Showing posts with label कला/संस्कृति ।. Show all posts
Showing posts with label कला/संस्कृति ।. Show all posts

Friday, October 3, 2008

किराँतराईभाषा, भाषाहरूको फूलबारी..........



किराँत राईभाषा भाषाहरूको फूलबारी हो । केन्द्रीय तथ्याङ्क विभागले किरात राईहरूको बाहुल्यता देखाएको जिल्लाहरू खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, इलाम, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा र उदयपुर हो । तर रामेछाप, सिन्धुली, मकवानपुर लगायत अन्य जिल्लाहरुमा पनि राईहरूको घना बस्ती रहेको छ । राईहरूको ६ बर्ष भन्दा माथिको जनसङ्ख्या ६ लाख ३५ हजार १५१ रहेको छ । जुन नेपालको कुल जनसङ्ख्याको २.८ प्रतिशत हुन आउछ । जसमध्ये ६७.२३ प्रतिशत राईहरूले आफ्नो मातृभाषा बोल्नसक्ने तथ्याङ्क छ ।

गत जनगणनाको पछिल्लो तथ्याङ्क २०५८ ले (१) बान्तावा, (२) चाम्लिङ, (३) थुलुङ, (४) कुलुङ, (५) खालिङ, (६) लोहोरुङ, (७) याम्फुले, (८) वाहिङ, (९) उम्बुले, (१०) साम्पाङ, (११) दुमी, (१२) नाछिरिङ, (१३) दुङमाली, (१४) पुमा, (१५) मेवाहाङ, (१६) छिन्ताङ, (१७) जेरुङ, (१८) तिलुङ, (१९) कोयु, (२०) लिङखिम, (२१) छिलिङ र (२२) साम गरी २२ फरक राई मातृभाषाको पहिचान गरेको छ । तर उक्त तथ्याङ्क पूर्ण नभएको विज्ञहरूले बताउदै आएका छन् । राईहरूको मातृसंस्था किरात राई यायोक्खाले अरु धेरै राई मातृभाषा रहेको तथ्य अघि सारेको छ ।

यस अतिरिक्त थप अरु राई भाषाहरू पनि सूचीमा राखिएको छ - (२३) आठपहरिया, (२४) फाङदुवाली, (२५) मुगाली, (२६) लाम्बिछोङ, (२७) चुक्वा, (२८) वालिङ, (२९) बेल्हारे/बेल्हारिया, (३०) लुम्बायाक्खा, (३१) पोङयोङ) र (३२) दक्षिणी लोहोरुङ। (३३) खान्दुङ, (३४) बुङ्लो, (३५) साम्ब्या, (३६) पोङयोङ, (३७) बयवांसी, (३८) चोङ्खा, (३९) लोङ्गावा र (४०) हेदाङपा। (४१) पोल्माछा, (४२) खेसाङ, (४३) लुम्बा, (४४) दिमाली, (४५) पाराली, (४६) धुक्मा (पोहिङ) र (४७) बाहारिया। यसै गरी किरात यायोक्खा (२०६२) ले प्रस्तुत गरेको २६ भाषाको सूचीमा (४८) सोताङे भाषाको शब्दसूची प्रस्तुत गरेको छ।

राईहरूको मातृभाषा बोल्नसक्ने आकडा हेर्दा ३ लाख ७१ हजार ५६ बान्तवाले मातृभाषालाई बोलिचालीको भाषाको रूपमा प्रयोग गर्छन् । जुन कुल राई मातृभाषाहरूको ५८.४२ प्रतिशत हुन आउछ । नेपालका राईहरूमध्ये जनसङ्ख्याको आधारमा दोस्रो स्थानमा चाम्लिङहरू रहेका छन् । सम्पूर्ण राईभाषामध्ये ६.९४ प्रतिशत चाम्लिङ भाषी रहेका छन् । त्यसैगरी सङ्ख्याको आधारमा तेस्रो स्थानमा रहेको कुलुङ भाषीहरूको सङ्ख्या २.९४ प्रतिशत रहेको छ । त्यसैगरी थुलुङ २.२१ प्रतिशत, साम्पाङ १.७० प्रतिशत, खालिङ १.४६ प्रतिशत, दुमी ०.८३ प्रतिशत, वाम्बुले ०.७० प्रतिशत, पुमा ०.६८ प्रतिशत, नाछिरिङ ०.५६ प्रतिशत, वाहिङ ०.४४ प्रतिशत, कोयी ०.४२ प्रतिशत, याम्फु ०.२७ प्रतिशत, छिलिङ ०.२१ प्रतिशत, लोहरूङ ०.१९ प्रतिशत, मेवाहाङ ०.१४ प्रतिशत, तिलुङ ०.०५ प्रतिशत, जेरो ०.०४ प्रतिशत, दुङमाली ०.०३ प्रतिशत, लिङखिम ०.०२ प्रतिशत तथा साम र छिन्ताङको शून्य-शून्य प्रतिशतले मातृभाषा बोल्ने गरेको तथ्याङ्क छ । जनगणना २०५८ ले आठपहरिया, बेलहारे, छुक्वा, लाम्विछोङ, फाङदुवाली, लुम्बायाक्खा, पोल्माचा, वालिङ, मुगाली, बुङलाबा, सोताङ र देवासलाई फरक मातृभाषी राईको रूपमा सूचीकृत गरेको छैन । त्यसैकारण उनीहरूले बोल्ने मातृभाषा पनि सरकारी तथ्याङ्कमा उल्लेख छैन ।

फरक भाषा बोल्ने राईहरूको पुख्र्यौली आवादी र घना बस्ती रहेको खोलाको अधारमा पनि उनीहरूको मातृभाषालाई वर्गीकरण गरिएको छ । जस्तै सुनकोशी राई भाषा समूह अन्तर्गत जेरो, वाम्बुले, तिलुङ, चाम्लिङ र पुमा पर्दछन् । दुधकोशी राईभाषा समूहभित्र खलिङ, थुलुङ, कुलुङ, बाहिङ, नाछिरिङ, सोताङे, कोयी, दुमी र साम्पाङ रहेका छन् । त्यसैगरी अरुणखोले राईभाषा समूहमा बान्तवा, याम्फु, लोहरूङ, मेवाहाङ, बुङलाबा -साम), दुङमाली, पाङतुवाली, मुगाली, छिन्ताङ र छिर्लिङ्गे पर्दछन् । बेलहारे र आठपहरिया राईभाषा तमोरखोले राईभाषा समूहमा रहेका छन् । यसरी किरात राईहरूको भाषा गाउपिच्छे फरक पाईने भएकोले भाषाहरूको फूलबारी भनिएको हो ।

Click Here Read more

Friday, September 19, 2008

आदिबासी थारुजातिको एक चिनारी


(थारु जाति)
भुमिपुत्र आदिबासी थारु वा चौधरी जाति नेपालको मोरङ,सुनसरी,बारा,पर्सा,रुपन्देही,कपिलवस्तु,दाङ,बाँके, बार्दिया,कैलाली र कंचनपुर जिल्लाहरुमा थारुको जनघनत्व रहेको जिल्लाहरु हुन । अत्ति मिलनसार ,ईमान्दार , सोझा अनि दायालु थारु जातिको बिशेषता हो । साथै कुनै मान्छेबाट नकरात्मक  अथवा झै झगडा हुन पुगेमा सबै गाँउ नै एक जुट भएर प्रतिकार गर्नु पनि थारु जातिको अर्को बिशेषता हो ।यस्कारणले थारुजातिमा एकता पाइन्छ ।

           यि जातिहरु आफ्नै कला संस्कृति छ आफनै पराम्पार छ जस्तै थारु जातिले आफ्नो देबता पुज्नका लागि जाँड, रक्सी र माछा मासुको अनिबर्य आवश्यक्ता पर्दछ । यिनिहरुको समुह अथवा गाँउमा आगुवा एक जना हुने गर्दछ । त्यसलाई "भलमान्छे" भन्ने गर्दछ । गाँउमा केही आपत बिपत आइ परेमा भलमान्छे सँग राय सल्लाह लिने गर्दछन । र निर्णय यही भलमान्छे "अगुवा" ले नै गर्दछ ।त्यस वपत भलमान्छेलाई बर्ष भरिमा गाँउलेहरुले तोकिएको बमोजिम धन वा पैसा भलमान्छेलाई दिने गर्दछन । यिनिहरुको मुख्य पर्ब माघी अथवा माघे संक्रान्तिलाई धुमधामका साथ मनाउदछन । स्मरण रहोस यही माघीमा नै उनिहरुले आफ्नो नयाँ "भलमन्छे" अगुवालाई चुन्ने गर्दछन ।

         बर्षभरिमा यिनिहरुले ३ वटा पूजा गरिन्छ । जस्मा धुरिया,लावांगी निकासी अनिबर्य रुपमा पूजा गर्दछ । यो पूजा सबै गाँउले मिली भलमान्छेको घरमा पूजा गर्ने गर्दछन । जो पूजा गर्ने देबताहरु "थानुवा" आफ्नो आगुवाको घरमा नै राख्ने गर्छन। तकी जब पूजा गर्ने समय हुन्छ सबै गाँउले डाकी समुहमा पूजा गर्दछन । यस् पूजामा कुखुरा सुंगुरले पुज्ने गर्छन । देवता राखेको स्थानलाई थानुवा भन्दछन । पूजा सके पछि तरुनी तन्नेरीहरु नाच गान रमाइलो गर्ने गर्छन ।
(यो लेख पश्चिम कंचनपुर जिल्लाबाट भोज राज थारुबाट तयार परिएको हो ।)

Click Here Read more

Saturday, September 6, 2008

भाषा लोप हुने खतरामा

नेपाल कला,संस्कृतिक,पराम्पार,जातजाती अनि भाषाभाषीको धनी हो ।
यही जात जाती, भाषा भाषी मिलेर नै सिङो नेपाल बनेको छ । मानौ यि जातजाति र भाषा भाषीको कला संस्कृति नै नेपालका गाहना हुन । आज आएर विभिन्न भाषा भाषीहरु लोप हुने खतरामा देखिन्छ । यसमा (किराँत,किरावा) राई भाषालाई मन्न सकिन्छ । राई भाषा कसरी लोप हुन गै रहेको छ भन्ने जिज्ञाशा उत्पन्न हुनु त्यति नौलो कुरा हैन ।

               विशेषगरी हाम्रो भाषा लोप हुन प्रमुख भूमिका बसाई सराई,शहरीकरण र अन्य मिश्रीत बासोबासले गरेको पाइन्छ ।विशेषगरी शहरहरुमा मिश्रीत बासोबासले हाम्रा बाल बच्चाहरु दोभाषे हुन पुगेका छन ।त्यसैले तपाईं हामी अविभावकहरुले हाम्रा बालबच्चाहरुलाई आ-आफ्नो भाषा प्रयोग गरी हाम्रा बाल बच्चाहरुलाई पनि आफ्नो भाषाको ज्ञान दिलाउनु पर्दछ। यो तपाई हामी अविभावकको मुख्य कर्तब्य हो । यदि तपाईं हामी समयमा नै सचेत हुन सकिएन भने हाम्रा भविस्यका सन्ततिहरुले पक्कै सराप्ने छन ।

             हामी अरुको भाषा सिक्न विभिन्ना महंग महंग बोर्डिङ स्कुलहरुमा हाम्रा बालबच्चालाई भ्याइ नभ्याई खर्च जुटाउन सक्दछौ । तर हामीमा भएको भाषा हाम्रा बाल बच्चालाई ज्ञान दिलाउन निक्कै कठिनाई भएको देखिन्छ । कि हामी पैसाले मात्र ज्ञान दिन्छ भन्ने भ्रम होकि? हाम्रो यो कस्तो बिडम्बन होला? आफ्नो भाषा ,संस्कार,कला संस्कृति गुमाउनु भनेको एउटा जात जाति गुम्नु हो, जस्तै राउटे र कुसुन्डा जाति जस्तै हुनु हो । राउटे र कुसुन्डाहरु पनि पक्कै केही जात थिए होला । र तिनिहरुको संस्कार्,कला, संस्कृति र भाषा पनि थियो होला । हिजो तिनिहरुले आफ्नो भाषा संस्कार लाई वेवास्ता गर्दा आज उनिहरु यसरी लोप हुन गैरहेका छन । यदि हामीले पनि हाम्रो भाषा लिपी संस्कार लाई यसरी नै वेवास्ता गरियो भने हामी पनि यही राउटे र कुसुन्डा जस्तै हुने निस्चित देखिन्छ ।

                 आफ्नो भाषा, कला ,संस्कार रितिरिवाज जोगाउन प्रत्यक जात जातिको कर्तब्य हो । हाम्रो भाषा लिपी संस्कार नै हाम्रो मुल पहिचन हो । त्यसैले आज देखि नै तपाईं हामीले आ-आफ्नो तवर तरिका बाट आ-आफ्नो कला,संस्कार ,संस्कृति, भाषा र लिपी जगेर्ना गर्नु पर्दछ । यही नै मानबको प्रमुख कर्तब्य हो

Click Here Read more

Friday, August 29, 2008

किराँतीराईहरुको चण्डी पर्ब बारे

किराँतीराईहरुको महान पर्ब चण्डी (साखेवा,सकेवा, सकेला) हो, यस सँग जोडीएको कथाहरु पनि निक्कै रोचक पाईन्छ । केही अंश तल प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

किराँतीराईहरुले साखेवा(चण्डी) स्थापना गर्दा दुई वाट ढुंगाहरु थपना गर्दछन । एउटा ढुंगा सानो हुन्छ र अर्को ढुंगा ठुलो हुन्छ । ठुलो ढुंगामुनी एउटा गोलो ढुंगा राखिएको हुन्छ । जसलाई रानो भन्ने पनि गरिन्छ । त्यही रानोलाई साखेवालुङ भनिन्छ । ढुंगालाई राईहरुले लुङ भन्ने गर्दछन । बैशाखे पुर्णेको दिन होम (राईको पुरोहित्) ले निराहार बसी चुलो उठाउछन ।

            त्यसपछि कुखुरा,लाम्पुछ्रे र मयुरको प्वाँखबाट बनेको मुकुटलाई अम्लबुङ ,अम्लपुङ्(सुनाखरी फुल्) हरुले सुसज्जित गरी त्यसलाई होमले (राईको पुरोहित्) आफ्नो शिरमा राखेर्, सेतो कपडाको दौरा-सुरुवाल लगाएर्, कम्मरमा खुकुरी ,तलवार् काँधमा अदुवाको बोट राखेको झोला भिरेर्, देब्रे हातमा धनु लिएर ढोलैया र झ्याम्ट झ्याली बजाउनेको साथ पूजा स्थालामा जान्छन र साखेवा पूजा गर्छन । सबै राईहरुले चिण्डोमा जाँड र हण्डीमा भात लगेका हुन्छन त्यसलाई चढाउछन । त्यसपछि राई तन्नेरी-तरुनीहरु नाच्छन । यो नाच लाई चण्डी नाच भनिन्छ । यो नाचमा कैयौ चालहरु हुन्छन्, फरक गाँउ फरक राईबस्ती अनुसार फरक फरक नाच्ने चाल हुन्छन । त्यस मध्य सम्दी सिली र सिकिस् इलि अथवा सिहाङमाको ईशारामा चालफेरिन्छ । यो नाचमा सिर्लिगे बाजा र झ्याम्ट बजाइन्छ अनि रुमाल,फुल सेउली दिइ नाचिन्छ ।

              बुढापाकाहरुको भनाईमा सखेवा स्थापना गर्दा जुन दुई ढुंगाहरु राखिएका हुन्छन्, सानो ढुंगाचाही सुम्निमाको प्रतिक हो र ठुलो ढुंगा चाही पारुहाङ्को प्रतिक हो भन्ने गर्दछन बुढापाकाहरु ।अत: साखेवा पूजा सुम्निमा र पारुहाङ्को पूजा हो, तर पछि यसलाई चण्डी भनि नामकरण गरियो । पहिला पहिला सबै राईहरुले एकै ठाँउमा चण्डी पुज्ने गर्दथे । सबै किराँती राईहरुले रिमचिमको  चण्डीलाई पुज्ने गर्दथे ।

                एकपल्ट एकजना राई किराँतीले अर्काकी स्वास्नी  जारी गरेर ल्याएछ । ती श्वासनी मान्छेको पहिले लोग्नेले रिमचिमको चण्डी अगाडी भाकाल गर्दै भने " हे साखेवा तिमी साक्षात साखेवा हौ भने मेरो स्वास्नी  लाने जारलाई यहाँ ल्याइदेउ । म त्यसलाई काटी तिमी लाई भोग दिन्छु" चण्डी पुर्णेको दिन नभन्दै त्यो जार नाच्दै त्यहाँ आइपुग्यो । ती स्वास्नी  मान्छेको पहिलो लोग्नेले जारलाई खुकुरीले छिनाइहाल्यो । जारको टाउको र शरिर तल झर्‍यो तर रगतको सिर्कोचाहि साखेवाको थानमा पुग्यो।त्यसै दिन ठुलो हुरी आँधी बतास आयो, रिमचिमको तलाउ फट्यो र पहिरो गयो । वाछकको बोट पनि ढल्यो । त्यस पछि साखेवाले त्यो ठाउँ छोडे भनि राईहरुले विश्वास गर्न थाले र त्यस दिन देखि सबै राईहरुले आ आफ्नो गाँउमा नै साखेवा लाई पुज्न थाले । त्यसैले अहिले साखेवालाई फरक फरक गाँउ अनि फरक नामबाट चिनिन्छ । जस्तै  साकेला, साखेवा,सकेन्वा भन्ने गरिएको हो,भन्ने बुढापाकाहरुको भनाई पाईन्छ ।

Click Here Read more

Wednesday, July 23, 2008

सिंगो लिम्बु जातिको पहिचान बोकेको च्याब्रुङ नाच ।

                सांकृतिक वैभबताको धनी नेपालका विभिन्न जाति तथा जातिय समुदायमा आ-आफ्नै खालका चालचलन र रीतिरिवाज तथा सांस्कृतिक विविधताहरु रहेका छन । यसैले अलग अलग सांकृतिक परिशीलनका हुँदा हुँदै पनि नेपाली समाज सहीष्णुतापूर्वक अन्योन्याश्रीत सम्बन्धमा राम्ररी बाँधिएको छ । राणाकालीन पल्लो किराँत अर्थत लिम्बुवान क्षेत्रको विशिष्ट परिचय झल्काउने " च्याब्रुङ नाच " यस्तै एउटा लोक सस्कृति हो । लिम्बु जातिको सांस्कृतिक पहिचान " च्याब्रुङ नाच " मुख्यतया धार्मिक अनुष्ठानहरु, घरपैचो तथा विबाह आदिमा नाचिन्छ । च्याब्रुङ बजाएर मुन्धुम गाउदै ती अवसरहरुमा नाचेर रमाइलो गर्ने गरिन्छ ।

               झट्ट हेर्दा काठ्माडौ उपत्यकामा नेवारहरुले जात्रामा बजाउने, धिमेबाजा जस्तो देखिन्ने च्याब्रुङ्को ताल्, सुर र भाका भने फरक हुन्छ । यसको बजाउने तरिका पनि अवसर अनुसार भिन्दा भिन्दै हुन्छ । च्याब्रुङ बजाउदा प्रायजसो दाहिने ताल हात्ले एकपटक र देब्रेले ताल डन्ठीले दुईपटक हिर्काइन्छ । यसरी बजाएको च्याब्रुङ्को धुन प्रकृतिक हुन्छ र कर्णप्रिय पनि सुनिन्छ । यो बाजाको दुबै तिर पातलो छालाले मोडेको हुन्छ । राँगा-भैंसीको छाला नै बढीजसोले प्रयोग गरे पनि कसै कसैले बाँडरको छाला पनि प्रयोग हर्ने गरेको बताइन्छ । च्याब्रुङ नाच लाई लिम्बु भाषामा के लाङ भनिन्छ । के अर्थात ढोल बजाएर मुन्धुम गाउदै नाच्ने लिम्बु जातिको परम्परादेखिकै चलन हो । यथार्थमा च्याब्रुङ नाच को सम्बन्ध लिम्बु जातिको आदिम कृषिकालीन समाजसँग रहेको लिम्बु जातिका बृद्दहरु बताउछन । किनकी यस नाचमा गाइने गीत मुन्धुम मा पृथ्वीको बर्णन हुन्छ ।

                लिम्बुहरुमा परम्परादेखि नै च्याब्रुङ बजाएर समुहमा नाच्दै अनेक चाड्पर्वहरु मनाउने चलन चल्ती आइरहेको छ । च्याब्रुङ नाच्को नृत्यचाँही सदैव एउटै किसिमको हुँदैन, कुन चाडपर्व हो, सोही अनुसारको नृत्य हुन्छ । जस् अनुसार कहिले गोलो घेरामा, कहिले अर्धागोलाकार त कहिले सरल रेखामा नाचिन्छ ।च्याब्रुङ नाचमा खुट्टाहरु अघिपछि साथसाथै छडकिने गर्छन्,भने बाजाको तालमा गरिने हातको अभिनय अत्यन्त रोचक किसिमको हुन्छ । पारखी दर्शकहरु नाचको गति, बोल र अभिनयले नृत्य कहाँनेर पुग्यो भन्ने हेरेरै थाहा पाउछन । यस्तै च्याब्रुङ नाच पारखी बृद्दबृद्दाहरु भन्छन । प्रकृतिसँग अनि नजिकको नाता च्याब्रुङ नृत्य हो भन्छन । किन कि यो नृत्यमा नतर्किहरुले कुखुराको भाले, परेवा, मजुर, ढुकुर, कोइली भँगेरा, सर्प, पुतली,दुम्सी, मृग, बाँदरजस्ता जिबजन्तुको नृत्यलाई आफ्नो नृत्यमा समेटेको हुन्छ । च्याब्रुङ नाच जस्तो समुहमा पनि नाचिन्छ । विवाह, भोज भातेर जस्ता कार्यमा तरुण्- तन्नेरीहरु नाच्छन भने देवीदेबाट पुज्दा, बारखी बारेको समयमा तथा अरु चाड्पर्बहरुमा परिवारका सबै एकै समुहमा नाच्ने गर्दछन ।

Click Here Read more