Friday, March 16, 2012

दुङमाली भाषा कसरी रहन गयो ।

विशेष गरेर यो दुङमाली भाषा माँझकिरात भित्र पर्ने पौवा खेसाङ थुम (गणराज्य) भित्र बोलिने भाषा हो । भोजपुर जिल्ला अन्तर्गत अखुवा खोला पूर्व, पिखुवा खोला उत्तर, अरुण खोला पश्चिम र यङवा खोला दक्षिण पश्चिम किल्ला भित्र रहेको पौवा खेसाङ थुमका हाल गा.वि.स.हरु आम्तेक, श्याशिला, तिवारी भन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्मा र ठुलोदुम्माका गा.वि.स.हरुमा बोलिन्ने भाषालाई पृथ्वी नारायण शाहको एकिकरण भन्दा आगाडि पौवाली भाषा भनिन्थ्यो ।

पृथ्वी नारायण शाहको एकिकरणमा माँझकिरातका विभिन्न थुमहरुमा अक्रामण ग¥यो । यसमा  पौवा खेसाङलाई पनि पृथ्वी नारायण शाहको फौजले अक्रामण ग¥यो र उनीहरुको र्वचश्व कायम गरे पछि त्यहाँका भुमिपुत्र किरातीहरुको भाषा, लिपी, धर्म, परम्परा, संस्कारहरु विस्तारै विस्थापित हुदै गए र यी किरातीहरुलाई जवरजस्ती उनीहरुको धर्म, संस्कृति, पराम्पराहरुलाई त्याग्ना लगाइयो । त्यसको फलस्रुप हो । किरातीहरुको घर घरमा पाइने रगतको पान्जा वा खुट्टाको छाप हो । यदि कसैको घरमा पान्जा वा खुट्टाको छाप आफ्नो घरको भित्तामा थिएन भने उसलाई सर्वस्वाहरण गरिन्थ्यो । यसरी जवरजस्ती हिन्दुकरण गर्न थाले पछि पृथ्वी नारायण शाहको ज्यदाती सहन नसकेर कयौ पौवा खेसाङ थुमका भुमिपुत्रहरु अन्य ठांउहरुमा पलायन भए  र उनीहरुको मिश्रित बसोवासले गर्दा यो भाषा विस्तारै विस्तारै लोप हुदै गईरहेको थियो ।
आफ्नो लिखित संस्कार कला, र संस्कृतिहरुका कागजजातहरु नमोनिशान  नहुने गरी जलाई दिए पछि किरातीहरु मर्नु भन्दा बहुलाउनु राम्रो भनी आफ्नो भाषा ,लिपी, संस्कार, परम्परा र संस्कृतिहरु छोड्दै गएका थिए । एकिकरण पछि उनीहरुको भाषा, संस्कार र संस्कृतिहरु लिखितमा बन्देज लगाए– जस्तै किरात राईहरुको चाड साकेला जस्ता आफ्ना परम्पराका चाडहरु बन्देज लगाएका कारणले आजसम्म पनि किरात राई दुङमाली भाषीको लिखित भाषा र पौवा खेसाङ थुमका गा.वि.स.हरुमा सकेला चाड जस्ता पर्वहरुमा धुमधाम नमाउनुको कारण समेत बुढा पकाहरुको भनाई छ ।

किराती भुमिपुत्रहरुलाई दशै अनिवर्य मान्न लगाइयो । दशै मनाए वा मनाएनन् भन्ने संकेतको लागि प्रत्यक किरातहरुको घरघरको भित्तामा बोका, राँगा, सुंगुरको रगतको पन्जा वा खुटटाको छाप अनिवर्य लगाउनु पर्ने नियम जस्ता पृथ्वी नारायण शाहले गराए । यही ज्यादतीका कारण आफ्ना भाषा, संस्कारलाई त्यागेर विभिन्न क्षेत्रतिर पौवालीहरु पलायन भएका हुन् । हालसम्म सानोदुम्मा र ठुलोदुम्मा बाहेक अरु गा.वि.स.हरुमा यो भाषा अत्यधिक बोलिन्दैन र पौवाली भाषा लोप हुदै गईरहेको बेला अहिले केही वस्तीहरुमा मात्र पौवाली भाषा बोलीन्छ । यिनै पौवाली भाषा अत्यधिक रुपमा सानोदुम्मा,ठूलोदुम्माले बोल्ने गरेको छ र यही दुई गा.वि.स.ले बचाई रहेको भाषा नै कलान्तरमा दुङमाली भाषा भनिन थालियो ।

प्रस्तुती:चन्द्र बान्तवा राई दुङमाली 

7 comments:

  1. अम्टेबा, साँच्चै भन्ने हो भने यो संकलन गर्ने कार्य साह्रै सराहनिय हो यस्तै जावोस अझै हार्दिक धन्यबाद।

    ReplyDelete
  2. स्थानिय समाचार पनि पोष्ट गरेमा रामा्रे हुनेथियो ।

    ReplyDelete
  3. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:
    (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school
    if you are very welcome to Aiico Insurance plc. You can also contact us by email: (aiico insurance plc@yahoo.com). We
    first week can request a balance transfer.
    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete