Friday, September 19, 2008

आदिबासी थारुजातिको एक चिनारी


(थारु जाति)
भुमिपुत्र आदिबासी थारु वा चौधरी जाति नेपालको मोरङ,सुनसरी,बारा,पर्सा,रुपन्देही,कपिलवस्तु,दाङ,बाँके, बार्दिया,कैलाली र कंचनपुर जिल्लाहरुमा थारुको जनघनत्व रहेको जिल्लाहरु हुन । अत्ति मिलनसार ,ईमान्दार , सोझा अनि दायालु थारु जातिको बिशेषता हो । साथै कुनै मान्छेबाट नकरात्मक  अथवा झै झगडा हुन पुगेमा सबै गाँउ नै एक जुट भएर प्रतिकार गर्नु पनि थारु जातिको अर्को बिशेषता हो ।यस्कारणले थारुजातिमा एकता पाइन्छ ।

           यि जातिहरु आफ्नै कला संस्कृति छ आफनै पराम्पार छ जस्तै थारु जातिले आफ्नो देबता पुज्नका लागि जाँड, रक्सी र माछा मासुको अनिबर्य आवश्यक्ता पर्दछ । यिनिहरुको समुह अथवा गाँउमा आगुवा एक जना हुने गर्दछ । त्यसलाई "भलमान्छे" भन्ने गर्दछ । गाँउमा केही आपत बिपत आइ परेमा भलमान्छे सँग राय सल्लाह लिने गर्दछन । र निर्णय यही भलमान्छे "अगुवा" ले नै गर्दछ ।त्यस वपत भलमान्छेलाई बर्ष भरिमा गाँउलेहरुले तोकिएको बमोजिम धन वा पैसा भलमान्छेलाई दिने गर्दछन । यिनिहरुको मुख्य पर्ब माघी अथवा माघे संक्रान्तिलाई धुमधामका साथ मनाउदछन । स्मरण रहोस यही माघीमा नै उनिहरुले आफ्नो नयाँ "भलमन्छे" अगुवालाई चुन्ने गर्दछन ।

         बर्षभरिमा यिनिहरुले ३ वटा पूजा गरिन्छ । जस्मा धुरिया,लावांगी निकासी अनिबर्य रुपमा पूजा गर्दछ । यो पूजा सबै गाँउले मिली भलमान्छेको घरमा पूजा गर्ने गर्दछन । जो पूजा गर्ने देबताहरु "थानुवा" आफ्नो आगुवाको घरमा नै राख्ने गर्छन। तकी जब पूजा गर्ने समय हुन्छ सबै गाँउले डाकी समुहमा पूजा गर्दछन । यस् पूजामा कुखुरा सुंगुरले पुज्ने गर्छन । देवता राखेको स्थानलाई थानुवा भन्दछन । पूजा सके पछि तरुनी तन्नेरीहरु नाच गान रमाइलो गर्ने गर्छन ।
(यो लेख पश्चिम कंचनपुर जिल्लाबाट भोज राज थारुबाट तयार परिएको हो ।)

1 comment:

  1. Namaste,(sorry if this was posted twice, i couldn't figure out since comment didn't show up)

    You have a nice blog here. We would like you to join our network of Nepali blogs, and competitions. http://nepaliblogawards.blogspot.com

    Thanks

    ReplyDelete