Monday, March 17, 2008

हिले देखि भोजपुर सम्मा को रेखा...............

bhojpur road
(हिले देखि भोजपुर सम्माको सडक रेखा)
हाँसो खुशीलाइ बाँडी चुडी जिउने क्रम मा दुम्माली जनताले भोग्नु परेका दु:ख कष्ट हरु मध्य प्रमुख रुपमा भनेको अरुण नदिमा मोटर गुड्ने पुल नहुनु हो । दुम्माली जनतालाइ धेरै पल्ट अन्धो बनाउन खोजियो । दुम्मालीलाइ मात्र नभएर सम्पूर्ण भोजपुर र खोटाङ को पुर्बी भाग मा बसोबास् गर्ने खोटाङ बासिहरु लाइ पनि मर्का परेको छ, किनकी ४७ सालको चुनाव सगै मोटर बाटो धनकुटा देखि भोजपुर बजार सम्मको रेखा नाप्ने काम भयो । हकिकतमा त्यो बिरालो लाई दर्पण देखाए झैं मात्र भयो। यसैगरि हरेक् पल्ट हजारौ झूठा अपिलहरुलाइ भजनको रुपमा दुम्माली एबम् भोजपुरे जनताले ग्रहण गर्दै आएको छन्। त्यसपछि अरुण तेश्रोको जलबिद्युत आयोजनाको अर्को कहीले पुरा नहुने सपना देखाइयो । त्यस बिद्युतको अफिश अहिले तेह्रथुमको बसन्तपुर बजार बाट ५00 मिटर जती माथि टुटे भन्ने ठाँउमा छ। यदि तपाई बसन्तपुर जानु भयो भने देख्न सक्नु हुनेछ।जुन अहिले नेपाली सेनाको क्याम्पको रुपमा खडा छ । जुन यो पूर्वाञ्चललाई नै उल्लु बनाउने काम भयो। ३ अरब भन्दा माथि बजेट लाग्ने भनेर घोषणा भएको यो अरुण तेश्रो आज कहाँ छ? नेपाल मा हिसाब गर्ने हो भने एउटा साधारण सांसद को बैंक ब्यालेन्स ४ अरब भन्दा घटी नभएर अख्तियार ले पिछ गरी रहेको हामीले समाचारमा पढि रहेका छौ र रेडियो टेलिभिजनमा हेरी रहेका छौ हामीलाई कुनै सन्देह नै छैन,अरुण नदिको पुलमा कुन चाँहि यस्तो दह्रो नेता आइ पुल बाँध्नको लागि सरकारसँग यो भोजपुरे जनताको आशाको दियो बाल्ने प्रयास गर्ने हो। त्यो त चुनाब् अब केहि दिन मात्र बाकि छ। सायद अहिले पनि भोजपुर बाट उठने सांसदहरुको जनतालाई देखाउने एउटा सपना मध्य यो पनि परेकै हुनुपर्छ। अब जनताले सोच्नु पर्ने कुरा के हो भने दुम्माली जनताले पानी सम्म आफ्नै बलबुटो लगाई खानु परेको छ र तपाईं आँफै भनुहोस् भोजपुरमा उठ्ने हाम्रा सांसद ज्युहरुले कति बिकास गरिरहनु भएको रहेछ । हाम्रो उदेश्य कसैको ब्यक्तिगत जिन्दगीमा धाँजो फटाउनु होइन तर यहाँको परिबेश लाई नियालेर हेर्दा आज ति चुप चाप बस्ने सोझा दुम्माली ले आफु चुप चाप बस्दा के पाए ? र अझै पनि के पाइरहेछन? पानी सम्म आफ्नो श्रम र आफ्नै गोजीबाट निकाल्यो भने पिउने अवस्थामा छ श्रमको लागि दुम्मालीहरु पछी हैन धेरै अगाडि छन तर यहा श्रम मात्र लगाएर कुनै चीज हुन्छ तर सबै चीज हुन्न भन्ने देखिन्छ ।
प्रस्तुती: बि. जे. बान्तवा

0 तपाईंको जिज्ञाश यहाँ:

Comments