संसार साँघुरिएर कम्प्युटरमा अटाएको छ । संसार ग्लोबल भिलेज भो, यो मेरो भनाइ हैन । यो भनाइ त बिस्व का धनपति विल गेटस् को हो ।ग्लोबल भिलेज भनेको के हो? शायद मलाई पनि यस्मा आनभिज्ञ छ ।
झनै मेरो गाँउ को काउडे दाइ लाई ग्लोअल भिलेज भनेको के थाहा ?उहा लाई पक्कै ग्लोअल भिलेज बारे आज्ञान्त होला भन्ने मलाई लागेको छ । वास्तबमा उहा को असाली नाम चुला राम बिस्वकर्मा हो । तर गाँउ घर को प्यारो नाम हो । "काउडे दाजु" उहाँ लाई काउडे दाजु भनेर गांउ घरमा बोलाइन्छ। त्यस्कारण सबै ले काउडे दाजु भनेर चिन्दछन । हुन त काउडे नाम भन्नु को पछाडि केही पनि देखिन्न । शायद विल गेटस् को संसार ग्लोबल भिलेज जस्तो हुदो होत ? । काउडे दाजु को नाम काउडे नभएर, जोन र मेक्सी हुन्थ्योहोला।ग्लोबल भिलेज को आज्ञानता ले नै शायद उहाँ को नाम काउडे दाजु नै अहिले सम्म पनि छ। उहाँ लाई ग्लोबल भिलेज को ज्ञान भएको भए । शायद बिद्रोह गर्नु हुन्थ्यो होला । मलाई लाग्छ यही हुन सक्छ , काउडे दाजु हुनु को पछाडि ।
म उहाँ लाई अत्यन्तै सम्मान गर्छु । किन कि मिलनसार ,सहयोगी हुनु हुन्छ ।आज सम्म न उहाँ ले कसै लाई कु भलो चिताएको पनि छैन, र कुनै नकारत्मक सोचाई पनि राख्नु हुन्न । उहाँ को प्रमुख गुण नै यही हो । त्यसैले काउडे दाजु गाँउ भरि प्यारो छ, सबै ले बोलाउछन काउडे दाजु भनेर।उहाँ अत्यन्तै मेहनती र पौराखी पनि हुनु हुन्छ । उहाँ ले सबै लाई सहयोग गर्नु हुन्छ, त्यसैले नै उहाँ गाँउ भरि को प्यारो काउडे दाजु हुनुहुन्छ । उहाँ ले गाँउ घर मा सधैं सहयोग गरिरहनु हुन्छ । मनौ काउडे दाजु हाम्रो गाउँ को असली कृषक हुन...... । अब काउडे दाजु र मेरो गाउँ कहिले ग्लोबल भिलेज को जानकारी होला.....................???
प्रस्तुती: राई चन्द्र किराती
Sunday, March 16, 2008
ग्लोबल भिलेज र मेरो गाउँ.........................
प्रकाशक
Admin Dummali
Subscribe to:
Post Comments (Atom)
0 तपाईंको जिज्ञाश यहाँ: