Sunday, June 22, 2008

बिविध दुम्मा र दुम्माली ....


नगदेबालीको उर्बरभुमी दुम्मा गाँउ जहाँ प्राबिधिकहरुको पहुच बाट टाढा रहेको गाँउ हो । यहाँका मानिसहरुको मुख्य आयस्रोत नै कृषि तथा पशुपलनमा हो । यहाँका प्राय मानिसहरु कृषि र पशुपलनमा नै अश्रीत छन ।मानौ दुम्मालीहरु नै आजको प्राबिधिकहरु हुन भन्ने भान हुन्छ । यहाँका प्रमुख नगदेबाली मकै,धन्,कोदो,गँहु, अन्य दाल मसेम्,मास, भाटमस, सिमी, बोडी लगयत बिभिन्न थरिथरिका दालहरु प्रशास्त मात्रमा उत्पादन गरिन्छ, पशुपलन: गाई, भैंसी,बाख्रा,सुङ्गुर्,कुखुरा आदी इत्यदि ।उसो त दुम्मालीहरु बैदेशिक रोजगारको लागि बिस्व नचाहारेको त हैन । यहाँ का किराँतीहरु प्राय बेलायती सेना लगयत भारतीय सेनामा प्रमुख रोजगार रहेको छ ।

यहाँ को जानसंख्य कुल २७०६ रहेको छ । जस्मा माहिलाको संख्या १४६९ र पुरुषको संख्या १२३७ रहेको छ। यो गत जनगणनमा को ताथ्यङ्क हो । यहाँका ९५% राई किराँतीहरुको बासोबास् रहेको छ । यहाँ आफ्नै भाषा ,आफ्नै भेष भुषा,रितिरिवाज परम्पार छ भन्दा कसैको दुईमत नहोला । प्राय यहाँ किराँती भाषा नै बोलिन्छ,उनिहरुको भाषा नै दुम्माली भाषा (दुङमाली बान्तवा राई ) भनेर चिनिन्छ ।

यो भाषा ,ठुलोदुम्मा, सानोदुम्मा, बस्तिम्, जरायोटार्, आम्तेक चाराम्बी, पुर्बी भोजपुर र उत्तरी भोजपुर मा छिट फुट ठाउँ ठाउँ मा बोलिन्ने गरेको पाईन्छ । यो भाषा लाई दुङमाली भाषा भनेर् चिनिन्छ । बान्तवा भाषा सँग मिल्दो जुल्दो हुन्छ । बान्तवाले बोलेको भाषा दुङमालीले सजिलै बुज्दछ। र दुङमाली ले बोलेको भाषा बान्तवा ले बुज्दछ । यो भाषा त्यति कठिन छैन । बान्तवा भाषा र दुङमाली भाषा सबै बान्तवा राईहरुले सजिलै बुज्दछन । जस्तै: "म किराँती हो" , भन्नु पर्दा, बान्तवा ले "आङका किरावाछा " । दुङमाली राईहरुले पनि "आङका किरावाछा " नै भन्दछन । र "किराँती को घर हो", भन्नु पर्दा, दुङमाली राईहरुले , "किरावा खिम" भन्दछ । बान्तवा राईहरुले पनि "किरावा खिम" नै भन्दछन ।

प्रस्तुती: राई चन्द्र किराँती

0 तपाईंको जिज्ञाश यहाँ:

Comments