Sunday, August 17, 2008

राणकालमा जात जाती प्रथा.......

                 जात जाती प्रथालाई जंग बहादुर प्रधानमन्त्री भएर राणा काल शुरु भए पछि झन मुलुकी एन् नै जातिय भेद भावलाई कानुनी मान्यता दिने जात जाती प्रथालाई संस्थागत गर्ने काम भयो । त्यस एनमा नेपाली समाजलाई तागाधागरि,खस मातवाली, पानी चल्ने शुद्र र पानी नचल्ने शुद्र गरी पाँच जातिय समुहमा विभाजित गरियो । पानी नचल्ने शुद्रमा पनि शुद्रलाई छोए छिटो हाल्नु पर्ने र हाल्नुपर्ने गरी दुई भागमा विभाजित गरियो । छोएमा पनि छिटो हाल्नु पर्ने अन्तर्गत मुसलामान्, तेलि, कसाई, कुसुले, धोबि, म्लेच्छ, चुँडरालाई राखियो । भने छोएमा छिटो हाल्नु पर्ने अन्तर्गत सार्की , कामी, सुनार्, चुनारा, दमाई, गाइने, बादि, च्यामे,पोडेलाई राखियो । यसरी जंग बहादुर्ले निर्माण गरेको मुलुकी एनले नेपाली समाजलाई अनेक जाती उपजाति,सहजाती आदिमा बाँडेर विभिन्न टुक्रामा बिभजित गर्‍यो, यसको साथै त्यस् मुलुकी एनमा कुनै पनि ब्यक्तिले आफुभन्दा तल्लो जातको केटीसँग बिहा गरेमा त्यही जातमा झर्ने र पानी नचल्ने जातको केटीसँग बिहा गरेमा सर्बस्वहरण गरी त्यही जातमा पतन गर्ने ब्यबस्था गरे ।

               यसरी जंग बहादुले जातिया छुवाछुत प्रथालाई मजबुत बनाए पनि त्यो कानुन राणाहरु आफुमा भने लागु हुँदैनथ्यो । किन भने त्यतिबेला कानुन निर्माण गर्ने र कानुन खारेज गर्ने अधिकार राणा प्रधानमन्त्रीकै हातमा थियो ।त्यसैले गर्दा राणाहरु आफुलाई मन पर्ने वा आफुले बिहा गर्न चाहेको कुनै पनि तल्लो जातका केटीहरुलाई माथिल्लो जातमा उकास्न सक्थे । यो काम मुलुकी एन बनाउने जंग बहादुर आँफैले गरे । उनि तराईको झापामा घुम्न गएको बेला त्यहाँ उनले एउटी मेचे जातकी राम्री केटीलाई देखे र उनिप्रती मोहित भए । उनको बुवालाई तुरुन्तै चौधरी पदवी दिएर उनलाई बिहा गरे र मुलुकी एनमा सुधार गरे ।

                जंग बहादुरको मृत्युपछि पनि उनका भाइहरुले यस्ता थुप्रै काम गरे । चन्द्र शमशेर्ले आफ्नै ज्वाइ जय पृथिबी बहादुर सिंह लाई जातिच्युत गरेका थिए ।त्यस्तै गरेर धार्मिक कर्मा काण्ड तथा जातिया भेदभाबको विरोध गरेवापत टंक प्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा मुडेर सुंगुरको पाठा बोकाई शहर घुमएर जातिच्युत गरियो ।

                यसरी जातपात तथा छुवाछुत भनेको शासकहरु र पुरेत्याई गरेर खाने ब्राम्हणहरुको मिलोमतोमा उत्पन्न गरिएको एउटा षड्यन्त्रको रुप हो । त्यसैले हामी माथिल्लो जात भनेर घमण्ड गर्नु पर्ने र हामी तल्लो जात भनेर हीन भावनाबाट ग्रसित भएर बस्नु पर्ने कुनै तुक छैन सबै जाती बराबर हुन र सबैले समान रुपमा बाँच्न पाउनु मानब अधिकार हो ।

0 तपाईंको जिज्ञाश यहाँ:

Comments