Saturday, August 2, 2008

चीनमा जनजातीहरुको समस्या यसरी हल गरियो ।

-सिताराम तामाङ -

                     चीन एक एकात्मक बहुजातिय देश हो । त्यहाँ अहिले ५६ वाट जातिया समुह छन । हान जातिको मात्र जनसख्या ९३% रहेको चीनमा अन्य ५५ बाट जातिय समुहको जनसख्या ७% मात्र रहेको छ । तर जनसख्यामा कम भए पनि उनिहरुले ओगटेको भुमिको क्षेत्रफल भने चिनको ६२% रहेको छ । तै पनि विकासको दृस्टिले हानको तुलनामा यिनिहरु निक्कै पछी परेका थिए । त्यसो हुनुको कारण चीनमा लामो समयदेखि सत्तामा रहेका हान जातिका प्रतिकृयाबादी शासकहरुले उनिहरुलाई अलग जातिय समुहको रुपमा मान्यता नदिनु र दमन उत्पिडान गर्नु नै रहेको थियो ।

                  सन १९४९ को जन क्रान्तिपछि बनेको सरकारले चीनको अल्पसख्यक जनजातिहरु (Nationalities ) लाई समान हक र हैसियत प्रदान गरेको र तिनको समस्या हल गर्नको लागि जातिय समानतको नितिलाई अघि बढाएको थियो । चीनको संविधान (१९५६) मा भनिएको छ जनगणतन्त्र चीनमा रहने सबै जनजातिहरु समान छन, राज्यले अल्पसख्यक जनजतिको अधिकार र स्वार्थको रक्षा गर्दछ ।

                    साथै चीनका सबै जनजातिका बिचमा समानता । एकता र आपसी सहयोगको सम्बन्धलाई सुदृढिकरण र बिकास गर्दछ । कुनै पनि जनजातिलाई विभेद गर्न र उत्पिडन गर्न मनाही छ। कुनै पनि कानुनद्बारा जनजातिहरु बिचको एकतालाई छती पुर्‍याउन वा उनिहरुलाई सम्बन्ध विच्छेद तर्फ प्रोत्साहन गर्न मनाही छ । चीनमा राज्यको निति-निर्णय गर्ने स्थानमा अल्पसन्ख्यक जन्जातिहारौलाइ विशेष स्थान दिइएको छ । कुन जन संख्यामा अल्पसन्ख्यक जनजातिहरु ७ प्रतिशत मात्र रहे पनि त्यहाँको प्रतिनिधिसभा राष्ट्रिय जन कांग्रेसमा उनिहरुको जन्सन्ख्याको अनुपातमा दोब्बर अर्थात १४% ले प्रतिनिधित्व गरेको छन । राष्ट्रिय कांग्रेसमा हरेक जनजातिको संख्याको दृस्टिले उनिहरु जतिसुकै थोरै किन नहुन प्रतिनिधि गरिएको छ । स्थानिय जन कांग्रेसहरुमा पनि उनिहरुको उचित प्रतिनिधि रहेको छ ।

                 नेपाल पनि चीनजस्तै बहुजातिय मुलुक हो । चीनम हान जातिका प्रतिकृयाबदी शासकहरुले जसरी अन्य जनजातिहरु लाई दमन उत्पिडन गरेका थिए, त्यसरी नै नेपालमा पनि खस् जातिका प्रतिकृयाबदी शासकहरुले यहाँका जनजातिहरुमाथि दमन र उत्पिडन गरेको छन । चीनमा जनबादी क्रान्तिपछि बनेका सरकारहरुले त्यहाँका अल्पसंख्यक जनजातिहरुको स्वयत्त शासनको स्थापना गरेर वास्तवमा उनिहरुलाइ जातिय समानतको अधिकार प्रदान गरेका छन ।

                  चीनको सविधान १९५६ मा लेखिएको छ चीन एउटा एकात्मक बहुजातिय मुलुक हो । चीन सरकारको आधारभुत निति भनेको मुलुक भित्रका जनजातिहरु बीच सुसम्बन्ध कायम राख्नका लागि जातिय स्वाशासन लागु गर्नु हो । चीनजस्तो युगौ देखि एउटा एकात्मक शासन प्राणाली भएको बहुजातिय मुलुकमा ९३ प्रतिशत हान देखि लिएर ०.०१ प्रतिशतसम्म पनि नपुग्ने हेचें जस्तो जनजाति पनि बस्दछ । यस्तो मुलुकको विशेष परिस्थितीमा जातिय स्वाशासन भन्दा अन्य उपाय कामयावी हुन सक्दैनथ्यो । यही अनुभवबाट नेपालले पनि सिक्नु पर्दछ ।

0 तपाईंको जिज्ञाश यहाँ:

Comments