Wednesday, July 16, 2008

भुमिपुत्र किराँतीहरु कसरी छरिएर बसे ???

सुरुमा किराँतिहरु देवबंशी भनिन्थे । उनिहरुको एक भाषा थियो । किराँती भाषालाई देवभाषा पनि भनिन्थ्यो । बस्ता-रहदाँ किरातबंश निकै फैलियो कि उनीहरुको भाषा अलि अलि फरक फरक हुन पुग्यो । र उनीहरुका नेताले जनगणना गर्नु पर्दछ भनेर सबैलाई भने तर कसरी गर्ने भन्दा ? । सबैलाई एक-एकवटा ढुङ्गा ल्याउन आदेश दिए ।


प्रत्यक मानिसले एक एकवाट ढुङ्गा ल्याएर आफ्ना नेताका अगाडि राखिदिए । ढुङ्गा थुप्रिन्दा -थुप्रिन्दा त्यहाँ एउटा पहाडजस्तो बन्यो । पछि उनिहरुका नेताले जनगणना गरेको स्मृतिमा त्यो थुप्रीएको ढुङ्गाले त्यहाँ एउटा बिशाल धरहरा जस्तै आग्लो बनाउने प्रस्ताब राखे । उनीहरु पनि यसकुरामा समर्थन गरे तथा तत्कालै धरहराको जग बसाए । बिस्तारै-बिस्तारै धरहरा बन्दै गयो, अग्लो अग्लो हुँदैगयो । हुँदा हुँदै धरहराको टुप्पो यत्ति माथि पुग्यो कि त्यसका फेदमा बस्नेहरुले टुप्पो देख्न छोडे तै पनि धरहरा अग्लिन्दै गैरहेको थियो । थुप्रीएका ढुङ्गा कति त त्यसै थिए । काम गर्नेहरु काम गरी नै रहेकै थिए । ढुङ्गा ओसार्दै थिए । हिलो पानी दिने हिलो पानी दिदै थिए । गाह्रो लगाउने गाह्रो लाउदै थिए , कामको खुब मेलो चलेकै बेला के भयो, के भयो , भाषा सम्बन्धी गड्बडी चल्यो । एउटाले बोलेको अर्कोले बुझेन । यसले गर्दा उनिहरुमा रिसारिस पर्‍यो । झगडा चल्यो । आखिर रिसमा परेर फेदमा बस्ने हरुले धरहरा नै ढालिदिए । फलस्वरुप धेरैजसो धरहरा भात्किएको ढुङ्गा मुढाले थिचिएर मरे । बाँच्नेहरुमध्य पनि फेरि १६ भाषाका १६ जना नेता निस्किए । तिनीहरु पनि एक आपसमा लड्न लागे । ती नेताहरुको मारामारका अन्त्यमा ४ जना नेतामात्र बाँचे । फेरि तिनीहरु पनि लड्न लाग्द पापाहाङ नाउँ गरेका एकजना नेता आफ्नो दललाई छुट्ट्याई पूर्व दिशातिर बस्न जाने भनेर त्यो ठाउँ नै छोडेर गए । छ महिनामा उनिहरु सिमाङ्गढ्मा आइपुगे ।

यस दलमा पनि १२ भाषाका मानिसहरु थिए, यिनिहरु पनि एकै ठाउँमा बस्न सकेनन । तिनिहरुमध्य मगरवंशी,चनवंशी र गुरुङ्वंशीहरु उत्तर्-पश्चिम गै पाल्पा, डोटी र प्युठान साथै हालको गण्डकी अञ्चलमा बस्न गए । नागा,  सिया, लाप्चा र काचिनबंश पूर्व आसाम । सिक्किम र बर्मा बस्न गए । हामी हिंडेका बाटामा केराको झ्याङ र बोहोरीको रुख काटी राख्छौ । पहिल्याउदै आउनु भनी अरु भाइहरुलाई अह्राई लाप्चाबंश्, काचिन र नागाबंशका मानिसहरु अघी हिंडे । त्यसपछि लिम्बुवंश्, खम्बुवंश, मेचेबंश । कोचेबंश, थारु, दनुवार र धिमालबंशहरुले केराको झ्याङ र बोहोरीका रुख काटेको चिहाउदै हेर्दै पूर्व दिशातिर लागे तर केराको टुसो पलाएर लामो भैसकेको र बोहोरीको रुख पनि काटिएर कालो दागमात्र शेष रहेको देखेर अब दाजुभाईलाई भेट्न गह्रो पर्दछ भन्ठानी दनुवार्, धिमालबंशहरु नेपालको तराईमा नै रहे । लिम्बु,  खम्बुवंशहरु पनि अब अघि जाने दाजु भाइलाई भेट्न सकिदैन भनेर नेपालको पहाड्मा नै बसे ।

मेचेबंश ,कोचेबंशीहरु पूर्वतिर बढेर गए र आसामामा आफ्नो राज्य स्थापित गरे । यसै ठाउँबाट बंश फैलिएर उत्तर दिशा जानेहरु डुक्पाबंशी नाउँ राखी भुटान देशमा गएर बसे । गारो पहाड्बाट फैलिएर जानेहरु हाइजोग्बंश नाउँ गरी मैमनसिंह प्रदेशमा बस्न गए । फेरी आसामका ९ गाउँबाट फैलिएर जानेहरु कछारीएबंश नाउँ राखेर सिलहट्, त्रीपुरा,  मणिपुर्, कुमिल्ला र दक्षिण समुन्द्रका छेउको नोवखोली प्रदेश्, चटगाँउ प्रदेश तथा आराकान प्रदेशसम्म बस्दै आईरहेको पाउदछौ ।

1 comment: