Tuesday, August 9, 2011

उत्कृष्ट स्रष्टा प्रतिभा र संस्था सम्मानित


पुरस्कृत र सम्मानित स्रष्टा प्रतिभाहरु दायाँबाट क्रमशः शान्तिराम राई, नवराज वर्तमान, निराजन बतास तथा दुङमाली भाषिक संस्थाका अध्यक्ष केशर राई र चाम्लिङ खाम्बातिमका अध्यक्ष बागधन राई
Photo By:  निराजन बतास, Kathmandu
काठमाडौँ÷ किरात राई यायोक्खाले यस वर्षको उत्कृष्ट किरात राई स्रष्टा प्रतिभा र संस्थालाई गत राजधानीमा आइतबार पुरस्कृत र सम्मानित गरेको छ । नवराज राई वर्तमानलाई हेछाकुप्पा लोककथा संग्रहका लागि किराया मदनश्वरी कृति पुरस्कार संगीतकार शान्तिराम राईलाई संगीत विधामा योगदान वापत किराया संगीत पुरस्कार र निराजन  बतास लाई अघिल्लो वर्ष प्रकाशित किराती मिथकहरुको खोज अनुसन्धान र संकलनमा आधारित खोक्चिलिपा ओल्लो माझ र पल्लो किराँतका किराँती मिथकहरुको सँगालोलाई किराया छत्र-विष्णु कृति सम्मान प्रदान गरिएको हो। संस्कृतिमन्त्री खगेन्द्र प्रसाइँले प्रतिभाहरुलाई ताम्रपत्र सहित जनही नगद रु १० हजार नगद हस्तान्तरण गरे ।भाषिक संस्थाको योगदान वापत प्रदान गरिने १२ हजार पुरस्कार राशीको किराया कृष्णकुमारी राई स्मृति पुरस्कार भने यस वर्ष दुङमाली भाषा तथा संस्कृति उत्थान माचलाई दुङमाली शब्दकोष प्रकाशन वापत प्रदान गरियो । यसै गरी १५ हजार पुरस्कार राशीको किराया धनकेशर-अतम्बरी राई स्मृति साचार पुरस्कार यो वर्ष किरात राई चाम्लिङ खाम्बातिमलाई प्रदान गरिएको छ । पुरस्कृत सबैलाई किराया कार्यवाहक अध्यक्ष यशोदा राईले फेटा गुथाएकी थिइन् । यायोक्खाको २४ औँ स्थापना दिवसमा आयोजित सम्मान हस्तान्तरण कार्यक्रममा यसै वर्ष विभिन्न तहमा सर्वोत्कृष्ट अंक हासिल गर्ने दुई दर्जन विद्यार्थीलाई विभिन्न छात्रवृति पनि प्रदान गरिएको थियो ।

5 comments: