Sunday, May 11, 2008

भोजपुर-खोटाङ मोटर गुड्यो ....................

Road way
Photo By: Dambar Sing Rai

पहाडी दुर्गम जिल्लाहरुको सन्दर्भमा त्यहाँका बासिन्दाहरुको वर्षोदेखिको पर्खाई र सपना मोटर बाटो पनि हो । जसले त्यहाँका स्थानीय बासिन्दाहरुको उपभोग्य बस्तु खरिद बिक्रीमा मात्र हैन दिनचर्या लगायत अनेकौ पक्षमा सजिलोपना ल्याउँछ । यही सन्दर्भमा खुशीको एउटा समाचार छः भोजपुर र खोटाङ जिल्लामा मोटर गुड्न थालेको छ । अन्तराष्ट्रिय दातृ स‌ंस्था DFID को RAP (ग्रामीण पहुँच कार्यक्रम) को आर्थिक सहयोगमा गत १४ वैशाख २०६५ को दिनदेखि सो मोटरबाटोमा मोटर गुड्न थालेको छ । दुई छिमेकी जिल्लालाई अझ नजिक बनाएको छ । यो हामी सबैको लागि निकै नै खुशीको कुरा हो । khotang-bhojpurRoad
(उत्घाटन कार्यक्रमका सहभागीहरु एक अर्कामा टिका लगाईदिदै)
Photo By: Dambar Sing Rai

सो मोटरबाटोले भोजपुरदेखि खावा - गुप्तेश्वर - सिद्धेश्वर (दाँवा) - अन्नपुर्ण - नागी - ट्याम्के चाखेवा भन्ञ्याङ हुँदै खोटाङको भूभागमा गुडेको छ । भोजपुर र खोटाङको सीमाना ट्याम्के चाखेवा भन्ञ्याङदेखि बाँझे चिहानडाँडाको सेखुवा - निर्मली डाँडा - दोर्पा - नेर्पा (भुल्के) हुँदै दिक्तेल बजार टेकेको छ । भोजपुरको बस स्टेसन भोजपुर बजारको दुरसञ्चार आसपास रहेको छ ।Staion
(नेर्पा गा. बि. स. का सर्बसधारण मानिसहरु मोटर हेर्न झुमिन्दै )
Photo By: Dambar Sing Rai

भोजपुरबासी ले आफ्नै गाँउ घरमा मोटर गुडेको हेर्न पाउदा दंग छन । हुन त हिले, भोजपुर सडक निर्माण नभएका त हैनन्, बिविध कारण जस्तै , मोटर गुड्ने पुल र अन्य स-साना पुलहरु बढि मात्रमा आवश्यक्त भएका ले हिले, भोजपुर सडक मा मोटर् गुड्न ढिलाई भएको केही जानकार हरु बताउछन। आशा छ , हिले,भोजपुर सड्क मा पनि सिघ्र मोटर गूड्ने नै छ भन्ने पुर्ण बिश्वासत छौ ।

प्रस्तुति: कैलाश राई ,काठमाण्डौं

2 comments:

  1. khusi lagyo motor gudyo bhaneko sunda ma aba motor maa chadna aaudai chhu hai khotang....hahhaha

    ReplyDelete