Saturday, September 6, 2008

भाषा लोप हुने खतरामा

नेपाल कला,संस्कृतिक,पराम्पार,जातजाती अनि भाषाभाषीको धनी हो ।
यही जात जाती, भाषा भाषी मिलेर नै सिङो नेपाल बनेको छ । मानौ यि जातजाति र भाषा भाषीको कला संस्कृति नै नेपालका गाहना हुन । आज आएर विभिन्न भाषा भाषीहरु लोप हुने खतरामा देखिन्छ । यसमा (किराँत,किरावा) राई भाषालाई मन्न सकिन्छ । राई भाषा कसरी लोप हुन गै रहेको छ भन्ने जिज्ञाशा उत्पन्न हुनु त्यति नौलो कुरा हैन ।

               विशेषगरी हाम्रो भाषा लोप हुन प्रमुख भूमिका बसाई सराई,शहरीकरण र अन्य मिश्रीत बासोबासले गरेको पाइन्छ ।विशेषगरी शहरहरुमा मिश्रीत बासोबासले हाम्रा बाल बच्चाहरु दोभाषे हुन पुगेका छन ।त्यसैले तपाईं हामी अविभावकहरुले हाम्रा बालबच्चाहरुलाई आ-आफ्नो भाषा प्रयोग गरी हाम्रा बाल बच्चाहरुलाई पनि आफ्नो भाषाको ज्ञान दिलाउनु पर्दछ। यो तपाई हामी अविभावकको मुख्य कर्तब्य हो । यदि तपाईं हामी समयमा नै सचेत हुन सकिएन भने हाम्रा भविस्यका सन्ततिहरुले पक्कै सराप्ने छन ।

             हामी अरुको भाषा सिक्न विभिन्ना महंग महंग बोर्डिङ स्कुलहरुमा हाम्रा बालबच्चालाई भ्याइ नभ्याई खर्च जुटाउन सक्दछौ । तर हामीमा भएको भाषा हाम्रा बाल बच्चालाई ज्ञान दिलाउन निक्कै कठिनाई भएको देखिन्छ । कि हामी पैसाले मात्र ज्ञान दिन्छ भन्ने भ्रम होकि? हाम्रो यो कस्तो बिडम्बन होला? आफ्नो भाषा ,संस्कार,कला संस्कृति गुमाउनु भनेको एउटा जात जाति गुम्नु हो, जस्तै राउटे र कुसुन्डा जाति जस्तै हुनु हो । राउटे र कुसुन्डाहरु पनि पक्कै केही जात थिए होला । र तिनिहरुको संस्कार्,कला, संस्कृति र भाषा पनि थियो होला । हिजो तिनिहरुले आफ्नो भाषा संस्कार लाई वेवास्ता गर्दा आज उनिहरु यसरी लोप हुन गैरहेका छन । यदि हामीले पनि हाम्रो भाषा लिपी संस्कार लाई यसरी नै वेवास्ता गरियो भने हामी पनि यही राउटे र कुसुन्डा जस्तै हुने निस्चित देखिन्छ ।

                 आफ्नो भाषा, कला ,संस्कार रितिरिवाज जोगाउन प्रत्यक जात जातिको कर्तब्य हो । हाम्रो भाषा लिपी संस्कार नै हाम्रो मुल पहिचन हो । त्यसैले आज देखि नै तपाईं हामीले आ-आफ्नो तवर तरिका बाट आ-आफ्नो कला,संस्कार ,संस्कृति, भाषा र लिपी जगेर्ना गर्नु पर्दछ । यही नै मानबको प्रमुख कर्तब्य हो

0 तपाईंको जिज्ञाश यहाँ:

Comments