।धेरै प्रकारको छाँगा र छहराहरुले अझ यस्को महत्व बढाएको छ । ३,६४६ बर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लाको जनसंख्या भने १,३४,६०० रहेको छ । यहाँका ६४% जनसंख्या कृषि पेशामा निर्भर छन भने अन्य जनता अरुनै पेशामा आश्रीत छन जस्तै बृटिस् आर्मी, सरकारी अफिस् एबम अन्य अन्य । सरदर ११ देखि ३० सेल्सियस् को बिचमा रहने तापक्रम हिउँ परेको बेलामा घटेर "०" सेल्सियमा पनि पुग्छ । montain range of taplejung
सुन्दर र धार्मिक मानिने श्री पथिभरा देवी पनि यही हिमशिखरको काखमा रहेकिछिन। समुन्द्री सतहदेखि ३,७९४ मिटर उचाइमा अवस्थित यस मन्दिरमा धार्मिक र परम्परागत मान्यता अनुशार हिन्दू र बौद्व धर्मालम्बिहरुले पूजाआजा गरेको पाईन्छ। यो ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजार बाट १९,४ किलोमिटर टाढा रहेको छ । पथिभरा देवीको उत्पत्तिको बिषयमा बिभिन्न धर्मगुरुहरुको आ-आफ्नै कथन रहेको पाईन्छ।पथिभरा देवी कसरी उत्पत्ती भइन त भन्ने बिषयमा एउटा तथ्य र पत्यारलाग्दो कथन यसै बर्णन गरेको पाइन्छ, “एक समयको कुरा हो एउटा भेंडा गोठालाले उसका १०० वटा भेंडाहरु हराएछ। त्यस पछि मेरा भेंडा पाउँ भनि प्राथना गर्दा अकास्मत देवी उत्तपन्न भएछिन्, जहाँ अहिले मन्दिर स्थापना गरिएको छ, त्यस पछि देवीले सोधिछिन आफ्नो भेंडा चढाउन भनेर देवीको भनाइ अनुरुप गरे पस्चात उस्ले आफ्नो हराएको सबै भेंडा प्राप्त गरेछ" । यस्तो अनौठो घटना स्थानिय रूपमा बिशवासगरी त्यही समय देखि आफ्ना इच्छा हरु पुरागर्ने देवीका रुपमा पूजा प्राथना गरेको पाइन्छ । pathivara from suketar (पाथिभरा यस्तो देखिन्छ)
पथिभरा हिल यो चुचुरो पाथी जस्तै चुचो र देवीको उत्पत्तिपनि यही भएको कारण देवीको नाम श्री पथिभरादेवी रहन गएको हो भन्ने किंवदन्ती छ। श्री पथिभरादेवीको मन्दिरदेखि बैभबशाली कन्चन्जंघा एबम अन्य हिमश्रींखलाहरुको सजिलै अबलोकन गर्न सकिन्छ । हामीले ताप्लेजुङ यात्रागर्दा बिभिन्न प्रकारको हिमाली बोटबिरुवाको, हिमालमा पाईने बिभिन्न फूलहरुका साथै लालीगुराँसको अध्ययन सजिलै गर्न सकिन्छ । फुङलिङ जिल्ला भरिकै प्रमुख बजार हो । फुङलिङको अर्थ लिम्बु भाषामा "धर्तिको फूल" हो र यस्को उचाई समुन्द्री सतहदेखि १८२३ मिटरमा छ । पहाडी क्षेत्र र लिम्बु सांस्कृति समेटिएको यहाँ नेपाली परम्परामा आधारित ठुला-ठुला काँसको थाल र बटुकोमा राखेर नेपाली खाना दाल,भात र तरकारी र अन्य मौसम अनुसारका खाजा नास्ता मा रमाउछन जस्तै तोङ्बा र सुकुटी । tongba & sukuti as local snack ताप्लेजुङ्ले लिम्बु समुदायको सांस्कृतिक र नेपाली हिमश्रींखलालाई जिउँदो राखेको छ । त्यहाँका लिम्बु जाती स-साना घर सहित लिम्बु सांस्कृति र परम्परालाई संगालेर थुप्रै छरिएर बसेका छन । यहाँ पाहुनाको आदर सत्कार लिम्बु रितिरिवाज अनुशार धान नाँच सहित गरिन्छ ।Dhaan Naach "लिम्बुहरुको धन नाच"
विवाह मा च्याब्रुङ नाँच नाचिन्छ । मृत आत्माको शान्तिको लागि बिजुवा नाँच नाचिन्छ । साँस्कृतिले धनी लिम्बु जाती सांस्कृति नै अभिन्न अंग हो । ताप्लेजुङ्को लागि , त्यसैले हामी सरकारी वा गैर सरकारी दुबै तह हरुमा हाम्रो सँस्कृतिको जगेर्नाको लागि अनुरोध गरी रहेछौ । ताप्लेजुङ्को मुख्य आकर्षण बिन्दुहरु भनेको चर्चित पथिभरा देवी, मनमोहक हिमश्रींखला, कन्चनजंघा अनि रमाइलो लिम्बु जातिको संस्कृति अनि परम्पारहरु हुन।समग्रमा भन्नु पर्दा हामी प्रकृतिसँग मिलिजुली बाँची रहेका छौं । (यो लेख अंग्रेजी मा हामीलाई प्राप्त भएको हो, हाम्रो ब्लग नेपाली भएको कारण ले हामीले नेपाली मा अनुवाद गरेर प्रकाशन गरेका हौ ।) (दुम्माली ब्लग परिवार)

प्रस्तुती: प्रकाश हाङ वनेम लिम्बु
फाकुमबा-१, ताप्लेजुङ

हाल : काठमाण्डौं

Click Here Read more

Sunday, March 23, 2008

ठुलो दुम्मा भरिको टेलिफोन नम्बरहरु..........

कतै तपाईं को पायक पर्ने छिमेकी को टेलिफोन नम्बर होला टिपिहाल्नुस् है
ठुलो दुम्माभरिको टेलिफोन नम्बरहरु हामीलाई थाहा भएकोसम्म
ठुलोदुम्मा वार्ड नम्बर १ देखि ९ सम्मका :

1, हर्क माया राई (वार्ड नं-१)
टेलिफोन नम्बर ००९७७-२९-६९०१४१

2, नरेश चन्द्र राई थान्तङ् (वार्ड नं-१)
टेलिफोन नम्बर ००९७७-२५-६९४६६२

3, हेम चन्द्र राई (वार्ड नं-३)
टेलिफोन नम्बर ००९७७-२९-६९०२१३

4, जय प्रशाद राई ( वार्ड नं-४)
टेलिफोन नम्बर- ००९७७-२९-६९०२१६

5, जसरानी राई (वार्ड नं-५)
टेलिफोन नम्बर-००९७७-२५-६९००६३

6,तमाङ टोल खम्बुक् (वार्ड नं-६)
टेलिफोन नम्बर-००९७७-२९-६९०१२०

7, जीवन लिम्बु (टेक्ने लिम्बु) वार्ड नं ६, खम्बुक
टेलिफोन नम्बर-००९७७-०२५-६९१३५७

8, सँगम शुबास राई (वार्ड नं-८)
टेलिफोन नम्बर-००९७७-२९-६९०२४६

9, दिलिप राई (वार्ड नं-८)
मोबाईल नम्बर ००९७७-९८४१४६६७८७

10, तिर्थ राई (वार्ड नं-९)
टेलिफोन नम्बर ००९७७-२९-६९००९४

11, डाँडा घरे माइला (वार्ड नं-७)
टेलिफोन नम्बर ००९७७-२९-६९०४४२

र हामीलाइ सहयोग गरिरहनु हुने , हाम्रा
अग्रज राज कुमार राइ (छिमेकी किराना पसल मानेडाँडा)
टेलिफोन नम्बर ००९७७-२१-६९२१५१
दुम्माली ब्लग परिवार

Click Here Read more

Sunday, March 16, 2008

ग्लोबल भिलेज र मेरो गाउँ.........................



संसार साँघुरिएर कम्प्युटरमा अटाएको छ । संसार ग्लोबल भिलेज भो, यो मेरो भनाइ हैन । यो भनाइ त बिस्व का धनपति विल गेटस् को हो ।ग्लोबल भिलेज भनेको के हो? शायद मलाई पनि यस्मा आनभिज्ञ छ ।
झनै मेरो गाँउ को काउडे दाइ लाई ग्लोअल भिलेज भनेको के थाहा ?उहा लाई पक्कै ग्लोअल भिलेज बारे आज्ञान्त होला भन्ने मलाई लागेको छ । वास्तबमा उहा को असाली नाम चुला राम बिस्वकर्मा हो । तर गाँउ घर को प्यारो नाम हो । "काउडे दाजु" उहाँ लाई काउडे दाजु भनेर गांउ घरमा बोलाइन्छ। त्यस्कारण सबै ले काउडे दाजु भनेर चिन्दछन । हुन त काउडे नाम भन्नु को पछाडि केही पनि देखिन्न । शायद विल गेटस् को संसार ग्लोबल भिलेज जस्तो हुदो होत ? । काउडे दाजु को नाम काउडे नभएर, जोन र मेक्सी हुन्थ्योहोला।ग्लोबल भिलेज को आज्ञानता ले नै शायद उहाँ को नाम काउडे दाजु नै अहिले सम्म पनि छ। उहाँ लाई ग्लोबल भिलेज को ज्ञान भएको भए । शायद बिद्रोह गर्नु हुन्थ्यो होला । मलाई लाग्छ यही हुन सक्छ , काउडे दाजु हुनु को पछाडि ।
म उहाँ लाई अत्यन्तै सम्मान गर्छु । किन कि मिलनसार ,सहयोगी हुनु हुन्छ ।आज सम्म न उहाँ ले कसै लाई कु भलो चिताएको पनि छैन, र कुनै नकारत्मक सोचाई पनि राख्नु हुन्न । उहाँ को प्रमुख गुण नै यही हो । त्यसैले काउडे दाजु गाँउ भरि प्यारो छ, सबै ले बोलाउछन काउडे दाजु भनेर।उहाँ अत्यन्तै मेहनती र पौराखी पनि हुनु हुन्छ । उहाँ ले सबै लाई सहयोग गर्नु हुन्छ, त्यसैले नै उहाँ गाँउ भरि को प्यारो काउडे दाजु हुनुहुन्छ । उहाँ ले गाँउ घर मा सधैं सहयोग गरिरहनु हुन्छ । मनौ काउडे दाजु हाम्रो गाउँ को असली कृषक हुन...... । अब काउडे दाजु र मेरो गाउँ कहिले ग्लोबल भिलेज को जानकारी होला.....................???


प्रस्तुती: राई चन्द्र किराती

Click Here Read more

Thursday, March 13, 2008

दुम्माली राईहरु को पाछा बिबरण ......

अघिल्ला प्रकाशन मा हामी ले दुम्मा एउटै मात्र राई किरातिहरु को बहु संख्या रहेको जानकारी गराएको थियौ, आज हामी ले ति बहु संख्या रहेका किराती हरु को पाछा हरु हाम्रा सहकर्मि को सहयोग मा प्रस्तुत गर्न गैरह्को छौ। ठुलो दुम्मा लाई चेचिहोङ भन्ने पनि गरिन्च्छ । र ठुलो दुम्मा भन्न साथै राई जातिको घना बस्ती भएको ठाउँ हो भनेर बुझिन्छ, यहाँ कति पाछासंग सम्बन्धित राई हरु छन त? हुन सक्छ सबैलाई उत्सुक्ता जागेको यसैले दुम्माली ब्लग परिवार तपाईंहरुको उत्सुक्ताको सिमा लाई थोरै भएपनी शान्त्वना दिन यो छोटो विवरण हेर्नुहोला :

१, छिवात्पाङ,
२, वाछोप्पा वात्पाङ्,
३, सुच्चा लुहुन,
४, पुङवत
५, तुम्छा
६, साङ्पाङ
७, पौवेन
८, चाम्लिङ
९, छी छाङ्छा
१०, हाङ्खोप्सा लुहुन
११, हाङ्बाङ्ग
१२,वाक्नादो वात्पाङ
१३,लेकनादो वात्पाङ
१४,तङ्याम्मि वात्पाङ्
१५,लाङमीछोङ मुगालीहरु
१६,चौरसी
मुख्य गरी हामी र हाम्रा सहकर्मी लाई थाहा भएअनुशार हामीले प्रस्तुत गरेका बाहेक यदि छुट हुन गए हामीलाइ सम्पर्क गरी तुरुन्त जानकारी गराउनु हुन बिनम्र अनुरोध् गर्दछौ,
प्रस्तुती: बि. जे. बान्तवा
अरु जानकारी पुन: अर्को प्रकाशन मा
.......................हेर्दै गर्नु होला दुम्माली ब्लग

Click Here Read more

Tuesday, March 11, 2008

अरुण नदी (आधेरिघाट )

प्रस्तुती: राई चन्द्र किराती
अघिल्ला प्रकाशन हरु मा केही अरुण नदी (आधेरिघाट ) को बारेमा चर्चा गरिएको थियो।आज तपाईंहरु ले हेर्न सक्नु हुनेछ, अरुण नदी को बनावत र अरु........................यो पुल बिशेष गरेर धनकुटा, धरान र भोजपुर खोटाङ जिल्ला लाई जोडने मुख्य मार्ग हो, यहाँ आज भन्दा १४ ,१५ बर्ष अघाडि सम्म यो नदी मा डुँगा बाट मानिस हरु आवत गरिन्थ्यो । यो पङ्तिकार पनि त्यती बेला १, २ पट्क त्यो डुँगा भन्ने चिज मा सवार भएको थियो । तर यहाँ भन्न सजिलो हुन्छ, त्यो भोग्न कति काठिनाइ हुन्छ, भन्ने कुरा यो पङ्टिकार लाई मात्र थाहा होला, जब अधेरिघाट पुग्न साथ प्रश्न हरु उत्पन्न हुन्थ्यो। अब माझि ले तरि दिनेहो कि हैन? त्यती बेला १ घण्टा मा पुगिन्ने आफ्नो गन्तब्य को लागि ५,६ घण्टा सम्म पुग्दथ्यो।किन
कि त्यो डुँगा भन्ने चिज माझि बाहेक अरु ले चलाऊन हुन्न ,भन्ने एउटा मनस्थिती वा संस्कार पनि रहेछ ।मनौ त्यो अरुण नदी र डुँगा माझि को आफ्नो पैतृक सम्पति नै हो जस्तो लाग्यो मलाइ। किन कि त्यो समय मा यदि माझिले तार्न चाहे मा तरी दिन्छ , यदि उस्ले तार्न चाहेन भने तपाईं त्यहाँ कत्ती दिन सम्म वारी को वारी र पारी को पारी हुनु पर्थ्यो । आज म सोच्न पुग्छु, आज धन्य बाँचिए छ। ,,त्यती बेला डुँगा मा सवार हुँदा, एउटा कुनै सजिब प्राणी जस्तो लाग्दैथ्यो । किन कि डुँगा मा सावारी हुन साथ मुटुको धाड्कन ले ठाउँ छोड्थ्यो। एउटै प्रश्न मात्र खाडा हुन्थ्यो।या बचिन्ने या मरिन्ने हो? । जब नदी को किनार मा डुँगा आडे पछि मात्र लामो सास् फेरिन्थ्यो। हुन पनि यो अधेरी घाट ले धेरै मान्छे को बली पाइसकेको छ।भिडियो हेर्नुहोस्, कस्तो रहेछ त अधेरिघाट ? हजारौ मान्छे को बली पाएको नदी ?? यदि तपाईंको ईन्टरनेट कनेक्सन स्लो छ भने पौज बत्तन् लाइ क्लिक गरी छोड्नु होला र भिडियो बार मा कालो धर्सो आधिक भए पछि फेरी प्ले बत्तन् थिच्नु होला। माथि को भिडियो हेर्न सक्नु भएन भने यहाँ क्लिक गर्नुहोला ।

Click Here Read more

Thursday, February 21, 2008

स्थान, परिचय .....२

ठुलो दुम्मा गाउ कस्तो होला त ?
Dumma village
(ठुलो दुम्मा गाउ यस्तो छ ।)

शायद कमै साथी हरु मात्र पुग्नु भएको होला । ठुलो दुम्मा एउटै मात्र हो । जहाँ राई ( किराती) हरु को जनघनात्तो
रहेको गाउ हो । यहाँ आफ्नै रितिरिवाज कला सस्कृति हरु रहेको छ। जस्तै आफ्नै मट्री भाषा छ । उनि हरु को भाषा दुम्माली बान्तवा हो। प्राय उनि हरु दुम्माली बान्तवा राई भनेर रुचाउछन ।यहा का ९५% राई किराती हरु छन , र अन्य जाती मा तमाङ केही आउँला मा गन्ना सकिन्छ, अरु जाती मा कामी, सर्की ,पनि छन । यिनी हरु लागभाग ७,८ घर परिवार छन्,
अरु सम्पूर्ण राई बस्ती रहेको एउटै मात्र ठुलो दुम्मा गाउ हो ।
यहाँ का राइ किराती हरु को मुख्य पेशा खेती पाती हो।र लाहुरे (सैनिक) पनि दोस्रो पेशा हो । प्राय बृटिश
सैनिक र भारतीय सैनिक मा कार्यरत छन्, त्यहाँ का प्रतेक घर बाट १ ,२ बाट सैनिक पेशा मा कार्यरत छन । तेस्रो बैदेशिक रोजागर हो । बैदेशिक रोजागर को लागि दुम्माली हरु बिस्व भर छारिएर बसेक छन। तर एउटा बिडामबना त छँदै छ । बैदेशिक रोजागर बाट होस् या सैनिक पेशा बाट आफ्नो जीवन लाई माथि उकासेका दुम्माली हरु ले कहिले पनि दुम्मा लाइ फर्केर हेरेनन। उनि हरु ले दुम्मा लाई हैन । धरान लाई दुम्मा गाउ बनाउन थाले त्यस्कारण मेरो दुम्मा गाउ एउटा बिक्षिप्त भएर रोइरहेको पाउछु । क्रमश:.........

sano dumma
(आघिल्लो प्रकाशन मा हेर्नु भएको सानो दुम्मा को गढी डाँडा नजिक बाट यस्तो देखिन्छ ।)

Click Here Read more

Tuesday, February 19, 2008

स्थान, परिचय ......

नेपाल को पूर्वाञ्चल मा पर्ने भोजपुर जिल्ला नाम न सुन्ने कमै होला । मनिस हरु ले जब खुखुरी प्रयोग गर्छन् त भोजपुर को नाम सम्झिहल्छन् । जहाँ यातायात को सुविधा बाट बन्चित जिल्ला भनेर पनि चिन्न सकिन्छ । त्यो मोटर बाटो जोडने मुख्य घाताक नै अरुण नदी हो । तर यो नदी लाई एउटा देवी वा देवात को रुप मा पनि पुजिन्छ जस्लाई त्यहाँ को बोली चाली भाषा मा (पञ्चवली) भन्ने गरिन्छ । त्यहाँ ५ वटा जनावर ले भोग दिने चलन छ । शायद त्यही ५ वटा जनावर बाट भोग दिने चलन चल्ती ले नै पञ्चवली भन्ने गरिएको होला ।
बिशेष भोजपुरे हरु ले अनिबर्य यो अरुण नदी लाई तर्नै नै पर्छ । यो नदी पर नगरि भोजपुर पुग्ने अरु बिकल्प पनि छैन । Bhojpur mapआज म कुरा गरिरहेको छु । भोजपुर र दुम्मा गाउ को दुम्मा २ वटा छन , सानो दुम्मा र ठुलो दुम्मा । कसै कसैले (दुङमा) पनि भन्छन्।यो गाउहरु एउटा खुद्र पसल मा बिक्री गर्न लागेको नरिवल झै चिरा चिरा भए आवस्थित छ यि दुम्मा गाउ हरु । यि २ गाउका मिलन केन्द्र उहि अरुण नदी सँग मितेरी लगाएको पाउछौ सानो दुम्मा को सिमान्उत्तर मा मनेडाँडा (बस्तिम) , पश्चिम मा ठुलो दुम्मा को छेकाल् खोला र पुर्ब मा हाङ्रायो खोला ले आफ्नो सिमान सानो दुम्मा ले आङ्कित गरेको छ । ठुलो दुम्मा पश्चिम पिखुवा खोला उत्तर मनेडाँडा(बस्तिम ) र दक्षिण मा अरुण नदी सधैं रेखवाला को रुपमा उभिरहन्छ । क्रमश ........

sano dumma
सानो दुम्मा (गढी डाँडा)
Arun bridge
अरुण पुल (आधेरिघाट )
जुन पुल भएर खोटाङ भोजपुर अनी धनकुटा धरान गरिन्छ।
View Arun river
अरुण नदी।

Click Here Read more