Thursday, July 10, 2008

(कोचो) कुकुरको कथा ..

सुम्निमाका ४ सन्तान मध्यको कान्छो , कुकुर्( कोचो) को कथा पनि यहाँ प्रस्तुत गर्न सान्दर्भिक लाग्यो । यस कथाले हामीलाई के बताउछ भने, जनावरहरु मध्ये विशेषत: कुकुर चाँही किन मानिसहरुको हेलमेलमा रहन थालेको हो। र किन मानिसको आदेश पलन गर्छ ? साथै कुकुरलाई प्राय मानिसहरुले किन जुठो दिने चलन चल्ती छ भन्ने यो कथा भित्र भेट्न सकिन्छ ।

 सुम्निमाका थरि थरिका बच्चाहरु मध्य जेठो बाघ ज्यादै क्रोधी थियो । उ आफ्नो भाइहरुसँग रिसाउने,उनिहरुलाई सताउने आदी नराम्रा कामहरु गर्दथ्यो । विशेषरुपले, (किरावा) मानिससँग साह्रै डाहा गर्दथ्यो, स्थिती जब सहिसक्नु भएन्,किरावाले एक् दिन आमा सँग बाघ दाजुका बिषयमा उजुर गर्‍यो । किरावाले भन्यो-" दाजु मसित साह्रै डाहा गर्छ । यस्तै हो भने त म धनुषाबाणले हानेर मारिदिन्छु" आमा चाँहीले सम्झाई- त्यो नगर्नु दाजु-भाईमा त्यसरी रिसराग गर्नु ठीक होइन" एक दिन किवा-बाघले किरावा सँग शिकार खेल्न जान चह्यो । किरावाले पनि सो कुरा स्वीकार गर्‍यो तर शंका लागेर भित्री कुरा बुझ्दा त बाघले किरावालाई मारेर खाने दाउ गरेको रहेछ ।

भाइ मार्ने षड्यन्त्रका विरुद्द किरावाले अर्को एउटा जुक्ती तयार गर्‍यो । भोलिपल्ट उ किवा-बाघ भन्दा अघी नै धनु - काँड भिरेर जंगल पस्यो र त्यहाँको एउटा ठुलो रुखमाथि चढेर बस्यो ।त्यसै रुखको फेदमा उसले माटाको आफ्नो दुरुस्तै मुर्ती बनाएर राखिदियो । बाघ किरावालाई भेट्टायो कि मार्छु भनेर आएको थियो । त्यस माटाका मुर्ती देख्नसाथ यो किरावा नै हो भन्ठानेर बाघले आँखा चिम्लेर झम्टन पुग्यो । माटाको त्यो मुर्ती चकनचुर भयो । किरावाको शंकालाई मुहर्त रुप लियो । तत्काल उसले बाघमाथि आफ्नो बाण चलाइहाल्यो । बाघ ठ्हरै मर्‍यो ।

किरावाले आफुले बाघ मारेको कुरा सुम्निमालाई सुनाइदियो । सुम्निमा रुन थाली । रुदै उ बाघ मारेको ठाउँमा पुगी । उसले मन्त्र तन्त्र र अदुवा ,चिन्डोमा जाँड (सोलोन्वा) ले।बाघलाई छर्किदियो बाघ बौरियो ।

अहो ! कति लामो निद्रामा परेछु भन्दै बाघ उठ्यो । सुम्निमाले भनि- " निदाएको कहाँ थिईस् र तँ त मरेको थिईस् । तेरो भाइ किरावाले तँलाई काँड्ले हानेको थियो । अहिले त मैले फेरी जगाएकी पो" । सुम्निमाले सम्झाई- अबदेखि भाइ सँग डाहा नगर्नु । किरावा मानिस हो, उसँग टाढैबाट बाण हानेर अरुको प्राण लिनसक्ने शक्ती छ "। - उसले अर्ती दिई- " त्यसरी रिस् रग गर्नाले आफ्नै हानी नोकसानी बहेक अरु केही हुँदैन" "अब घर जाउ" भनेर सुम्निमाले भन्दा बाघ घर फर्कने मानेन ।

भाइले आफुलाई मारिसकेको रहेछ भन्ने थाहा पाएर अब उ सँग बस्न सकिन्न भनि बाघ जंगलमा बस्यो । धेरै दिन पछि सुम्निमाको मृत्यु भयो । आमाको लाश गाड्न लैजान भनेर मनिसले आफ्नो भालु भाइलाई आदेश दियो तर भालुले आमाको लाशलाई जंगलमा पुर्‍याएर गाड्नुको सट्टा खाइदियो । पछि मानिसले यो कुरा थाहा भयो र उसले भालुलाई साह्रै नराम्रोसँग पिट्यो । यहाँ सम्म कि भालुको टाउको नै चेप्टियो । त्यस दिन देखि भालु पनि मानिसका डरले घर छोडेर जंगल भित्रै बस्न लाग्यो ।

अब शेष थियो कान्छो भाइ कुकुर (कोचो) । बिचारो जिउले पनि दाजुहरु भन्दा उ सानो र निर्धो थियो तर उ बाठो थियो । उसले सोच्यो - जेठो बाघ बलियो थियो । निकै घमण्डी र डाहाडी थियो सबै भाइहरुलाई आफ्नो दवाबमा राख्न सक्दथ्यो तर किरावा त्यसलाई टेरपुच्छार लाउदैन्थ्यो र बिचारो मारियो । साहीलो दाजु भालुले पनि आफ्नो कु बुद्दिले गर्दा पिटाइ खाएर खेदिनु पर्‍यो । " म के गरुँ?" कुकुर मनमनै भन्यो-" अब मलाई भने भागेर जाने ठाँउ पनि छैन । जंगल पसुँ भने दाजु बाघ को डर छ!" - बिचारोलाई निकै आपत पर्‍यो ।

 किरावा- मानिस् दाजुबाट आफुमाथि पनि केही परिहल्ला भन्ने उसको मनमा भय थियो । आखिरमा अरु कुनै उपाय नदेखेर उसले निर्णय गर्‍यो_ " होइन , बरु मानिस् दाजुकै आज्ञाकारी सेवक भएर उ सँगै बस्छु । उसका कामकाजहरु सघाइदिने गर्छु, उसकै जुठो खाएर प्राण घान्ने गर्छु । पिटेभने पनि सहनु पर्ला " यति निर्णय गरेर उ सरसर आफ्नो मानिस् दाजुकहाँ गयो र उसको गोडामा ढोगिदियो । कुकुरले कातर र आदरपुर्ण स्वरमा भन्यो- " दाजु म तपाईंको दास भएर तपाईंसँगै बस्छु । तपाईंको चकारी गर्छु । तपाईंहरु जे जस्तो काम आर्‍हाउनु हुन्छ म गर्छु । दिन्हौं रात पर्नासाथ घरको राखवारी गर्छु । म तपाईंको भाग पनि माग्दिनँ, तपाईंले खाएको उब्रेको जुठो दिने गर्नु भयो भने पनि म त्यसैमा सन्तोष गरेर प्राण धान्ने गर्छुर म मरे पछि तपाईंले मलाई दहसंस्कार गर्नु पर्दैन । "- उसले बिन्ती गर्‍यो । - मलाई तपाईंको घरबाट ननिकलिदिनुहोस्, आफ्नो सामुबाट नहाटाउनुहोस् ।

भाइका यस्ता कुरा सुनेर मानिस् साह्रै खुशी भयो । उसले भन्यो- " म जागा रहँदा त उति खाँचो पर्दैन तर राती म निदाउँदा तँ जागा रहेर मेरा शत्रुहरु आए - गएको हेरबिचार गर्नु , पहरा गर्नु । कुनै आपत परिआयो भने मलाई ब्युझाउने चेष्टा गर्नु ।" उसले आफ्नो भाइलाई बाचाबन्धन गरिदियो- "म तैले इच्छा गरेअनुसार तेरो प्राण रहुन्जेल तेरो पालनपोषन गरी रहनेछु । यसरी कुकुर (कोचो) ले मानिस संसर्ग बस्न पायो। 

अचेल कुकुर मानिस् सँग रहेको हो भन्ने भनाईहरु पाईन्छ । र कुकुर कहिले पनि घरमा मर्दैन कतै अन्तै मर्ने गर्दछ। मानिसको जुठो दिए पनि सन्तोष गर्दछ । त्यसैले राति प्राय कुकुर जागा बस्ने गरेको पाइन्छ ।

0 तपाईंको जिज्ञाश यहाँ:

Comments