Thursday, February 21, 2008

स्थान, परिचय .....२

ठुलो दुम्मा गाउ कस्तो होला त ?
Dumma village
(ठुलो दुम्मा गाउ यस्तो छ ।)

शायद कमै साथी हरु मात्र पुग्नु भएको होला । ठुलो दुम्मा एउटै मात्र हो । जहाँ राई ( किराती) हरु को जनघनात्तो
रहेको गाउ हो । यहाँ आफ्नै रितिरिवाज कला सस्कृति हरु रहेको छ। जस्तै आफ्नै मट्री भाषा छ । उनि हरु को भाषा दुम्माली बान्तवा हो। प्राय उनि हरु दुम्माली बान्तवा राई भनेर रुचाउछन ।यहा का ९५% राई किराती हरु छन , र अन्य जाती मा तमाङ केही आउँला मा गन्ना सकिन्छ, अरु जाती मा कामी, सर्की ,पनि छन । यिनी हरु लागभाग ७,८ घर परिवार छन्,
अरु सम्पूर्ण राई बस्ती रहेको एउटै मात्र ठुलो दुम्मा गाउ हो ।
यहाँ का राइ किराती हरु को मुख्य पेशा खेती पाती हो।र लाहुरे (सैनिक) पनि दोस्रो पेशा हो । प्राय बृटिश
सैनिक र भारतीय सैनिक मा कार्यरत छन्, त्यहाँ का प्रतेक घर बाट १ ,२ बाट सैनिक पेशा मा कार्यरत छन । तेस्रो बैदेशिक रोजागर हो । बैदेशिक रोजागर को लागि दुम्माली हरु बिस्व भर छारिएर बसेक छन। तर एउटा बिडामबना त छँदै छ । बैदेशिक रोजागर बाट होस् या सैनिक पेशा बाट आफ्नो जीवन लाई माथि उकासेका दुम्माली हरु ले कहिले पनि दुम्मा लाइ फर्केर हेरेनन। उनि हरु ले दुम्मा लाई हैन । धरान लाई दुम्मा गाउ बनाउन थाले त्यस्कारण मेरो दुम्मा गाउ एउटा बिक्षिप्त भएर रोइरहेको पाउछु । क्रमश:.........

sano dumma
(आघिल्लो प्रकाशन मा हेर्नु भएको सानो दुम्मा को गढी डाँडा नजिक बाट यस्तो देखिन्छ ।)

0 तपाईंको जिज्ञाश यहाँ:

Comments