Friday, March 21, 2008

बिद्यार्थी जीवन को शिक्षा.............


कुरा २०३८ साल तिर हो, म त्यती बेला मेरो आफ्नै गाउँ को बिधालयमा भर्ना भएको थिए । त्यो बेला मेरो बिधालय जम्मा जम्मी ३ कक्षा सम्मको थियो । शिक्षकमा कुसुले सर हुनुहुन्थ्यो र अर्को सर खाखारे सर हुनुहुन्थ्यो । तर उहाँ को सली नाम चाँही बाल कुमार राई रहेछ ।मलाई पछी पो थाहा भयो । उहा आफ्नै गाउँ गा बि स को रहेछ । आफ्नै किराती बंशज पो रहेछ । उ बेला हामी त दुम्माली भाषाको मात्र दखाल थियो । नेपाली भाषा त अहिले को अंग्रेजी जस्तो लाग्थ्यो । उहाँ नेपाली भाषा मात्र बोल्नु हुन्थ्यो । शायद उहाँको कर्तब्य नै थियो होला । बिधालयमा खाखारे सरले हामीलाई पढाउने नियमित नै थियो । हामी ले गृह कार्य प्रत्यक दिन गर्नु पार्थ्यो । गृह कार्य गर्ने क्रममा एक पटक हामी भन्दा सिनियार दाई हुनहुन्थ्यो , उहाको देहान्त भयो ।उहाँ को नाम गोपाल् कुमार् राई थियो। तर हामी ले चिन्ने नाम चाही गोपाले "गोपाले" थियो।खै उ बेला नामको पछि एक लक्के लगाउने जामना थियो क्यार ।अहिले गोपाले को नाममा चिनो, फालैचा छँदै छ, थान्टङको डाँडामा गोपालेको नाम मा निर्मित् फालैचा हो, आज् उहि गोपाले र खाखारे सर को कुरा हो, उ बेला सरले आफ्नो कापीमा रातो मसिले राईत गरेको लामो धर्सो देख्ना पाइयो भने हामीलाई कुनै युद्दमा बिजयी प्राप्त सिपाही झै लाग्दथ्यो । तर एक दिन आफ्नै कक्षाको धन सिं राई भन्नेको कापीमा , जो सर ले ठीक वा बेठीक चिन्ह लगाए झै  गोपाले ले चिन्ह लगाएछ। सही पनि हु बहु नै तर अलिकति नक्कल गरेको चिज त केही न केही फरक त हुने नै भयो, खाखारे सरले गृह कार्य हेर्ने क्रममा  गोपालेले नक्कल गरेको आफ्नो सही देख्न पुगेछ । त्यो देखे पछि धन सिं लाई सोध्यो, यो कसले गरेको? उ पनि डर र त्रस ले फ्याट्ट भनि हाले गोपालेले हो सर । नभनुन पनि किन , यदि त्यो नभन्नु हो त उस्को गाला रातो हुनु पार्थ्यो। तर उस्ले सत्य कुरा भनिदिए । त्यो दिन संयोगबस् गोपाले बिधालय आएको थिएन । भोली पल्ट हामी सबै बिधालयमा जम्मा भयो । उ बेला बिहान बेलुका लाइन मा बस्नु पार्थ्यो । गोडा फार , सत्तारक गर्नु पर्थ्यो। त्यो हाम्रो नियमित् कार्य थियो । जम्मा ३ कक्षा को ३ लाइन हुने गर्दथ्यो । जब हाम्रो बिहानको नियमित कार्य को लागि हामी लाइनमा बसियो केही गोडा फार सत्तारक पनि गरियो । त्यो कार्य पनि सकियो, जब हामी कक्षा तिर लाम्कन्न लगेका थियो । खाखारे सर कुरा निकाल्नु भयो , गोपाले लाई देखाउदै भने? यो तैले गरिस्? तर उ मौनता थियो । उस्को मौनता नै मनौ उस्को स्विकार थियो । केही प्रश्नहरु गर्नुभयो । तर गोपाले बोलेन किन कि उस्ले ठुलो गल्ती गरेको छ, शायद उ मौनता बस्नु नै उपयुक्त थियो । अनि खाखारे सरले गोपालेको गाला पुरा रातो परिदिनु भयो । अनि यो पनि भन्नु भयो कि , "चोर" , त यसरी अरुको सधैं चोरछस्? त अब यसरी नै चोरेर जीवन पाल्छस्? त्यो बेला हामी लाई खाखारे सर कत्ती क्रुर भनेर सोच्ने गर्दथ्यो । आज म सोच्छु , त्यो खाखारे सर को शिक्षा पो रहेछ ।
प्रस्तुती: राई चन्द्र किराती

0 तपाईंको जिज्ञाश यहाँ:

Comments