Saturday, September 27, 2008

हाम्रो पुस्ता कता तिर ????

बि. जे. बान्तवा / भोजपुर
         

              बिहानै मेरो मोबाईलको घन्टी लाग्छ । बिदेश बाट आउने कलहरु सबै नो नम्बर भनेर देखाउने हुनाले घर देखि होला भनि सोचें, अनि उत्तर दिन्छु, हेल्लो,,,,,! जवाफमा ‘म हो आँच के हो ब्रोज्, नचिनेको रड्स् नगरौ न यार्,’ अब यसो अलि हिप हप स्टाईल ले मलाई बोल्नै आउँदैन फेरी मैले चिनेको भाइहरु त यस्तो हिपहप मा बोल्दैनन भाइ भने, अनि उस्ले जवाफमा भन्यो, मेरो त हो मोबाईलमा डो फाँक भयो ब्रो उता बाट यो नम्बर मा कल गर्नु न भन्यो मैले भने हेल्लो भाई मैले कसम होला चिनिन नि, यसैमा मेरो सानो रेडियो भनौ टेप रेकोर्डर मा मेरो मन पर्ने गायीका दि ज्यु पार्वती राई को गित बजी रहेको थियो । अनि त त्यो सुनेछ क्यार्, अरु कुरा छाडेर प्याच्च भनि हाल्यो, आँच ब्रो त लास्ट सुड्डो भजनहरु सुन्नु हुँदो रहेछ नि, मैले तीनसिरी चौधा भुवन नै देंखें, हन भाई तिम्रो नाम पनि भन्दैनौ, तिमी को हौ? फेरी उत्तर आउछ आँच ब्रो शुभचिनतक नि अब नचिने पछि । मलाई त यती भयो कि आफ्नै मोबाईल नै हुइक्याउँ जस्तो भयो, र भने भाई धन्यवाद कल गरेको मा अहिले म बिजी छु अरु कुनै बेला फोन गर्नु ल । आम्बो ब्रो त लास्ट मन्त्री हरु झैं अपोइन्मेन्ट लिने बेला भो कि कसो? हाम्ले फोन गर्दा नि त्यस्तो, अनि मैले भन्ने ठाउँ नै पाईन अनि मैले भने लु भन भाई तपाईंको के सेवा गर्न सक्छु? अनि उस्ले भन्यो आँच यसो भन्नु न हो ब्रो अनि पो हाम्रो कुरा मिल्छ, ल भन्नु न भाई तिम्रो पैसा धेरै गै सक्यो, आँच हो ब्रो चिन्ता नगर्नु न हाम्ले हो यो बाडी पीडितको लागि डो हरु कलेकसन गरेको नि ब्रो यसो ब्रो को तर्फ बाट पनि पचास थाउ त भैइ हाल्छ होला नि रे ।

                 भाई तिम्रो मोबाईल नम्बर देऊ म नेपाल आए पछि भेटौँला है त्यती बेला तिमीलाई कति दिनु पर्‍छ म हेरौला भने  अनि उस्ले भन्यो आँच ब्रो हामीलाई त असाप चाहिएको नि ब्रो मैले कुरै बुझिन हन यो केहो असाप भनेको चाँही, भने र मैले प्रश्न गरें उत्तरमा भन्यो आँच हो ब्रो लास्ट ब्ल्याक वर्डस् सेम सेम बुफलो हो कि क्या हो ? मैले भने होला भाई तिमी जस्तो पाँच पाँच र पुच पुच्, आंच आँच र उँच उँच भन्ने स्कुलमा पढिएन पो भाई,  अनि मैले पनि उस्को पैसा खत्तम गरी दिने सोंच बनाए अनि भने भाइलाई कुन गित मन पर्छ लास्ट रिक्की मार्टिनको चेला जस्तो छ नि भने मैले, उस्ले जवाफ मा भन्यो, आँच नो नो ब्रो मलाई त हो एन सिन्क को गयाङ्गलाई मात्र लाइक गर्छु नि ब्रो । मलाई के थाहा कुन हो एन सिन्क के हो के? धेरै राम्रो किनकी मोडर्न जमाना मा मोडर्न बन्नु पर्छ भाई अनि नायकहरुमा नि? भन्ने मेरो प्रश्न मा ओह हिरोज मलाई त  त्यती मन पर्दैन म जस्ट इन्जोयबल मुभीज वाच गर्छु नि ब्रो रे, ल ल धेरै राम्रो भनि दिएँ अनि फेरी सोंधे भन अनि बिहे गरेउ कि गरेको छैन ? उस्ले भन्यो आँच ब्रो लास्ट भेजा फ्राई नगर्नु न, बिहे त गरेको छैन तर इभ्रीडे हनिमुन भैहाल्छ, ‘सो आई डोन्ट लाईक बी डर्टी असाप्’, बिहे गरे पछि कसरी डर्टी हुने नि भाई ? भन्दा उस्ले गम्केर जवाफ दियो । ब्रो मेरो मोबाईलको ब्याट्री लो भएछ । उता बाट कल गर्नु न, रे भाइ यहाँ तिम्रो नम्बर छैन, मैले भने, उस्ले भन्यो मेरो ब्याट्री लो भयो राखें तपाईंले गर्नु । ब्याट्री लो भयो भने मैले गर्नु हा... हा... हा.... ब्याट्री कि ब्यालेन्स ?

               ब्लफ  कलहरु ले कहिलेकाहीं सताउदा समस्या त हुने नै गर्छ, यसमा पनि नेपाली बस्तुलाई नेपाली गित संगीत राम्रो भएन, नेपाली पोशाक राम्रो भएन भन्ने नेपाल भित्रकै यी बिदेशीको स्टाईल गर्ने नेपाली भाषालाई नेपाली पनलाई बिदेशी खोक्रो लेप लगाउन खोज्ने हरुलाई हामीले के भन्नु पर्छ ? सद्दे नेपाली भाषा बोल्नेलाई पाखेको संज्ञा दिने, मुख नाक गालानै छेंडी मुन्द्रा लगाउनेलाई सम्भ्रान्त भन्न मिल्छ होला ? यसरी नेपाली पनमा धमिरा लगाउनेलाई के भनौ, बुद्वीजिबी कि महामुर्खा? नेपाली गित मन परेन रे हाँक्क हाँक्क र हुँक्क हुँक्क गर्ने गित चाहियो रे बुझ्नु सुझ्नु छैन कोलम्बियन डिस्को, फेरी अचेल त नाँच पनि कहाँ बाफरे एकपल्ट निधार ठोक्कियो भने खुस्कियो, कि त गोडा खुस्कियो भने गयो सिधै हस्पिटल । हाम्रो कला र सँस्कृति मा पर्ने मारुनी, डेउडा, हाक्पारे, रोधी त कहाँ अब बस ईतिहास बन्न लागेका छन्, यहाँ त अहिले हिपहप फस्टाउँदै छ । सबैलाई हिपहप नै मन पर्छ । मलाई पनि कहिलेकाहीं हेर्न मन लाग्छ किनकि मेरो हजुरबाको याद आउने गर्छ । कुनै बेला सोंच्छु यो हिपहपको जन्मदाता पक्कापनि नेपाली नै हुनु पर्छ । कुनै बिदेशी भ्रमणमा नेपाल आउँदा हाम्रा पुर्खाहरुले टन्न कोदोको कुहेको रस पिएर लर्खरिदा त्यो बिदेशी ले क्या राम्रो नेपाली नाँच भनेर उसैले शुरु गरेको हुनु पर्छ । अहिले यसो सम्झन्छु, मेरो हजुरबुबा त धेरै टाढा कहाँ हुनुहुन्छ तर जहिले पनि उहाँ दशमी बजार र पन्चमी बजारदेखि फर्किंदा हिपहप डान्स गर्दै फर्किनु हुन्थ्यो। कहिले काहीं त घुँडाको कम्पनि पनि खुस्काएर र अहिले सम्झिन्छु हिपहप कस्तो मजा रहेछ खुट्टा मर्कियोस ठिक छ शरिरको एउटा अङ्गै टुटोस ठिक छ। मैले धेरै बकबास गरें मलाई माफ गर्नु होला तर म यो अनुरोध गर्दछु सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हामी नेपाली भएर बाँच्न सिकौ, नहुदो बिदेशीको खोक्रो आडम्बर भिरेर हैन, हामी नेपाली भएर बाँच्न सिकौं।

                       देशको माया गर्नेहरुको पिंडा शायद प्लाईस्तानी जनतालाई थाहा होला आफ्नो देशको लागि ज्यान अर्पिरहेका छन ।हामी त आफु आफुमा झगडा गर्छौं यही छ हाम्रो तितो सत्य । हामी आफ्नो संस्कारलाई जोगाउन भन्दा बिर्सन मन पराउँछौ, हामी हाम्रो देशलाई एउटा ढिक्का राख्न त के शत्रुको ईशाराको साथ दिन्छौ । कसैलाई पहाडको टुक्रा चाँहीयो, कसैलाई मधेशको टुक्रा चाँहीयो, अनि के त ? यसको परिणाम नेपालमा महँगी, रोग्, सोक र भोक यही हुन हामीले पाईरहेको हाम्रा मोडर्न दिमागको परिणाम । हाम्रो पुस्ता कता तिर ???

    आजको मेरो गन्थन बाट बिदा चाहन्छु, यदि मौका मिले फेरी भेटौँला यदि मेरो लेखाई बाट कसैलाई मर्का परे त्यस्को लागि झ्याँई कुटी झ्याँई र माफी चाहन्छु । हवस्त जदौ ।

3 comments:

  1. जोन जी तपाईको कुराले त त्यो अफृकाकोलुजिको याद आयो मलाई त हो एस्तैहुदै जाने हो भने हाम्रो धर्म सस्कृति र भाषाहरु सबै एकादेशको कथा हुन के बेर?

    ReplyDelete
  2. बि.जे. जि, यो "आँच ब्रो त लास्ट सुड्डो भजनहरु सुन्नु हुदो रहेछ नि" भन्ने भुलक्कड ब्यक्तीले चाँही पक्कै आफैलाई बिर्सेंको हुनुपर्छ किनकी उ सँग नेपाली पन, नेपाली तन, मन र बिचार नभएर नै हो या त नेपाली बाबुको लात र आमाको माया नपाएको हुनुपर्छ । तपाईको यो प्रसंगको एउटा कुरोले चाँही मलाई साह्रै आमाको याद दिलायो । जुन तपाईको हजुरबुवा पंचमी बजारबाट हिप-पप डान्स गर्दै घर फर्कनु हुन्थियो । हुनत मलाई त्यो बजार थाहा छैन, जान र भोजपुर घुम्न पनि धेरै मन लाग्छ । मलाई आमाले बेला-बेलामा त्यो ठाउको बारेमा भन्ने गर्नु हुन्थियो । एनी वे, तपाईको अनुरोधको कदर गर्दै, सहमाती जनाउन चाहन्छु, हो; हामीले बिदेशी खोक्रो आडम्बर भिरेर हैन, हामीले नेपाली भएर बँच्न सिक्नु पर्छ ।

    ReplyDelete
  3. हामी अरुको भरमा पलाउन मन पराउँछौ। यहीं समस्या छ दुङ्मेन जी।

    ReplyDelete