Saturday, July 12, 2008

( गाँउघर ) मेरो भोजपुर ...

प्रकृतीले सिँगारीएको नयाँ बेहुली झै सुन्दर मनोरम दृष्यले भरीपुर्ण हाम्रो भोजपुर, स्वच्छ निर्मल आकाश श्रीपेच लगाए झै उत्तरमा कन्चनजँघा हिमाल। साथै ठुलठुला हिमश्रखलाहरु,विभिन्न जातको बोटबिरुवाहरुले भरपुर हरियो पहाडहरु ,नागबेली र लालीगुराँसले रँगीएको बन जँगल झरना र तरेली परेका जमीनबाट आफनो गन्तब्य तिर लम्कदै गरेका स्वच्छ नदीनालाहरु ,अनि पुर्बतिर बिशाल तराइका फाँटहरु यी सबै प्रकृतिको मनोरम रुपमा मोहित हुदै मिठो तालमा गित गाइरहेका चराचुरुङ्गीहरु अनी आफनै धुनमा खेलीरहेका जनवारहरु देबीदेबताको बासस्थान र प्रकृतीको अलौकिक बरदान पाएको त्यो भुमीमा जन्मन पाएकोमा आफैलाई गर्ब लाग्छ तिनै उकाली ओराली र बनपाखाहरुमा सुस्केरा हाल्दै बाँसुरीको धुन सँगै जिन्दगीले कोल्टे फेरेको पत्तै भएन ।


हुनत हरेक जिबनको आफनो आफनै भोगाइहरु हुन्छ। हरेक जिन्दगीले धेरै उकाली ओराली घुम्ती र कुइनेटाहरुको सामना गर्नुपर्दोरहेछ। किनभने यो मानबिय सँसार नै झुटो भएकोले होला संघर्षमय जिबनमा केबल एक जिबनले हजारौ बोझमाथी हजारौ बाधा र ब्याबधानसँग लाचार पनि हुनुपर्दोरहेछ। चक्र झै घुमीरहने परीबर्तनसिल समय सँगै हजारौ हिमश्रखला र अनेकौ तुफान सहित सँगम घुम्टोको कुइनेटाहरु र बिविध कठीनाइहरु सँग लुकामारी खेल्दै नया बसन्त ऋतुको आगमन सँग पनी लचिलो हुनुपर्दोरहेछ। बास्तबिक्ता नै भन्नुपर्दा आफैलाई आत्मग्लानी लाग्छ। चाहै अरु जुनसुकै सँसारमा किन नपुगौ। मैले पहिलो पटक आंखा खोलेको ठाउँ र पहिलो पाइला टेकेको जन्मभुमी सम्झदा तर यो पराइ सँसार…॥

परिस्थितीले जिबनको मोडलाई परिबर्तन गरेपनी अन्तर आत्मको प्रतीबिम्ब हामी मानबजातीको मानसपटलमा जिबीत नै रहन्छ। चाहे त्यो गगनचुम्बी महलहोस वा कलात्मक सोचहरुले क्षणिक आनन्दता प्रदान गरेपनि हिजो म जन्मेको हुर्केको र यौवनको खुटकिलाहरु पार गरेको स्थानहरुलाई भुल्न सकेको छैन। हुनत त्यो ठाउँबाट पाईला निकालेको पनि आज आधा दशक भईसकेछ। यस अवधीमा मेरो जन्मभुमी जत्ति प्यारो भएर अरु कुनै ठाउँ मेरो मानसपटलमा आउन सकेन । हो त्यही पुर्वी पहाडी जिल्ला भोजपुर जहाँ यो आधा दशकको अवधीमा बिजुली बत्ती र सडक पुगी सक्यो तर बिडम्वना म अहिले सम्म पुग्न सकेको छैन। मलाइ अझै याद छ। घाँस दाउरा वन,जंगल जाँदा पानी मकै ,भटमासको खाजा खाँदै भारी पुराएर हाम्रो गाउले दिदीहरुले ...

भाका हालेर घन्काएको गीतहरु .....
आँसुको सागर बगाउदै बिधुवा रुँदै हिडेको.....
सिरैमा मेरो सिरैको फुल.....

जस्ता गीतको बोलहरु अझैपनी मेरो मानसपटलमा जिवीतै छ। अबत ति गीत गाउने दिदीहरु पनि २, ३ बच्चाको आमा भईसके होला। त्यति मात्र कहाँ हो र, भनिन्छ ढुँगे छाती भएको कठोर ह्रदयलाई पनी सँगीतको दुनियाले पगाली दिन्छ। त्यसैले होला त्यो गितको शब्दहरुलेमेरो ह्रदय छुन्थ्यो। जुनगितका शब्दहरुमा एक किसीमको श्रमजिबी र सर्वहाराको आवाज गुन्जिएको महसुस हुन्थ्यो। चाहे दुःखको अनुभुती गर्दा होस वा जिन्दगीको लडाईको मैदानमा होस जुन समयमा धेरै साथीहरुसँग घुलमिल गर्नै अवसर पाएको थिए। राजनितीको अनेक रुप हुन्छ भनिन्छ रचीसकेको श्रीष्टी पनि भात्किएर जान्छ। हाँसीरहेको हिमाल पनि रुन सक्छ। जिबनको अनौठो यात्रामा हिडदाहिडदै यात्रा टुटेर कोही कता त कोही कता पुगीएछ।

 आज म लगाएत धेरै साथीहरु यो क्षितिज पारीको बिरानो ठाउमा चेतना र परीश्रमलाई कुनै बिन्दुमा सदुपयोग गर्नै ठाउँ र साधन नहुदा यसरी दिक्क भएर स्वदेशी माटो तथा परीवार माया स्नेह र ममतालाई चटक्क लत्ताएर नचाहादा नचाहादै पनि आफनो भबिस्यको लागि साधन स्रोत र अवसरको खोजी गदै। यो आनन्टकार मरुभुमीमा आईपुगेको छौ, कतीपय ठाउँहरुमा दयनिय क्षणहरु सँग घोलमेल पनि भईयो। धेरै उकाली ओराली पार गर्दा गर्दै कन्चट नै फुटने गरी पोल्ने प्रचण्ड घामको किरणहरु त कहिले मानब स्नायु नै बन्द गरी चिसो हिउका सिरेटोहरु पनि आज यो मानसपटलमा जिबितै छ । 

 
प्रस्तुती: संगम बान्तवा
            आम्तेक -३ भोजपुर

0 तपाईंको जिज्ञाश यहाँ:

Comments