किराँतीराईहरुको महान पर्ब चण्डी (साखेवा,सकेवा, सकेला) हो, यस सँग जोडीएको कथाहरु पनि निक्कै रोचक पाईन्छ । केही अंश तल प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
किराँतीराईहरुले साखेवा(चण्डी) स्थापना गर्दा दुई वाट ढुंगाहरु थपना गर्दछन । एउटा ढुंगा सानो हुन्छ र अर्को ढुंगा ठुलो हुन्छ । ठुलो ढुंगामुनी एउटा गोलो ढुंगा राखिएको हुन्छ । जसलाई रानो भन्ने पनि गरिन्छ । त्यही रानोलाई साखेवालुङ भनिन्छ । ढुंगालाई राईहरुले लुङ भन्ने गर्दछन । बैशाखे पुर्णेको दिन होम (राईको पुरोहित्) ले निराहार बसी चुलो उठाउछन ।
त्यसपछि कुखुरा,लाम्पुछ्रे र मयुरको प्वाँखबाट बनेको मुकुटलाई अम्लबुङ ,अम्लपुङ्(सुनाखरी फुल्) हरुले सुसज्जित गरी त्यसलाई होमले (राईको पुरोहित्) आफ्नो शिरमा राखेर्, सेतो कपडाको दौरा-सुरुवाल लगाएर्, कम्मरमा खुकुरी ,तलवार् काँधमा अदुवाको बोट राखेको झोला भिरेर्, देब्रे हातमा धनु लिएर ढोलैया र झ्याम्ट झ्याली बजाउनेको साथ पूजा स्थालामा जान्छन र साखेवा पूजा गर्छन । सबै राईहरुले चिण्डोमा जाँड र हण्डीमा भात लगेका हुन्छन त्यसलाई चढाउछन । त्यसपछि राई तन्नेरी-तरुनीहरु नाच्छन । यो नाच लाई चण्डी नाच भनिन्छ । यो नाचमा कैयौ चालहरु हुन्छन्, फरक गाँउ फरक राईबस्ती अनुसार फरक फरक नाच्ने चाल हुन्छन । त्यस मध्य सम्दी सिली र सिकिस् इलि अथवा सिहाङमाको ईशारामा चालफेरिन्छ । यो नाचमा सिर्लिगे बाजा र झ्याम्ट बजाइन्छ अनि रुमाल,फुल सेउली दिइ नाचिन्छ ।
बुढापाकाहरुको भनाईमा सखेवा स्थापना गर्दा जुन दुई ढुंगाहरु राखिएका हुन्छन्, सानो ढुंगाचाही सुम्निमाको प्रतिक हो र ठुलो ढुंगा चाही पारुहाङ्को प्रतिक हो भन्ने गर्दछन बुढापाकाहरु ।अत: साखेवा पूजा सुम्निमा र पारुहाङ्को पूजा हो, तर पछि यसलाई चण्डी भनि नामकरण गरियो । पहिला पहिला सबै राईहरुले एकै ठाँउमा चण्डी पुज्ने गर्दथे । सबै किराँती राईहरुले रिमचिमको चण्डीलाई पुज्ने गर्दथे ।
एकपल्ट एकजना राई किराँतीले अर्काकी स्वास्नी जारी गरेर ल्याएछ । ती श्वासनी मान्छेको पहिले लोग्नेले रिमचिमको चण्डी अगाडी भाकाल गर्दै भने " हे साखेवा तिमी साक्षात साखेवा हौ भने मेरो स्वास्नी लाने जारलाई यहाँ ल्याइदेउ । म त्यसलाई काटी तिमी लाई भोग दिन्छु" चण्डी पुर्णेको दिन नभन्दै त्यो जार नाच्दै त्यहाँ आइपुग्यो । ती स्वास्नी मान्छेको पहिलो लोग्नेले जारलाई खुकुरीले छिनाइहाल्यो । जारको टाउको र शरिर तल झर्यो तर रगतको सिर्कोचाहि साखेवाको थानमा पुग्यो।त्यसै दिन ठुलो हुरी आँधी बतास आयो, रिमचिमको तलाउ फट्यो र पहिरो गयो । वाछकको बोट पनि ढल्यो । त्यस पछि साखेवाले त्यो ठाउँ छोडे भनि राईहरुले विश्वास गर्न थाले र त्यस दिन देखि सबै राईहरुले आ आफ्नो गाँउमा नै साखेवा लाई पुज्न थाले । त्यसैले अहिले साखेवालाई फरक फरक गाँउ अनि फरक नामबाट चिनिन्छ । जस्तै साकेला, साखेवा,सकेन्वा भन्ने गरिएको हो,भन्ने बुढापाकाहरुको भनाई पाईन्छ ।
aba Sanskritization, Khasization, Bahunization, Hinduization ra deconstruction, de-Sanskritization ko kura tapaile bhujhnu bhai sake pa6i yo Chandi. Rai etc. lai correction gardai lanus.
ReplyDeletees article lai pani eko choti revise garera rakhnus.
Copy past option ma hai?