Friday, August 29, 2008

किराँतीराईहरुको चण्डी पर्ब बारे

किराँतीराईहरुको महान पर्ब चण्डी (साखेवा,सकेवा, सकेला) हो, यस सँग जोडीएको कथाहरु पनि निक्कै रोचक पाईन्छ । केही अंश तल प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

किराँतीराईहरुले साखेवा(चण्डी) स्थापना गर्दा दुई वाट ढुंगाहरु थपना गर्दछन । एउटा ढुंगा सानो हुन्छ र अर्को ढुंगा ठुलो हुन्छ । ठुलो ढुंगामुनी एउटा गोलो ढुंगा राखिएको हुन्छ । जसलाई रानो भन्ने पनि गरिन्छ । त्यही रानोलाई साखेवालुङ भनिन्छ । ढुंगालाई राईहरुले लुङ भन्ने गर्दछन । बैशाखे पुर्णेको दिन होम (राईको पुरोहित्) ले निराहार बसी चुलो उठाउछन ।

            त्यसपछि कुखुरा,लाम्पुछ्रे र मयुरको प्वाँखबाट बनेको मुकुटलाई अम्लबुङ ,अम्लपुङ्(सुनाखरी फुल्) हरुले सुसज्जित गरी त्यसलाई होमले (राईको पुरोहित्) आफ्नो शिरमा राखेर्, सेतो कपडाको दौरा-सुरुवाल लगाएर्, कम्मरमा खुकुरी ,तलवार् काँधमा अदुवाको बोट राखेको झोला भिरेर्, देब्रे हातमा धनु लिएर ढोलैया र झ्याम्ट झ्याली बजाउनेको साथ पूजा स्थालामा जान्छन र साखेवा पूजा गर्छन । सबै राईहरुले चिण्डोमा जाँड र हण्डीमा भात लगेका हुन्छन त्यसलाई चढाउछन । त्यसपछि राई तन्नेरी-तरुनीहरु नाच्छन । यो नाच लाई चण्डी नाच भनिन्छ । यो नाचमा कैयौ चालहरु हुन्छन्, फरक गाँउ फरक राईबस्ती अनुसार फरक फरक नाच्ने चाल हुन्छन । त्यस मध्य सम्दी सिली र सिकिस् इलि अथवा सिहाङमाको ईशारामा चालफेरिन्छ । यो नाचमा सिर्लिगे बाजा र झ्याम्ट बजाइन्छ अनि रुमाल,फुल सेउली दिइ नाचिन्छ ।

              बुढापाकाहरुको भनाईमा सखेवा स्थापना गर्दा जुन दुई ढुंगाहरु राखिएका हुन्छन्, सानो ढुंगाचाही सुम्निमाको प्रतिक हो र ठुलो ढुंगा चाही पारुहाङ्को प्रतिक हो भन्ने गर्दछन बुढापाकाहरु ।अत: साखेवा पूजा सुम्निमा र पारुहाङ्को पूजा हो, तर पछि यसलाई चण्डी भनि नामकरण गरियो । पहिला पहिला सबै राईहरुले एकै ठाँउमा चण्डी पुज्ने गर्दथे । सबै किराँती राईहरुले रिमचिमको  चण्डीलाई पुज्ने गर्दथे ।

                एकपल्ट एकजना राई किराँतीले अर्काकी स्वास्नी  जारी गरेर ल्याएछ । ती श्वासनी मान्छेको पहिले लोग्नेले रिमचिमको चण्डी अगाडी भाकाल गर्दै भने " हे साखेवा तिमी साक्षात साखेवा हौ भने मेरो स्वास्नी  लाने जारलाई यहाँ ल्याइदेउ । म त्यसलाई काटी तिमी लाई भोग दिन्छु" चण्डी पुर्णेको दिन नभन्दै त्यो जार नाच्दै त्यहाँ आइपुग्यो । ती स्वास्नी  मान्छेको पहिलो लोग्नेले जारलाई खुकुरीले छिनाइहाल्यो । जारको टाउको र शरिर तल झर्‍यो तर रगतको सिर्कोचाहि साखेवाको थानमा पुग्यो।त्यसै दिन ठुलो हुरी आँधी बतास आयो, रिमचिमको तलाउ फट्यो र पहिरो गयो । वाछकको बोट पनि ढल्यो । त्यस पछि साखेवाले त्यो ठाउँ छोडे भनि राईहरुले विश्वास गर्न थाले र त्यस दिन देखि सबै राईहरुले आ आफ्नो गाँउमा नै साखेवा लाई पुज्न थाले । त्यसैले अहिले साखेवालाई फरक फरक गाँउ अनि फरक नामबाट चिनिन्छ । जस्तै  साकेला, साखेवा,सकेन्वा भन्ने गरिएको हो,भन्ने बुढापाकाहरुको भनाई पाईन्छ ।

1 comment:

  1. aba Sanskritization, Khasization, Bahunization, Hinduization ra deconstruction, de-Sanskritization ko kura tapaile bhujhnu bhai sake pa6i yo Chandi. Rai etc. lai correction gardai lanus.
    es article lai pani eko choti revise garera rakhnus.
    Copy past option ma hai?

    ReplyDelete