भोजपुर जिल्लाको दक्षिण भु-भागमा रहेको दुई दुम्मागाँउ जहाँ नागबेली भएर बगेको अरुण नदिको काखमा अबस्थित गाँउ हो । दुम्मा गाँउलाई दक्षिणबाट अरुण नदिले सदैब आफ्नो शिशु झै काखमा लिईरहेको हुन्छे । पश्चिमबाट पिखुवा खोलाले रेखवाला झै निरन्तर दुम्मा गाँउलाई सुरक्षा दिइरहेको भान हुन्छ। कहिलेकाही पिखुवा खोलाले आफ्नो कर्तब्यलाई बिर्सदा भने दुम्माली हरुलाई निक्कै मर्का पर्ने गरेको छ । तै पनि पिखुवा खोला निस्ठुरी चाँही छैन, उस्ले सम्झिहाल्छ, मैले दुम्मालीहरुको सुरक्षा गर्नै अभिभारा लिएको छु भनि । आफ्नो कर्तब्य मा निरन्तर खटिरहन्छ पिखुवा खोला । उत्तरमा मानेडाँडा ले सधैं दुई दुम्मा गाँउहरुलाई चिह्यइ रहेको हुन्छ । सम्भवत यी दाजुभाई कुनै बेला पनि भिषण युद्दको घोषणा गर्न सक्छन भनि मानेडाँडा आफ्नो आभिभावक झै सधै आँखा झिमिक्क नगरी दुई दुम्मा गाँउहरु लाई टुलु टुलु हेरिरहेको हुन्छ ।
तर यी (दुम्मागाँउ) दाजु भाईहरु कहिले पनि भिषण युद्द को घोषणा गर्दैनन । किन कि यी दाजुभाई मा पट्ट्कै घमण्ड छैन ,समय लाई चुनौती दिन चाहदैनन, सधैं आफ्नो गन्तब्यको लागि मात्र हिड्दछन , भाँडाकुटी खेल्दै सँगै हिडिरहेको हुन्छन। आफ्नै पारम्पारीक भेष भुषामा चाण्डीनाच् (साकेला सिली, साकेवा,साकेन्वा) जस्ता आफ्ना महत्वपुर्ण चाडपर्बमा ढोल र झ्याम्टा सँग तालमा तल मिलाएर् नाँचेका छन्। उभौली र उधौली लाई धुमधामका साथ यी दाजुभाईले मनाउछन् । उभौली लाई स्वागत गर्छन् ,उधौली लाई बिदाई गर्छन् दाजुभाइले।
Photo By:-Kailash Rai
एउटै भेषभुषामा सजिएर अरुण नदी तरेका छन । सँग सँगै पाख्रीबास, हिले , धनकुटा हुँदै धरान सम्मा झरेका छन्। कहिलेकहि बाटोमा हिड्दा बटुवाहरुले प्रश्न गर्ने गर्दछ, तिमीहरु दाजु भाई हो ? गर्बका साथ उनी हरुको उत्तर हुन्छ " हो हामी दाजुभाइ हौ "। कहिले शिकार खेल्न अरुणको गतीर पुग्छन , कहिले हाङ्ररायो खोला त कहिले पिखुवा खोला पुग्छन । गाँउको हाटबजार दशामी र पञ्चमीहाटमा सँग सँगै साबुन्, तेल र मसला जस्ता आवस्यक समानहरु किनेका छन्। एउटै सिल्भर को थालमा ढिडो र गुन्द्रुक खाएका छन ,आझै यिनिहरुलाई मकैको भात औधी मनपराउछन। अनि बन जंगल जदा वा गोठालो जदा स्वर मा स्वर मिलाई गोठाले गीत जंगल गुन्जिन्ने गरी गएका छन्। । लाग्छ यी दाजुभाई कहिले पनि आफु आफुमा लडाईं झगडा गर्दैन । बुढा पाकाले भन्थे , बाघ हेर्न मन लागे बिरालो हेर्नु, सत्रु हेर्न मन लागे दाजु वा भाई लाई हेर्नु भन्थे , तर यी दुई दाजुभाई ले बुढा पाका लाई चाहि चुनौती दिएका छन ।
यी दाजुभाई सम्भवत भगवान (निनाम्मा) ले पनि छैठौ दिनमा यहि लेखि दिएहोला भन्ने लाग्छ । आशा छ थप अरु सुम्निमा र पारुहङमा ले अशिष दिउन यी दुई दाजुभाई लाई ।
प्रस्तुती: राई चन्द्र किराँती
Tuesday, May 27, 2008
मेरो दुम्मा गाँउ .....
प्रकाशक
Admin Dummali
Subscribe to:
Post Comments (Atom)
0 तपाईंको जिज्ञाश यहाँ: