Wednesday, August 6, 2008

नेपालमा जात जातीको उत्पति कसरी भयो ?

                   नेपालमा प्रचीनकाल अथवा किराँतहरुको शासन कालसम्म पनि जातिय छुवाछुत प्रथाको शुरुवात भएको थिएन । किराँतकाल भन्नाले ई. पु. ५०८ देखि ११०० सम्मको अबधिलाई मानिन्छ । किराँतकालमा मुख्य पेशाको रुपमा खेती र पशुपालन रहेको र साथै केही उधोग धन्दा तथा ब्यापारको पनि बिकास भएको देखिन्छ । नेपालमा उत्पदित ऊनको राडी, पाखी पाट्लिपुत्रको बजारमा समेत विक्री भएको कुरा भारतका प्राचिन राजनीतिज्ञ तथा अर्थशास्त्री कौटिल्यले आफ्नो अर्थशास्त्रमा उल्लेख गरेवाट पनि यो कुरा प्रष्ट हुन्छ । तर त्यतिबेला समाजमा जातपातको आधारमा कामको बाँड्फाड भैसकेको थिएन । जुत्ता तथा लुगा सिउने आरन चलाऊने आदी सबै काम किराँतीहरु आँफैले नै गर्थे । यो प्रथा पृथ्बी नारायण ले काठमाडौं उपत्यका विजय गरिसकेपछि पनि किराँतहरुको क्षेत्रमा कायम नै थियो । पछि पृथ्बी नारायणले उनिहरुलाई लुगा तथा जुत्ता सिउने,भाडा बनाउने आदिकाम छाड्न लगाएका थिए ।

                      नेपालको पहाडी क्षेत्रमा किराँतहरुले राज्य गरिरहदा तराई भेगमा लिच्छबी, मल्ल, शाक्य,कोली आदिको राज्य थियो । पछि मुसलमानहरुको आक्रमणबाट ती हिन्दू राजाहरु त्यहाँ टिक्न नसकेर नेपालको पहाडी क्षेत्रमा भागेर आए । त्यसरी भागेर आएका लिच्छबिहरुले नेपालका किराँतहरुलाई हराइ आफ्नो सत्ता इ. स. ११० तिर कायम गरे । त्यतिबेला नेपालको वर्ण ब्यवस्था पनि भारतको जस्तै पेशामा आधरित कायम गरे । जातिको आधारमा खानपान रहन सहन आदिमा भिन्नता गरिएको थियो । त्यतिबेला समाजलाई चार वर्ण अठार जातमा विभाजित गरिएको थियो ।

                    जात अनुसार सबैले आ-आफ्नो पेशा गर्ने पर्दथ्यो । कसैले आफ्नो पेशा छोडेर अर्को पेशामा लाग्न पाइदैनथ्यो। कसैले प्रचलित जातिय मर्यादा पालन नगरेमा उ दण्डको भागी हुन्थ्यो । कुनै पनि जातिले आफ्नो बाहेक अर्को जातिमा बिहे गर्न पाउदैन्थ्यो । जातिय मर्यादा पालन नगरेका ब्यक्तिलाई जात बाट पाटन गराइन्थ्यो । शुद्र जातिले सुन र चाँदिको गहना लगाउन पाउदैन्थ्यो । यसरी लिच्छबिहरु भरत बाट आएकाले भारतकै मनुस्मृतिका आधरित वर्ण ब्यवस्था उनिहरुले लागु गरे । र त्यतिबेला देखि नेपालमा जात जाती वा दलित जाती को उदय भायो।

                  सन ११९७ मा अरिमल्ल नेपालको राजा भए पछि नेपालमा मल्ल काल शुरु भयो । मल्लकालमा जाति प्रथाले अझ चरम रुप लिएको थियो । सन १२८० मल्ल राजा जयस्थिती मल्लले छिन्न-भिन्न भैसकेको नेपालको वर्ण ब्यवस्थालाई फेरी पुनगर्ठन गरेर वर्ण ब्यवस्थालाई मजबुत पारे । उनले नेपाल उपत्यकाका नेवारहरुलाई ४ वर्ण र ६४ जातमा विभजित गरे । नेवारहरु मध्य पनि आचार्य, वैध, श्रेष्ठ र दैवज्ञलाई माथिल्लो जातमा राखियो । पोडे, चारमकार्, आदी जातिलाई पानी नचल्ने जातमा राखियो । यी सबै जातिले आ-आफ्नो जात अनुसारको काम्गर्नु पर्ने नियम बनाइयो । पोडेहरुले टोपी, जुत्ता , र सुनका गहना लगाउन नपाउने गरियो । कसाइले बाहुला भएको दौरा लगाउन नपाउने गरियो । साथै पोडे, कसाइ तथा कुलुहरुले झिंगटिले छाएको घर बनाउन नपाउने गरियो । यसरी समाजमा जातिय विभाजन संगसंगै बर्गिय विभाजन पनि गरियो । प्रत्यक बर्ग र जातिको भोजन्, बसोबास , जन्म मृत्यु विवाह मा गरिने संस्कारको ब्यवस्था बनाइयो । तल्ला जातिले माथिल्ला जातिलाई सम्मान गर्नु पर्ने भयो ।

                    यसको साथै कसैले आफ्नो पेशा छाडेर अर्कै पेशा अपनायो भने उसलाई अपराधीसरहको दण्डको भागी हुनु पर्ने गरियो । त्यस्ताइ गरेर माथिल्लो बर्णको स्त्री सँग बिहा गर्न छुट दिइयो भने माथिल्लो बर्णको स्त्रीले त्यस्तो गर्न नपाईने गरियो । यदि कुनै स्त्रीले आफुभन्दा तल्लो बर्णको पुरुषसँग बिहा गर्‍यो र त्यसबाट बच्चा जन्म्यो भने त्यो बच्चा चाण्डल हुने र कुनै स्त्री सती जानको लागि चितामा लोग्ने सँग सुतेको बेला त्यहाँ बस्न नसकी खसी भने उनि पनि पोडे जातमा झर्न नियम बनाइयो ।

                 यस किसिमले जयस्थिती मल्लको समयमा नेपालमा जातिय छुवाछुत प्रथाले चरम रुप लिएको थियो । यसै प्रथालाई नक्कल गरेर गोर्खाका राजा रामशाह, सन १६०६-३३ ले पनि त्यहाँको समाजलाई चार बर्ण छातीस जातमा बिभाजन गरे । उनकै सन्तान पृथ्बी नारायण शाहले नेपाल उपत्यका विजय गरे पछि उनले पनि नेपाली समाजलाई हिन्दू बर्ण ब्यबस्थामा नै ढाल्ने कम गरे र छुवा छुत , जात जाती प्रथा लाई झन आफ्नो मन परेको मान्छे लाई माथिल्लो जातमा उकाल्ने र मन नपरेको मान्छेलाई तल्लो जातमा खासल्ने काम गरे । यसको साथै उनले जातिय छुवाछुत प्रथा नवएको किराँत समुदयमा समेत जाभार्जस्ती जातिया छुवाछुत प्रथा भित्रायउने कोशीस गरेका थिए । तर यो छुवाछुत प्रथा किराँती समुदायमा आशफल भएको देखिन्छ । यसरी पृथ्बी नारायण शाहले जातिय प्रथा लाई अझ मजबुत पारे ।

2 comments:

  1. abadekhi yo text 6ni yellai copy paste option ma rakhnus taki comment garda sudharnu parne kuralai copy paste garna sakiyos.
    matter upload garne bela ma testo option hun6 bhanne suko 6u.
    yo article ma k ulto bhako 6 bhane
    Isa purba 508 dekhi 1100 bhaniyeko 6. bastab ma yo thyakka ulto hun6. BC chai badhi bata jharadi kam ma aaune ho jastai BC 1100-508.
    ra yo period final hoina Dor Bista ra aru kehile bhaneka hun.
    ahile Yalamba (Yele) Thotse ko kura le kamsekam pani BC 1900-1700 bhanne kuro aairakheko 6.

    ReplyDelete