Sunday, July 6, 2008

किराँती राईहरुले किन बाख्रा छुदैन ?

सृष्टिको उत्पतिसँगै सुम्निमाले जम्मा ४ सन्तानलाई जन्म दिईन् ।  जेठा किवा ( बाघ) माईला तुमुन (भालु) साईला किरावा (किराँती ) कान्छा कोचो ( कुकुर)  थियो । सुम्निमाले आफ्ना छोराहरुलाई सधैं शिकार खेल्न पठाउथे। आ-आफ्नो तवर तरिकाबाट शिकार ल्याउने गर्दथे । किरावाले धनुषबाण चलाऊने हुनाले खरायो ,जरायो, बाँदेल अदि इत्यदि ठुला ठुला शिकार ल्याउन थाल्यो । तुमुनले-भालुले तरुल फलफुल्, गिठा,भ्याकुर ल्याउन थाल्यो । सुम्निमाले सबै आफ्ना छोराहरुको शिकार एउटै भाँडोमा पकाइ, छोराहरुलाई बाँडेर दिनथिइन । एउटै भाँडोमा धेरै थरिको स्वाद बेग्ला बेग्लै हुन्थ्यो ।


ती चार भाई मध्य किवा-बाघ अलिक क्रोधी स्वाभवको थियो । त्यही क्रोधिको कारणले किरावाले किवा-बाघ लाई धनुषबाणले हानेर मारेको थियो । किवा-बाघ र किरावा किराँती दाजु भाई भएको कारणले कहिले कही छेड छाडको कुरामा किराँतीहरुलाई किरुवा भन्ने गर्दछन ।

पछि किराँतीको धेरै सन्तानहरु भए । तिनै सन्तानहरु पछि पाछाको नाममा बिभाजन भएको हो भन्ने बुढा पकाहरुको भनाई पाइन्छ । एक दिन किराँतीको सन्तानहरु शिकार खेल्न गएछन । दिनभरी शिकार को खोजीमा डुल्दा पनि शिकार फेला नपारे पछि घरमा आएर सबै भाइले घरमा रहेको बाख्रा काट्ने निर्णय गरे ।बाख्रा काटे सबै आ-आफ्नो काममा जुटे । बाख्राको मासु सबै भाईलाई भाग लगाए तर आन्द्रा धुना पँधेरा गएको पुमा पाछाका भाईलाई भने भाग लगाउनै बिर्सिएछन । एक छिन पछि आन्द्रा बनाएर पुमा आइपुग्यो । पुमाको भाग लगाउन बिर्सिएकोमा अरु भाइले गल्ती महशुस गरे र पुमालाई त्यही आन्द्रा आफ्नो भागको रुपमा खान भने । तर पुमा रिसले मासु त खान पाइएन, आन्द्रा के खानु भनेर फालिदियो र अब देखि म बाख्राको मासु खान्न भनेर कसम खायो ।

उहिले बाख्राको मासु नखाने कसम खाएकोले अचेलका पुमा र पुमाका सन्तानहरुले बाख्रा छुदैनन र मासु खाँदैनन । यदि बाख्रा छोएमा ,मासु खाएमा उनिहरुलाई असर ,बिरामी हुन्छन ।

1 comment:

  1. दुम्माली ब्लगको नयाँ रूप सिर्जना गरेकोमा चन्द्र बान्तवा ज्यु मा धेरै धेरै शुभकामना र आगामी दिनहरु मा दुम्माली ब्लगले अझै नयाँ रूप फेर्ने छ भन्ने बिस्वास लिदैं उत्तरोत्तर प्रगतिको कामना गर्दछु। बि जे बान्तवा ठुलो दुम्मा-९, भोजपुर

    ReplyDelete